म एक साधारण मानिस हुँ। कुनै आदर्श वा मर्यादाको मानक हुइँन र हजार कमीका बावजुद हुँ भनेर ढोंग पनि गर्न चाहन्न। तलब लिएको समयमा काम गर्छु र बाँकी आफ्नै मर्जीमा बिताउँछु। मेरो कुरो मान्न आग्रह वा धम्की, केही छैन। कृपया 'तपाईँजस्तो मान्छे' नभन्दिनु होला। ब्लक वा म्युट गरे हुन्छ।- म🙏
#गजल
भित्र भित्रै बाट टुटिसकेको छ भांचिएको छ
आज मेरो जिन्दगिले यसरी पनि जिएको छ
जस्ले भन्यो बियोगमा पनि मुस्कुरायो भनेर
उस्लाइ देखाउनु छ यो मुटु कसरी सिएको छ
मलाइ दुर्बल सम्झनु अघि यति बुझ्नुहोला
नदिको बहावले ठुल्ठुला चट्टान खिएको छ
एक शेर👇️
नक्सा कोर्दैमा भुमी फिर्ता हुनेवाला होइन नि हजुर ।
नक्सा कोर्दैमा भुमी पाईने भए भारतले ६ महिना अघि नै स्वत: बनाइसक्या हुन्थ्यो।
साचो बोल्दा देश बिरोधि भैएला तर जमीन हाम्रो हातमा आउन गाह्रो छ। अन्तर्राष्ट्रिय मुद्दा बनाएपनी हाम्रो पक्षमा UN आउने देख्दिन म त कास्मिरै हेर्नुस न ।
न निर्धक्क बस्न न त हिडन दिएको छ ।
सामाजिक दूरी कायम गर भनिएको छ ॥
मुखमा मास्क र हातमा पञ्जा लगाउँदा,
हात मुख बिचकै सम्बन्ध टाढिएको छ ।
बिदाइ र भेटमा चुम्बन खो���्थिन उनले,
आज अंगमाल गर्न समेत बिर्सिएको छ ।
म ठिक छु आफ्नो ख्याल गर भन्दै गर्दा,
आफ्नै रिपोर्टमा पोजेटिभ देखिएको छ ॥
जिन्दगीले अप्ठ्यारोमा हिन्न सिकायो।
खुन बेचि रहर हरु किन्न सिकायो॥
आफन्त नै हुँदा रैछन धेरै रिस गर्ने,
दु:ख पर्दा खास मान्छे चिन्न सिकायो।
बाध्यताको भुमरीमा पिल्सिएर बस्दा,
घुन सरि खुशी हरु पिन्न सिकायो।
संघर्षको मैदानमा एक्लै जुध्नु पर्दा,
मनका ईच्छा चाहना लाई छिन्न सिकायो॥