के भो र जति भ्रष्टाचार गरेनी भुँडी फुट्दैन
भाषणमा उडिहाल्छनि देश
यथार्थमा जहाज उड्दैन
संसद भवन भित्र हो मेट्रो रेल कुद्ने
बिडम्बना पहाडको बाटोमा गाडी गुड्दैन ।
जय भुँडी
रुखहरुले पुराना पात फेरे
धसारिरहने टाटेपाटे भित्ताहरुले पात्रो फेरे
नयाँ बर्ष पुराना तिता कुरा फेरेर नयाँ जोस र जागर दिन आउछ,
तपाईंहरु सम्पुर्णमा पनि नयाँ बर्षमा केही नयाँ र सकारात्मक परिवर्तनको भब्य शुभकामना ।
जिवनका पलासहरु गुराँस भएर फुलुन
जीवनका चिसा मुटु काम्ने ठन्डिहरुमा
कसैले बरफका फोरा हान्दा
लाग्छ
म पनि फाल्दिउँ असिनाका डल्ला
बर्षाइ दिउँ आकाश
थिचिदिउँ उसको सास
फेरि लाग्छ
शिशिरमा झरेका रुखका पातहरूलाई
हावाले उडाउँछ
बसन्तमा त्यहीँ रुखका पातले
छेक्छ हावा
म दानव हुन कदापी सकिन
घडी त उसको हातमा पनि छ