सबैलाई मताधिकार नदिनु पर्यो क्या अब। भविष्यमा जागिर खाने सोच हुनेले भोट नहाल्नु भन्नु पर्यो। मताधिकार दिए पछि उपलब्ध मध्ये ��ुनै न कुनै पार्टीमा त मान्छेले भोट हाल्छ नि। अनि झोले भनेर भयो त?
नियुक्ति लिने सबै 'झोले' र नराम्रा हुन् भन्ने भाष्य घातक छ। कतिपय पुराना पुस्ताका मानिसहरूमा नयाँमा भन्दा कयौँ गुणा बढी लगन, निष्ठा र समर्पण देखेको छु। पद पाउनु वा खोसिनु सामान्य प्रक्रि��ा हो, तर यसरी 'सेतो र कालो' को भाष्य निर्माण गरेर इमानदार मान्छेहरूको हुर्मत लिने काम नगरौँ।
भूमिका विषयमा-
हामीमध्ये धेरैलाई जमीन र आवास मानव अधिकार हो भनेर लाग्दैन।
आम धारणा के देखिन्छ भने, 'जसको सामर्थ्य छ उसले जग्गा जोड्छ, र असमर्थले यसमाथि दाबी गर्नु अनुचित हो'।
जमीन त्यति हदसम्म पनि कमोडिटी नहुनुपर्ने हो ।+
कुरेर बसेको थिएँ एउटा आशामा कि मजदुर दिवसका दिन मजदुरकालागि केही राहत प्याकेजको घोषणा हुनेछ।मजदुरको पसिनामा पौडीएर सिंहदरबार बालुवाटार छिरेकाहरुले मजदुरलाई "ठुलो शुभकामना" दिएछन्।देश बिदेशमा श्रम गरेर परिवार र देशलाई वर्षौं देखि पालीरहनु हुने सबै प्रति विशेष सम्मान व्यक्त गर्द��ु
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा ��ो।यो तत्काल फिर्ता हुनपर्छ।