Had the opportunity to visit the China-Vietnam Integrated Free Trade Center.
Observing how a land border transforms into a dynamic hub for free trade is impressive. From customs coordination to supply chain links, the efficiency here is a powerful model for regional cooperation.
नयाँ वर्ष २०८३ का अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम��पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।
बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् ।
प्रहरीको तथ्यांकअनुसार-
#भदौ_२४ को घटनामा-
जम्मा पक्राउ-९४९
थुना-२०७,
धरौटी-४७०,
हाजिरी जमानी-२४३
साधारण तारेख-२१
#भदौ_२३ को घटनामा-
जम्मा पक्राउ-२ (अनुसन्धान जारी)
(स्रोत: नयाँ पत्रिका)
देशको पहिलो महिला कार्यकारी प्रमुख प्रधानमन्त्री सुशीला कार्की (@pmsushilakarki) को ६ महिने कार्यकालमाथि नेपाल टेलिभिजन (@TelevisionNepal) द्वारा निर्मित वृत्तचित्र
... https://t.co/dsTW8YaJGr @mahendrabista2@oaryal
धन्यवाद, कृतज्ञता
प्रिय सञ्चारकर्मी मित्रहरू तथा सम्पूर्ण मिडिया जगत,
प्रधानमन्त्री सुशीला कार्कीज्यूको कार्यकाल समापनसँगै प्रेस सल्लाहकारको रूपमा मेरो जिम्मेवारी पनि आज सकिएको छ । यस अवसरमा यहाँहरू सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
चुनौतीपूर्ण परिस्थितिबीच निर्वाचन सम्पन्न गर्न, संविधान तथा व्यवस्था जोगाउन र लोकतन्त्रलाई अझ सुदृढ बनाउन यहाँहरुले महत्त्वपूर्ण योगदान गर्नुभएको छ । आगामी दिनमा मिडिया क्षेत्रले यस्तै जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्दै जानेछ भन्ने विश्वास लिएको छु।
आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।