राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
आफ्नै दलले शिक्षकलाई राजनीतिबाट अलग राख्ने धक्कु लगाएको छ। तर यी भूपु पुलिस अफिसर (विश्वराज पोख्रेल)ले आफैलाई दर्जनपटक 'मान्नीय' भन्दै शिक्षकमाथि उनको सवारी नचलाएको झोंक पोख्दैछन्।
यी तिनै व्यक्ति हुन्, जसले आफुलाई 'आइजीपी' नबनाएको भन्दै राजनीतिमा आएका थिए। वास्तवमा यिनको क्षमता पुलिस अफिसर बन्न पनि लायक थिएन भन्ने कुरा प्रमाणित गरे। थुक्क!
@thapagk प्रति मेरो गहिरो सम्मान छ, उनले आन्दोलनको मर्म जोगाउन आफ्नै पार्टीभित्र रहेर बोल्ने साहस देखाए! आन्तरिक बिद्रोह गरे ! त्यो पनि आफ्नो राजनीतिक भविष्य जोखिममा राखेर। बाहिरबाट विरोध गर्नु सजिलो हुन्छ, तर पार्टीभित्रै बसेर प्रश्न उठाउनु, असहज सत्य बोल्नु र सिद्धान्तका लागि उभिनु धेरै कठिन काम हो। इतिहासले सधैं सुविधा क्षणिक लोकप्रियता भन्दा सिद्धान्त रोज्नेहरूलाई सम्झन्छ, र यस अर्थमा उनले लोकतान्त्रिक मूल्य र सार्वजनिक जवाफदेहिता लाई व्यक्तिगत वा दलीय आरामभन्दा माथि राख्दै आफूलाई सही पक्षमा उभ्याएका छन्।
शक्ति हुँदा पनि आलोचना स्वीकार गर्ने र सुधारको प्रयास गर्ने नेतृत्व नै लोकतान्त्रिक नेतृत्व हो।
आज जब राजनीति धेरै हदसम्म लोकप्रियतामुखी र प्रदर्शनमा केन्द्रित बन्दै गएको छ, यस्तो बेला सुन्ने, सिक्ने, आत्मसमीक्षा गर्ने र संस्थागत सुधारमा विश्वास गर्ने नेतृत्व झन् आवश्यक छ। उहाँको राजनीतिक अभ्यास perfect छ भनेर होइन, तर सिद्धान्तमा स्थिर, जवाफदेही र व्यवहारमा इमानदार भएको कारण सम्मानयोग्य छ। उहाँलाई हुने विजय उहाँ को व्यक्तिगत जितभन्दा बढी, लोकतान्त्रिक राजनीतिमा अझै पनि नैतिक साहसको ठाउँ बाँकी छ भन्ने आशाको प्रतीक होस्! उहाँ को जित विचार, लोकतान्त्रिक राजनीति र सिद्धान्तको सम्भावित जीत हुनेछ। विजयी भव! 🙏
नेकाको घोषणापत्र सार्वजनिक गर्दै सभापति गगन थापाले उदारीकरण-2मा जाने ,ब्लकचेन र कृप्टो कारोबार सम्बन्धि नीतिविधि बनाउने बाचा गरे।यो '48पछिको सबैभन्दा ठूलो नीति प्रस्थान र आर्थिक छलाङको सपना हो, सबैले समर्थन गरौ,आवेग हैन सकारात्मक प्रवेग हेतु मतदान गरौ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएसँगै नेपाली कांग्रेसमा एउटा नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको महसुस गरेको छु। यो केवल एउटा कानुनी प्रक्रियाको टुङ्गो मात्र होइन, बरु हामीजस्ता कैयौँ शुभेच्छुकहरूले लामो समयदेखि पर्खिएको "पुस्तान्तरण र वैचारिक रूपान्तरण" को सपना संस्थागत भएको क्षण पनि हो। गगन थापाजस्तो स्पष्ट भिजन भएको नेताको हातमा पार्टीको बागडोर पुग्नुले बहुदलीय लोकतन्त्रमा विश्वास राख्ने हामीजस्ता धेरैमा एउटा छुट्टै ऊर्जा, भरोसा र आशा जगाएको छ। एउटा छुट्टै ऊर्जा र भरोसा जगाएको छ। निर्वाचन आयोगको यो सकारात्मक कदमले पार्टीलाई कानुनी अल्झनबाट मुक्त मात्र गरेको छैन, बरु अब नीति र एजेन्डाका आधारमा आधुनिक कांग्रेस निर्माण गर्ने स्पष्ट बाटो खोलिदिएको छ।
यो हो जेन–जि आन्दोलनले खोजेको क्रान्ति!
आज पार्टीभित्र देखिएको यो हलचल आकस्मिक होइन।
यो जेन–जि आन्दोलनको निरन्तर संघर्ष, अस्वीकार र हस्तक्षेपको परिणाम हो।यो हो उदाहरण, क्रान्ति बन्दुक वा हिंसाबाट होइन, साहसिक प्रश्न, नैतिक दबाब र सामूहिक हस्तक्षेपबाट पनि सम्भव हुन्छ।
यो ऐतिहासिक मोडमा नयाँ नेतृत्वलाई हार्दिक बधाई दिँदै, आगामी दिनमा गतिशील र भरोसायोग्य कांग्रेस देख्न पाइनेमा म निकै आशावादी छु।
शुभकामना ।
बधाई छ, क्रान्तिकारी कांग्रेसहरूलाई! ✊
Ps: From a well-wisher who believes that parties rooted in a long history of collective struggle must continue to evolve with time and genuinely speak to the spirit of the people.
जनताको रगतको एक थोपा पनि नबगाइ गरिने परिवर्तन नै नीलो क्रान्ति हो। हामीले नीलो क्रान्तिको धेरै भाषण गर्यौँ, तर एक्सन गगन–विश्वले देखाए। नीलो क्रान्तिलाई व्यवहारमा उतारी सफल बनाएकोमा गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई।
अब चुनौती अझ ठूलो छ - पार्टीभित्र मात्र होइन, समग्र राष्ट्रमा राष्ट्रिय सहमति कायम गर्ने नेतृत्व लिनुहोस्। देशलाई भद्रगोल र टकरावबाट जोगाउनुहोस्।
कुनै पनि नेपालीको रगत नबगोस्। मुलुकलाई शान्तिपूर्ण निकास दिलाउने ऐतिहासिक जिम्मेवारी अब गगन–विश्वको काँधमा छ।
नेतृत्व मागेर पाईन्न खोसेर लिनुपर्छ भन्ने प्रमाणित गर्न सफल गणतन्त्रका योद्धाहरु गगन थापा , विश्वप्रकास लगायतलाई बधाई । यो हस्तक्षेप ऐतिहासिक हो नै , यो परिणाममुखी बन्नु पर्दछ । 🙏👏 @thapagk@bishwaprakash77
समर्थन र सहयोग गर्न गगन थापा जस्तै योग्य सहयोद्धा पाइयोस् ।
अगाडि बढ्न र नेतृत्व गर्न भरोसा दिलाउने विश्वप्रकाश जस्ता सहकर्मी पाइयोस् ।
दुवै जनालाई हार्दिक धेरै - धेरै शुभकामना । 🙏@thapagk@bishwaprakash77
राजनीतिक अनिश्चयको कठिन समयमा सबैभन्दा ठूलो, स्थापित र लोकतान्त्रिक दल नेपाली काँग्रेसमा विभाजन आउनु निकै दुखद कुरा हो। तर पार्टीका मुख्य नेताको अत्यन्त गलत राजनीतिक निर्णय, सांगठानिक गतिरोध र अराजनीतिक गठबन्धनको कारणले गर्दा मुलुक यस्तो अफ्ठेरो राजनीतिक चेपमा आइपुगेको हो।
'जे हुन्छ, राम्रोको लागि नै हुन्छ' भनेर नेपाली राजनैतिक इतिहास र काँग्रेसको विरासतलाई 'सिर्जनात्मक विनिर्माण' गर्नुबाहेक अर्को विकल्प छैन। र, 'सिर्जनात्मक विनिर्माण'मा नचाँहिदो बोझ बोकेर बिस्तारै घिस्रिनुभन्दा बोझ फालेर फटाफट हिड्नु बुद्धिमानी हुन्छ। आजको मुलुकलाई घिस्रिने काँग्रेस होइन, गगन थापा र विश्वप्रकाश शर्माको गतिसँगै हिड्न सक्ने काँग्रेस चाहिएको हो।
गगन थापाको उद्घाटन भाषणका १४ हाइलाइट्स
***
'म बिपीको छोरा होइन, म गणेशमानको छोरा पनि होइन। मेरो शरीरमा बिपीको रगत बगेको छैन, गणेशमानको रगत बगेको छैन। तर मसँग बिपीको विचार र गणेशमानको साहस छ।'
https://t.co/dOgm3dnGf0
@thapagk जीको सम्बोधन करीब पूरै सुनें।
सम्बोधन होस् त यस्तो!
एकेक शब्दमा ओज छ,ऊर्जा छ, आत्मविश्वास छ,आशा छ,आंट छ, र अठोट छ।
अग्रज नेतालाई ससम्मान शिष्ट चेतावनी!
अनुज पुस्तालाई आत्मीय ढाढस!
सहकर्मीहरुप्रति सौहार्द!
This man really deserves a chance to lead the nation!
१. 'जेन-जी' घटनापछि तात्कालिक माओवादी केन्द्र कथित विचारको पुच्छर लुकाउँदै सक्रिय राजनीतिमा सही ढंगले प्रतिक्रिया पनि गर्न नसक्ने बृद्धावस्थामा रुपान्तर भयो। किनकि दाहालको निजी कम्पनीमा केही 'Bankcrupt' कम्पनीहरू मिसिएर अधिवेशनको झन्झटबाट मुक्त भयो। उप्रान्त यो नेपालको विलुप्त राजनीतिक प्राणीको इतिहास मात्र हो।
२. आफु बोलेपछि अधिवेशन सकिने अधिनायकवादको अभ्यासमा असफल भए पनि मृत दलको अध्यक्ष बन्न सफल ओलीको सफलता केवल आत्मतुष्टि अहंको सफलता मात्र ठहरियो। उनको अधिनायकवादले एमाले भावनात्मक रुपमा विभाजित तथा संगठनात्कम रुपमा निकै कमजोर भयो।
३. नेपाली काँग्रेस 'डेमोक्रेटिक' दल भएको हुनाले सभापति जतिसुकै निरंकुश र मुर्ख भए पनि महामन्त्रीहरूले पहल लिए। विधानको मर्ममा टेकेर सभापतिको अवैधानिक कर्मलाई निष्काम तुल्याइदिए। विशेष महाधिवेशेन बोलाए र सबै उर्जावान कार्यकर्तालाई नयाँ राजनीतिक परिवेशमा सक्रिय तुल्याए। पार्टीमा गजबको नयाँ उर्जा प्रवाहित गरे।
कम्युनिष्ट नामधारी कलंकहरूको काँधमा टेकेर लोकतन्त्रको यात्रा गर्ने देउवा इतिहासको अन्त्य भयो। राम्रो भयो।
बाँकी ससाना नवगठित दलका शिर्ष नेताहरूको नाम र साइज हेरेर एउटा/एउटा मन्त्रीमा पनि सहमति गर्दै जाँदा हुन्छ। चुनाव आउनुभन्दा दुई महिना अगावै मन्त्रीमण्डल पनि बनिसक्छ। मन्त्रीमा नपुगहरुलाई राजदुत, मुख्यमन्त्री वा अन्य राजनीतिक नियुक्तिहरुमा पनि सहमति गर्न सकिन्छ।😂