म दुई वर्षअघि नेपाल आउँदा भेटेजेति सबै मानिस 'बालेनले केही गर्न खोजेको छ तर अरूले दिँदैनन्, के गर्नु ?!' भन्थे । त्यसबेला बालेन मेयर थिए । अहिले उनी प्रधानमन्त्री छन् । तर, यसपटक पनि मेरो नेपाल बसाइमा प्रशस्त मानिसहरूले exactly त्यही कुरा भनिरहेको पाएँ ।
'बालेनको नियत असल छ, अरू सबै खराब' भन्ने भाष्य नेपालमा नियोजित रूपमा स्थापित गरिएको छ । नेपालको दुर्भाग्य यही भाष्य हुँदैछ ।
भाषाशैली भएन होला, अप्रोच र टाइमिङ गलत भयो होला तर सामाजिक संजाल नियमनका विषयमा पृथ्वी सुब्बा गुरूङको स्ट्यान्ड ठीक थियो हौ। फेसबुक मनिटाइजेसनले एक्लै डुबाउने भो बचेखुचेको देश। न कन्सेन्ट, न फ्याक्टचेक, न कमन सेन्स। जस्ट भाईरल। :)
प्रधानमन्त्री रवि लामिछाने हुन् कि बालेन्द्र शाह ?
सुनसरी घट्नापछि सरकार प्रमुखले गर्नुपर्ने प्राथमिक कार्यहरु प्रधानमन्त्री शाहबाट नभई सभापति लामिछानेबाट भइरहेको देखिन्छ — समयमै सद्भाव-सन्देश जारी गर्ने; सर्वदलीय बैठक डाक्ने; विपक्षी दलहरुसँग समन्वय गर्ने; संयुक्त वक्तव्य निकाल्ने; जनतालाई संयमका निम्ति आह्वान गर्ने; राष्ट्रपतिलाई ब्रिफ गर्ने आदि ।
यी काम रवि लामिछानेले गर्नु हुँदैनथ्यो मैले भनेको हैन । तर यस्तो असामान्य घडीमा प्रधानमन्त्रीले फेसबुकमा एउटा टिप्पणी लेख्नेबाहेक जुन स्तरको सक्रियता देखाउनु पर्थ्यो, आम नागरिकलाई जसरी ढाडस दिनुपर्थ्यो, अभिभावकत्व जसरी निर्वाह गर्नुपर्थ्यो — यी सबै आधारभूत दायित्वमा उनी चुकेका छन् ।
के उनले आफ्नो भूमिका आफैं खुम्च्याउँदै लगेको महसूस गरेका छन् ?
कुनै पनि सत्ताका लागि देश र जनताको रक्षा पहिलो प्राथमिकता हुनु पर्छ।समाजले त्रास र हिसांको शासनमा सिमाहिन असुरक्षा महसुस गर्छ।बहुल धर्म ,भाषा र संस्कृति वास्तविक नेपाल हो।सबैलाई सम्मान गर र फुल्न देऊ।जंगी समाधान जनविश्वास गुमेको शासकले रोज्ने कम्जोर कडी हो,नागरिकसंग सम्वाद गर।
लिपुलेक-लिम्पियाधुरा मिचिदा हाम्रो राष्ट्रवाद US Library of Congress मा भेटिएको १८२७ को नक्साले जोगाईदिएको थियो।
ईतिहास-सभ्यता-नवनिर्माणको थलो पुस्तकालय हो तर हाम्रो देशमा पुस्तकालयहरुको अवस्था यस्तो छ !
Kathmandu Valley Public Library , Bhrikutimandap !
#SavePublicLibrary
TOB प्रतिनिधि संसदको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन।पानी पिउदै भन्छ- हाम्रा भाईबहिनी माथि गोली चलेकोमा आफ्लाई कति पीडा भईरहेछ।बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन-दोष ती मान्छेको थियो,जस्ले गोली खाए।जवाफदेहिता भए राजिनामा देऊ।
‘दुईवटा कुरा हुन्छ, एउटा बजेट हुन्छ, अर्को कानुन हुन्छ। बजेट उहाँ (सुनिल लम्साल) को जिम्मा, कानुन मेरो जिम्मा। हामी दुवैजना यहाँ छौं। देश बन्छ । तपाईंहरूले केही चिन्ता मान्नुपर्दैन।’
मन्त्रीले गाडी रोक्दै, बाँड्दै गर्न मिल्ने कुरा हुन् बजेट र कानुन ?
https://t.co/zuMg0PexEA