भेट चाहन्छु मनभित्र लुकेर
तर तिमीलाई बोलाउने आँट कहिल्यै हुन्न
कविता को भावमा सजिन्छौ तिमी
तर नाम त तिमी हो, त्यो उल्लेख कहिल्यै हुन्न 💔
"अल्झिएको मौनता"
तिम्रो त्यो आँखा…
निकै नसालु,
हेरिरहुँ जस्तो ,
नजिकै आएर
हरेक झिम्कामा
हराउँ जस्तो ।
बोलिन पनि
नसक्ने,
मनले
सबै भन्छ जस्तो,
धड्कनले
तिम्रै नामको
ताल समातेझैँ,
तिमीलाई
हेर्दै गर्दा
आफूलाई नै
बिर्सुँ जस्तो । ❤️
तिमीलाई सम्झेकै दिन झरी पर्छ,
मनको आकाश पनि आँसुले भिज्छ ।
तिमी बिना यो जीवन सुनसान लाग्छ,
हर पल तिम्रै यादले मुटु चिरिन्छ ।
तिमी टाढा भए पनि अनुभूति नजिकै छ,
हर धड्कनमा तिम्रै नाम गुञ्जिन्छ ।
कहिल्यै नभेटिए पनि के भो र,
माया त सधैं तिम्रै भएर बाँचिरहन्छ । 💔
नयाँ बर्षआउन लाग्यो तयारी तिम्रो कस्तो छ!
सम्बन्धलाई उचाई दिन तिम्रो सोच कस्तो छ!!
तिता नमिठा पुराना कुरालाई बिर्सदै जानुपर्छ!
नयाँ बर्षमा माया गर्ने ताैल तरिका हेर्नु पर्ने छ!!
आरोह अबरोह पार गर्दै आयाै हामि बिगतमा!
प्रेमको बाताबरण बन्न भुमिका तिम्रो कस्तो छ!!
तिमी उस्तै मुस्कान लिएर आउनु,
साँझको हल्का बतास जस्तै
न्यानो, मधुर, अटल,
अनि शान्त स्वरमा
मेरो हृदयको
अधुरो धड्कनसँग मिसिनु।
आकाशको
नीलो गहिराइसँगै
उड्दै,
सपना जस्तै कोमल
विश्वास बोकेर,
रातको एकान्तलाई
प्रेममा रूपान्तरण गर्दै
आउनु तिमी,
मेरो जीवनलाई पूर्ण बनाउनका लागि । ♥
घन्टी 🔔🔔 को सरकार भए पछि KP oli mareko din एक दिन सार्वजनिक बिदा हुनुपर्छ भनेर घोषणापत्रमा उल्लेख हुनुपर्छ अनि मात्र चुनाव जितिन्छ,,
त्यो एक दिन बिदा शोक मनाउनको लागि होइन उत्सव मनाउनको लागि हुनुपर्छ।
तिमी हराएपछि...
जिन्दगी हरायो
खुसी हरायो! उत्सव, उत्साह र उमंग हरायो
मेरा चाहनाले आत्महत्या गरे,
मेरो मन हरायो
धेरै कुराहरू हराउँथे, गुनासो थिएन कत्ति पनि
तिमी म बाट म लिएर हरायौ
यौवनको, जोस हरायो! हतारको जाँगर हरायो
अहिले एउटा मान्छे,,, जिउँदो लास भएको छ