तापक्रम बढ्यो ज्वाला स्वाला फुट्यो
त्यस्को मुखबाट गाली त्यसको गाला साला फुट्यो मा
बेन लारा लारा ड्ट लारा लारा जुध्यो जस्तै me vs me
बन्द ताला साला खुल्यो
दिस that सिम्पल ass flow मूर्ख शब्द नै भुल्यो
अनि बुजि सक्दा त्यस्को कुरा त्यस्को पालो नै सुल्यो...😂😉
सम्माननीय प्रधानमन्त्रीज्यूलाई खुला पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
सविनय ध्यानाकर्षण गराउँछु, हालै मधेस प्रदेशमा आयोजित एक सार्वजनिक कार्यक्रममा तपाईंले भन्नु भएको "यदि मधेसमा कोही बोक्सी छन् भने मलाई बोक्सी लगाइदिनुस्" भन्ने भनाइले हामीलाई गहिरो रूपमा दुःखी तुल्याएको छ।
शब्दहरू केवल ध्वनि होइनन्, ती भावना हुन्, स्मृति हुन्, अनि कहिलेकाहीँ त साक्षात् आघात पनि हुन्। "बोक्सी" भन्ने शब्द तपाईंका लागि व्यंग्यात्मक वा भावनात्मक आवेगको माध्यम हुनसक्छ, र हामी विश्वस्त छौँ कि तपाईंले यसलाई कसैलाई आतंकित गर्न भनेर भन्नुभएको होइन। तर, यथार्थ यही हो कि यो शब्द नेपाली समाजमा हजारौं महिलाको आँसु, पीडा, सामाजिक बहिष्कार र हिंसाको प्रतिनिधि शब्द बनिसकेको छ।
यो त्यही शब्द हो जसले एक आमालाई गाउँबीचमा नाङ्गो पार्यो।
त्यही शब्द हो जसले एक हजुरआमालाई गोबर र मल खुवायो।
र, त्यही शब्द हो जसले एक किशोरीलाई झाँक्रीको इशारामा गाड्नेसम्मको हिंसा गरायो।
प्रधानमन्त्रीज्यू,
नेपालले बोक्सी प्रथा अन्त्य गर्न कानुनी, सामाजिक र संस्थागत प्रयासहरू गरेको धेरै वर्ष भइसक्यो। नेपालको दण्ड संहिता मा बोक्सी आरोपलाई गम्भीर सामाजिक अपराध को रूपमा परिभाषित गरिएको छ। यस्तो अवस्थामा मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेका व्यक्तिबाट सोही शब्द सार्वजनिक रूपमा उच्चारण हुनु आफैंमा पीडितहरूको घाउमा नुनचुक हाल्ने कामजस्तै हो।
बोक्सी प्रथा कुनै मिथक होइन, त्यो आज पनि जीवित यथार्थ हो। विशेषतः ग्रामीण, दलित, गरिब, विधवा वा स्वतन्त्र स्वभाव भएका महिलाहरूका लागि। दिनहुँ कतै न कतै कसैलाई सामाजिक मान्यताको नाममा मानसिक र शारीरिक हिंसा भोग्नु परिरहेको छ। यस्तो पृष्ठभूमिमा तपाईंको भनाइले "बोक्सी" भन्ने कुप्रथालाई परोक्ष रूपमा मान्यता दिने खतराको संकेत दिन सक्छ।
श्रीमान्, तपाईं देशको प्रधानमन्त्री हुनुहुन्छ,तपाईंको शब्द, हाँसो वा मौनता पनि नीति र सोचको प्रतिनिधित्व गर्छ। त्यसैले, हामी तपाईंलाई बिनम्र अनुरोध गर्दछौं:
कृपया, यी संवेदनशील र ऐतिहासिक पीडा बोकेका शब्दहरूको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस्।
बरु, अब तपाईंबाटै बोक्सी प्रथाविरुद्ध स्पष्ट, सशक्त र नैतिक नेतृत्वको अभिव्यक्ति अपेक्षित छ, जसले हामी सबैलाई सन्देश देओस् कि नेपाल अब कुप्रथा, अन्धविश्वास र महिला हिंसाको विरुद्धमा एउटा दृढ राष्ट्र बन्ने दिशामा छ।
हामी तपाईंबाट विवेक, सम्वेदना र सामाजिक न्यायको प्रतिबद्धता अपेक्षा राख्दछौं।
ससम्मान,
खुश्बु ओली