विगत खासमा छ र त कथा बुनिन्छ।
भविश्य आशमा छ र त व्यथा भुलिन्छ।।
भोग्नु, सोच्नु अनि हुनु त फरक हो।
माया विश्वासमा छ र त गाथा सुनिन्छ।।
विगत खासमा छ र त कथा बुनिन्छ।।।
असल,सफल अनि मोफसल त हल्ला हो।
जिवन साहसमा छ र त माथ चुलिन्छ।।
भविश्य आशमा छ र त व्यथा भुलिन्छ।।।