यात्रा बल्ल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले नयाँ आयाम दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।
नमस्कार,
सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु । आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।