राजा महेन्द्रको पुस १ को कदम
-सुनिल उलक-
धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर राजाले २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बने देखि नै यस माथी गोप्य रुपमा कडा नजर राख्न थालेका थिए । साथै यसको बिकल्पको लागी लामो अध्ययन पनि गरिरहेका थिए । पञ्चायत शब्द संस्कृत शब्द हो र यसको ब्यबस्थाको शुरुवात धेरै पहिले देखी भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो । गाउँका केही पञ्च भलाद्मीहरुको समुहले गाउँको सम्पूर्ण ब्यबस्था गर्दथे । उनिहरुमा आफ्नै कानुनी अधिकार हुने गर्दथ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तर रुपमा राष्ट्रिय ब्यबस्थाको थालनी गरेका थिए । पञ्चायती ब्यबस्था वास्तवमा पूर्ण रुपमा जनतामुखी थियो । तर पछि यो पूर्णरुपमा राजामुखी हुन पुग्यो । जसले गर्दा यसका गुण भन्दा दोषहरु बढी बाहिरिन पुग्यो । पञ्च भलाद्मी भन्ने शब्दमा कति आस्था र श्रद्धा थियो पछि पञ्चेको रुपमा बदनाम भयो ।
पृथ्वीनारायण शाहको राष्ट्र एकिकरण अभियानमा उनका छोरा बहादुर शाहले पनि निरन्तरता दिए । तर त्यसपछि सन्की राजाहरू तथा थापा, पाण्डे, चौतरियाको आपसी दुश्मनीले देशले धेरै गुमायो । टिस्टा देखि कांगडाको सिमालाई मेची देखी महाकालीमा सिमित बनाइदियो । जंगेलाई यहि थापा, पाण्डे, चौतरिया र सन्की राजाले जन्माएको थियो । त्यो बेलाको आबश्यकता थियो जंगे । जंगेको उदय नभएको भए नेपाल भारतको एउटा प्रान्तमा सिमित हुने थियो । हैसियत नभए पनि हुकुमता भएका जंगे उपयुक्त भइदियो । जंगेलाई स्विकार्नु पर्ने जनताको बाध्यता थियो त्यो बेला ।
बि.सं. १९४२ को घटना पछि राणा केही उग्र भयो । धेरै कुरा राणाबाट गल्ती भए, अहिलेका नव राणा वा नव राजाहरू झै धिरशम्शेरका सत्र भाइ छोराहरु पनि सत्ताको लागी जस्तो सुकै गर्न तैयार हुदै गए । तर कहिले काँही राम्रो काम पनि सत्ता गुम्ने डरले गर्न चाहेनन् । बि.सं. २००१ मा जुद्धशम्शेर, भाइसराय Earl of Linlithgow को निम्तोमा भारत भ्रमणमा गएका थिए । यो भ्रमण नितान्त ब्यक्तिगत थिएन, अंग्रेज सरकारले नेपाललाई केही उपहारमा दिन चाहेका थिए । यस भन्दा अगाडी प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौ ले पनि नेपालको कदर गर्न चाहेको जानकारी पत्रबाट दिइसकेका थिए ।
भारत भ्रमणको समय भाइसराय Earl of Linlithgow ले एकान्तमा जुद्धशम्शेरलाई सूचित गरे । हामी भारत छोडेर जादैछौ, यो अप्रत्यासित थियो जुद्धशम्शेरको लागी । एकैचोटी उसको दाहिने हात कसैले काटिदिए जस्तो भयो । बिस्तारै भाइसरायले थप्दै भने, नेपाल र नेपालीको गुण हामी कहिल्यै बिर्सन सक्दैनौ, तसर्थ अंग्रेज सरकार नेपाललाई केही उपहार दिन चाहन्छ । यहि सुचित गर्न महाराजलाई दिल्ली दरवारमा निम्तो पठाइएको हो । कौटुहलता विच जुद्धको प्रश्न भुइमा झर्न नपाउदै भाइसरायले भने, अंग्रेज सरकार भारतलाई स्वतन्त्र बनाउनु अगाडी बंगलादेश नेपाललाई सुम्पन चाहेको जानकारी गराउन चाहन्छु । देशले समुन्द्री किनार भेटे बिकास गर्न सहज हुन्छ भन्ने अंग्रेजको लामो अनुभव थियो । तसर्थ नेपाललाई समुन्द्रसंग जोडिदिन चाहेका थिए ।
राणा विरोधी आन्दोलनबाट आजित भैसकेका जुद्धशम्शेर बंगलादेश नेपालमा गाभ्ने प्रसंगले अझ तर्सिए । उनले हुन्छ वा हुदैन भन्न सकेनन् । छिट्टै जानकारी पठाउछु भन्दै फर्किए । दुइ महिना पछि उनले पत्रमा देशभित्र नै आन्दोलन चर्किरहेको अवस्थामा बंगलादेश स्विकार्न कठिन हुने जानकारी पठाए । प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौको नेपाललाई भूपरिवेष्टिटबाट जोगाउने र भारतको पराधिनताबाट रोक्ने इच्छा पुरा हुन सकेन ।
भारतको स्वतन्त्रता पछि नेहरूको चंगुलमा फसेका राजा त्रीभूवनले अरू केही सहि देख्न नै सक्दैनथे । केवल नेहरूको सल्लाहलाई शिरोपर गर्थे । कार्तिक २२, २००७ मा नेपाललाई स्वतन्त्र गर्ने चाहनाले राजा भारतमा पुगेका थिएनन् । नेहरूको इच्छाले पुगेका थिए, हैदरावाद भवनमा कैद सरह बसेका थिए । राजकिय सम्मानका साथ बसेका थिएनन् । त्यो कैदखानामा राजा त्रीभूवनलाई पहिलो पटक भेट्न पुगेका पुरूषोत्तमशम्शेरको अनुभवमा त तिहाडमा पनि त्यति सुरक्षा हुदैन जति त्रीभूवन बसेको ठाउँसम्म सेनाको पहरा थियो । Erika Leuchtag रानी कान्तीको उपचारको लागी होइन नेहरूको प्रतिनिधीको रूपमा दरवारको जासुसी गर्न पठाइएको थियो । पछि यिनै नर्ससंग राजाको हिमचिम बढ्यो । Erika को सहयोगमा राजालाई दिल्ली पुर्याइयो । हुन त नेहरूले चाहेको (भारतको हिमाञ्चल राज्यमा गाभ्ने) कुरा युवराज महेन्द्रले गर्दा पुगेन तर एक किसिमको उपनिवेश भने बनाइछाडे ।
२००७ पछि हामी भारतको अधिनमा आयौ, नेहरूले राजाको साथ आफ्ना प्रतिनिधी पठाए, राजाको सल्लाहकारको रूपमा । २००८ मा नेपालको सुरक्षा परिषदको पहिलो बैठक दिल्लीमा बस्यो । यसलाई भारतीय सेना प्रमुखले ब्रिफिङ गरे।
++
लाइन छोड्ने को लापरबाही हो काम गर्ने ले काम सकियो भनेर जानकरी नगरे सम्म छोड्न नहुने र,बत्ती को काम गर्दा लगाउने इन्सुलेसन बुठ,इन्सुलेसन जाकेट,सेट हेल्मेट, इन्सुलेसन पन्जा,लगाउनु पर्छ जस्ले गर्दा हुन सक्ने सम्भावित घटना बाट बाच्न सकिन्छ ।
लामिछानेलाई पक्राउ गर्दा उनका समर्थकबाट प्रर्दशन हुन सक्ने भएकाले सम्बन्धित जिल्लाका प्रहरीलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयले सहकारीको रकम अपचलन भएका जिल्लाका प्रहरी अधिकारीलाई ‘हाई अलर्ट’मा रहन निर्देशन समेत दिइसकेको छ ।
https://t.co/ufehq40zpI
तपाईले भन्न भएको कुरा सत्य हो,यथार्थ हो @Jhakri_didi ! तर तपाईहरुले ढुंगा हान्नु र माओबादीले गोलि हान्नु अगाडीको समाज यस्तो थिएन नि याद छ! यसो सम्झनुहोस त!
यो तपाईहरुले निर्माण गरेको समाज हो!
युवा पलायन रोक्न नसक्नु तपाईहरुले ल्याएको व्यवस्थाको कमजोरी हो!गल्ती स्वीकार गर्नुहोस!
काठमाण्डौको पार्किङमा एमालेले कति भाग पाउँथ्यो होला, प्रधानमन्त्रीनै करदाता नागरिकलाई सुविधा दिने ठाँउमा पार्किंग ठेक्का लगाएर माल उठाउन हात धुएर लागेका छन् !!!
धरहरको प्रसंगमा प्रधानमन्त्री ओलीले भने–
गाडी चढ्नेले पार्किङको पैसा तिर्न सक्दैन भन्ने हुँदैन
हाे हाे बलात्कार आराेपीलाई भिसा दनु पर्छ। गु जस्ताे देश भनेकाे ठिक थियाे।
सन्दीपको भिसाबारे साँझसम्म पनि जानकारी नआए ‘परराष्ट्रमन्त्री श्रेष्ठले अमेरिकी राजदूतसँगै कुरा गर्ने’ https://t.co/rwHGBgdDOH
आर्यघाटका यस्ता कारुणिक दृष्य त कति बेचिन्छ, बेचिन्छ यहाँ। पर्यटकलाई नयाँ कुरा लाग्छ र खिच्छन् तर यहाँ पर्यटकलाई दोष दिन मिल्दैन।
प्रशासन चाहिँ के हेरेर बस्छ? आफ्नै भ्रष्ट प्रशासनलाई लगाम लगाउन बोल्नुपर्ने हो।
तर हामी दरिद्र नि उस्तै हौं।एकापसमा लड्ने, धोति फुस्केको चालै नपाउने।
@brb1954 महोदय तपाईंले गर्नुभएको जनयुद्धको सुप्रिम कमाण्डर देशको प्रधानमन्त्री होइबक्सिन्छ। १८ वर्षभन्दा बढी भयो त्यसबीचमा हजुरपनि सरकारमा सामेल होइबक्सेको हो, अझै यी समस्याहरु किन समाधान भएनन् त? जानकारी बक्स होस
यिनलाई "जेमा पनि सरकारलाई दोष लगाएर उम्किनखोज्ने करमारा नाफाखोरहरू" भन्यो भने क-कसलाई झ्वाँक चल्छ, भन्नुस् है!
दूरसञ्चार प्राधिकरणले भन्यो : कर नतिरेसम्म मुद्रा सटही सिफारिस गर्दैनौं https://t.co/tNAsDEVoMp