एउटा घना जंगलमा आगो लागिरहेको थियो। जंगलको सबै पशुपंक्षी भागदौड गरेर ज्यान जोगाउन लाग्दै थिए। भागेको सबै जनावर र पंक्षीलाई आफ्नो चिन्ता थियो तर एउटा चरा पर खोलाबाट आफ्नो चुच्चोमा पानी ल्याउँदै दन्किरहेको जंगल माथि पानी खसालेर आगो निभाउने प्रयास गर्दैथियो। आफ्नो ज्यानको मात्र पर्वाह गरेर भागेका जनावरले जब त्यो चराको निरन्तरको प्रयत्न देखे त्यसमा सहयोग पुर्याउनको सट्टा चराको खिसिट्युरी गर्नथाले। हाँस्दै सबै जनावरको प्रतिनिधित्व गर्दै एउटा जनावरले चरालाई सोध्यो, 'त यो के पागलपन देखाउँदै छस ? तेरो चुच्चोमा ल्याएको पानीले यो आगो निभ्छ?' आफ्नो प्रयासमा विश्वास गर्ने त्यो चराले जनावरलाई जवाफ दियो, 'मलाई थाहा छैन मेरो चुच्चोमा ल्याएको पानीले यो दन्किएको आगो निभ्छ कि निभ्दैन तर आजभन्दा धेरै वर्ष पछाडिसम्म कसैले त पक्कै भन्नेछ, कि दन्किएको आगो बाट जोगिन सबै भाग्दै गर्दा एउटा चरा थियो जसले यो निभाउने प्रयास गर्यो। इतिहासले भाग्नेलाई होइन, समस्यासँग जुध्ने र प्रयास गर्नेलाई सम्झन्छ।'
माथिको चराको प्रेरक प्रसंग मैले आज पार्टीको बैठकमा गगन थापाले यसो भन्दै गर्दा सम्झिएको हो। महामन्त्री गगन थापा भन्दै थिए, 'म बरु कांग्रेसको साधारण सदस्य भएर गर्वले बस्न तयार छु तर यो यथास्तिथि बदल्न जो रिसायोस म पछि हट्ने वाला छैन, मेरो आवाज आजबाट झन बुलन्द हुनेछ।'
ज्यूँदो बोल्दा मूर्दाशान्ति छाउँछ। गगन थापाको आजको अभिव्यक्ति आफैँमा एउटा इतिहास हो।
@thapagk बोलेको भिडियोको link:
https://t.co/hTkXvbmfNo
नेपाली कांग्रेस @NepaliCongress मा देउवाको राणा शासन ,
आफ्ना सहकर्मी सहयोगी साथिहरुको मानमर्दन ।
न देउवा सुध्रिन्छन , न त कांग्रेस नै।
राम राम मात्रै भनियो ।
बिरुवा रोप्दा आफ्ना स्वर्गाबासी पितृको नाममा रोप्नु ताकी त्यो बिरुवा सङ्ग तपाइँको भावनात्मक सम्बन्ध जोडियोस् ! अनि मात्रै तपाइँलाई रोपेको विरुवाको माया लाग्छ र बेलाबेला गोड्मेल गर्न र पानी हाल्न जानु हुन्छ ! जीवनमा भावना छैन भने जीवन शुन्यता हो र मान्छे निर्जीव !
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
Seditious conspiracy is a federal charge punishable by up to 20 years in prison, and law experts believe the charge fits Capitol rioters. https://t.co/k27jKQk77D