तिमी संगै बितोस जीवन यत्ति चाहान्छु
संगै बाचेर संगै होस निधन यत्ति चाहान्छु
ओैँसीको त्यो कालो रात झै मेरो जिन्दगीमा
चन्द्रमा झै होस तिम्रो आगमन यत्ति चाहान्छु
🌙❣️😉
यो चिसो मौसम बिच प्रेमको न्यानो सम्बन्ध,
ती गल्लिका चिया दुकान
चिया झैँ तातो र चिया झैँ मिठा गफ,
ढल्दै गएको साँझ
घर फर्किनेहरुको भिडभाड अनि त्यो हतार,
फुर्सदिला हामी, नसक्किने हाम्रा गफ,
चिया नै खल्लो बनाई दिने उनको आँखा,
घडिको सुई नै रोकि दिने त्यो अदभूत सुन्दरता,
...र चिसोले