संसदमा हुलदंगा गरे भन्ने कुरामा चासो भयो सबैलाई, तर त्यही हुलदंगाको बीचबाट बहुमतले कस्तो नियमावली पास गरे भन्ने कसैले ख्याल नै गरेनन्।
यो त चील आयो चील आयो भनेर स्यालले कुखुरा लगे जस्तै भयो।
कुरेर बसेको थिएँ एउटा आशामा कि मजदुर दिवसका दिन मजदुरकालागि केही राहत प्याकेजको घोषणा हुनेछ।मजदुरको पसिनामा पौडीएर सिंहदरबार बालुवाटार छिरेकाहरुले मजदुरलाई "ठुलो शुभकामना" दिएछन्।देश बिदेशमा श्रम गरेर परिवार र देशलाई वर्षौं देखि पालीरहनु हुने सबै प्रति विशेष सम्मान व्यक्त गर्दछु
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
भदौ २१-२२ को विवेक थपलीयाको लाईनमा आएछन् ! तिम्हर्का बाले कमाउन नसकेको रिस गर्छौ भन्न थालेछन् ।
एउटै समाजमा हुर्केकाहरूको सोच्ने तरिका एउटै हुनै परो जुन कित्तामा उभिए पनि ;))
गौशाला र समिक्षाले बलात्कार भाे भन्दै न्याय माग्दा सन्दिप र पलकाे पक्षमा फैसला गर्दै हिड्नेहरु अहिले युनिसाकाे पक्षमा फाँसीकाे सजाय माग गर्दैछन् ।
न्यायकाे पक्षमा आवाज उठाउन बलात्कार पछि हत्या नै हुनपर्ने हाे दाेग्लाहरु ?
प्रहार हुनेछ आफ्नैबाट र भित्रैबाट—
छिद्रहरु खोजिनेछन्,
अफबाहहरु फैलिनेछन्,
आलोचना र आरोपको अग्निवर्षा हुनेछ!
काबिलियत कामयाबीमा नबदलिंदा—
यदि,किन्तु र परन्तुका प्राक्काल्पनिक
कथाको माकुरीजालमा परेर
आंट,अठोट र नियतले तिरस्कारको नियति भोग्नेछन्!
तर नगल्नू र नढल्नू नि,@thapagk!
गगन थापा हार्दा हाम्लाइ त दु:ख लागेको छ नराम्रो फिल भएको छ मनै अमिलो भएको छ!
न त हामीले सदस्यता लिएका न त काङ्ग्रेसको कुनै सभामा गएका तर उहाँले देश र जनताको हित सोच्नुहुन्छ भनेर सधैं उहाँको सपोर्ट गरियो आज काङ्ग्रेसि नै उहाँको हारमा खुशी भएको देख्दा दु:ख लाग्यो🙄
आदरणीय गगन थापा ज्यू,
यो समय तपाईंका लागि कति गाह्रो, थकाइपूर्ण र भावनात्मक रूपमा भारी होला भन्ने सजिलै महसुस गर्न सकिन्छ। धेरै आशा बोकेर, धेरै कुरा बदल्न चाहेर, भित्र र बाहिर दुवैतिर लड्दा मानिस केवल राजनीतिक रूपमा होइन, मानवीय रूपमा पनि थाक्छ। सायद अहिले तपाईं निकै tired, drained र emotionally exhausted महसुस गरिरहनुभएको होला। तर यति मात्र भन्न मन छ, hope नछोड्नुस्।
धेरै मानिसहरूले केवल नतिजा हेर्छन्, तर केहीले यात्रा पनि देखिरहेका छन्। सबैले applause नगरे पनि, तपाईंले उठाएको प्रश्न, देखाएको साहस, र परिवर्तनको आवश्यकता बारे बोलेको स्पष्टता धेरैले गम्भीर रूपमा महसुस गरेका छन्। सजिलो बाटो रोज्नेहरू धेरै हुन्छन्, तर असजिलो सत्य बोल्नेहरू थोरै हुन्छन्। तपाईं त्यही थोरैमध्ये पर्नुहुन्छ।
हार, आलोचना, गलत व्याख्या, ट्रोल, र आफ्नै भित्रको निराशाले कहिलेकाहीँ मानिसलाई चुप गराउन खोज्छ। तर इतिहासले बारम्बार देखाएको छ, साँचो परिवर्तन तुरुन्त तालिले होइन, धैर्य, इमानदारी र निरन्तरताले जन्मिन्छ। आज थकान लाग्नु स्वाभाविक हो। केही समय सास लिनु पनि जरुरी हो। तर तपाईंले बालेको आशाको दियो धेरैको मनमा अझै निभेको छैन।
कृपया आफूलाई एक्लो नसम्झनुस्। धेरै मानिसहरू अझै पनि तपाईंभित्र सम्भावना, निष्ठा र दीर्घकालीन नेतृत्व देख्छन्। राजनीति केवल जितको क्षणले होइन, कठिन समयमा पनि आशा बोकिरहने क्षमता ले ठूलो बनाउँछ। तपाईं थाक्न सक्नुहुन्छ, विश्राम लिन सक्नुहुन्छ, केही समय मौन बस्न सक्नुहुन्छ, तर hope भने नहार्नुस्। देशलाई अझै पनि इमानदार, संवेदनशील र साहसी आवाजहरू चाहिन्छ।
तपाईंको बाटो सजिलो नहुन सक्छ, तर अर्थपूर्ण भने अवश्य छ। कृपया बलियो रहनुस्। नेपालले अझै पनि तपाईंबाट धेरै आशा राखेको छ।
सम्मान र शुभेच्छासहित।
सन् १९४५ को बेलायतको कन्जर्भेटिभ पार्टीका नेता विन्सटन चर्चिलको जस्तो होस् या सन् १९७७ को भारतिय कांग्रेसका नेता इन्दिरा गान्धीको जस्तो अथवा २००७-२००९ ताकाको जापानको लिबरल डेमोक्रेटिक पार्टीका नेता शिन्जो आबेको जस्तो परिस्थिति होस् ! राजनीतिक दलको इतिहासमा उथलपुथल भइ नै रहन्छ।
८ बर्ष अघि मात्रै हाम्रै देशमा कम्युनिस्ट गठबन्धन हुँदा प्रत्यक्षतर्फ जम्मा २३ सिट हाँसिल गर्दा कांग्रेसको हालत करिब करिब यस्तै भएको थियो।
शर्मनाक हारको ६ पछि सन् १९५१ मा चर्चिलले राजनीतिमा शानदार पुनरागमन गरे, १९८० मा इन्दिराले करिब दुईतिहाइ सिट सहितको शानदार पुनरागमन गरिन् र आबेले २०१२ मा दुईतिहाइ बहुमत प्राप्त गर्दै शानदार राजनीतिक पुनरागमन गरे।
कुनैपनि राजनीतिक दलको नेता, एउटा राजनीतिकर्मी मात्र होइन, उ चेतनाको दियो बाल्ने सामाजिक अभियन्ता पनि हो। राजनीति बाहेक उसले नेतृत्व क्षमता देखाउने वा सिकाउने अन्य थुप्रै सामाजिक कामहरु हुन्छन्, नेपालका नेताहरु प्रायः त्यसमा चुकिरहन्छन् । जस्तै कि एउटा कैदीबाट राष्ट्रपति बन्नु र रङ्गभेद विरोधी आन्दोलनको संसारकै नेता बन्नु जसरी नेल्सन मन्डेलाको राजनीतिक उचाई संगसंगै सामाजिक उचाई हो, त्यसरी नै १९८० को राष्ट्रपतिय निर्वाचनमा दोश्रो कार्यकालका लागि रोनाल्ड रेगनसंग हार्नु परेपनि वा असफल राष्ट्रपतिको ट्याग भिर्नुपरेपनि त्यसपछि विश्वभर गरेका सामाजिक सेवा र मानव अधिकारका कामले जिम्मी कार्टरलाई पुर्व राष्ट्रपतिको सम्मान फिर्ता मात्र गरेन, विश्वभरको सामाजिक र शान्तिप्रिय नेता समेत बनायो। पछि नोबेल पुरस्कार नै पाए !
बर्नी स्यान्डर्स, जसले अमेरिकाको राष्ट्रपति पदको चुनाव कहिल्यै जितेनन् र पार्टीभित्रको उम्मेदवारीमा समेत प्राय: पराजित नै भइरहे। तर, उनले उठाएका एजेन्डाहरू (नि:शुल्क स्वास्थ्य, विद्यार्थी ऋण मिनाहा, कर्पोरेट कर) अहिले अमेरिकाको मूलधारको राजनीति र युवा पुस्तामा संधै सम्मानित र छलफलको विषय बन्छन्।
चे ग्वेभारा, हुन त उनी निर्वाचनमा सहभागी भएका कुनै लोकतान्त्रिक नेता त थिएनन्, तर सत्ता र शक्ति छोडेर क्रान्तिका लागि हिँड्दाहिँड्दै उनको मृत्यु भयो। उनी सत्ताधारी नभएपनि आज संसारभरका विद्रोही परिवर्तनकारीहरूका लागि उनी पनि एक सम्मानित आइकन हुन्।
विदेशको मात्रै कुरा किन? हाम्रै बीपी कोइरालालाई मनन् गरौँ न ! नेपालको राजनीतिक र साहित्यिक सन्दर्भमा बिपीको कद कसैले भेट्न अरु सदियौँ कुर्नुपर्छ, किनभने बीपीले दुईतिहाइको सत्ताबाट च्यूत गराइएर लामो समय जेल र निर्वासन भोग्नुपर्यो । बिपी सत्तामा निकै थोरै समय मात्र रहे। तर, आज उनी नहुँदा पनि उनको 'प्रजातान्त्रिक समाजवाद' को राजनीतिक एजेन्डा मात्रै होइन, त्यो भन्दा कैंयौं माथि उनको साहित्यिक कद सबै राजनीतिक दल र आम नेपाली समाजमा उत्तिकै सम्मानित छ।
..............
सुधारको प्रष्ट एजेन्डा बोकेर जनताको आगनमा पुगेको एउटा नेतालाई कुनै एउटा निर्वाचनको पराजयसंग जोडेर उसको मुल्यांकन गर्ने, खिसिट्युरी गर्ने, हाहाहिही गर्ने प्रवृत्ति उसकै वरपर झुण्डिनेहरुले सबैभन्दा धेरै गर्छन्, यो प्रष्ट कुरा हो किनकी मौकापरस्तहरुलाई लाग्नेगर्छ कि उसलाई सिध्याउने सबैभन्दा राम्रो मौका यही नै हो। तर उनीहरुले यो कुरा बुझेका हुँदैनन् कि आम नागरिकको स्वार्थलाई आफ्नो स्वार्थ मानेर मैदानमा उत्रिएकाहरु, यस्ता चौकादाउवाला मौकापरस्तहरुसंग परिआएमा एक्लै भिड्न सक्षम हुन्छन्। त्यसैले त इतिहासले उनीहरुलाई राजनेता मान्छ। त्यसकै उदाहरणहरु हुन् माथि उल्लेख गरिएका !
यतिबेला गगन थापा माथि पनि यस्तै परिस्थिति सिर्जना भएको छ तर मलाई विश्वास छ, उनले अब संयमित भएर नेपाली कांग्रेसमा वर्षौंदेखि 'कस' बनेर बसेको 'मयल' पखाल्ने सुधारको अभियानमा केन्द्रित भएमा र त्यसमा सफल भएमा २०८७ मा शानदार पुनरागमन गर्नेछन्!
ल मानिलिउँ राजनीतिक पुनरागमन सम्भव भएन रे, यो तमाम् राजनीतिक सुधारको एजेन्डाको अगुवाई कसले गरेको हो? दलभित्रको लोकतन्त्र मरेका बेला त्यो आँट कसले गरेको हो? राजनीतिमा पुस्तान्तरणको लडाईँको नेतृत्व कसले लिएको हो? पार्लियामेन्टमा युवा सहभागिता बढाउने एजेन्डा, अब समाजवाद रट्ने होइन उदारवादी अर्थतन्त्रको बाटोमा हिँड्नुपर्छ भनेर होस् या सामाजिक लोकतन्त्रको कुरा गरेर ! प्रष्ट भिजन सहितको बाटोमा आफ्नो राजनीतिक भविष्यको एक्जिट प्लान सहितको खाका कोरेर आएको मानिस त गगन थापा नै हो नि!
अब न्यूनतम् बेञ्चमार्क त बनिसक्यो नै! यसबाट कसैले फुत्किन पाउनेवाला छैन पनि! समयले गगनलाई आज कसैले जस दिलाउला-नदिलाउला, सायद नदिलाउला पनि! किनभने अधिकांशको बानी जित्नेहरुको गुणगान गाउने नै हुन्छ तर यो हार होइन, बरु राजनीतिक मुद्दाको, सामाजिक मुद्दाको, पहुँच, प्रतिनिधित्व र सम्मानको लडाँईको जीत हो!
मेरो लागि निर्विकल्प यो लडाइँको हिरो गगन थापा हुन्।🙏
गगन थापा @thapagk नेपाली राजनीतिमा मेरो पुस्ताका लागि त संघर्षको एउटा पर्याय हो। गगनले निरन्तर डटेर आर्जन गरेको हो राजनीतिक र सामाजिक पुँजी। उहिले गिरिजा र अहिले देउवासँग भिडेरै बनाएको हो पार्टीमा अस्तित्व। राजतन्त्रविरुद्ध आफैं लडेर ल्याएको लोकतन्त्रप्रति समर्पित योद्धा हो गगन।+
दाजुहरुको कमजोरी 'अत्याधिक शालीनता'हो जस्तो लाउछ हउ मलाइ।
मार्केट डिमाण्ड अनुसार सामान उत्पादन भएन।
मार्केटमा तलाई पख्लास्,ठोक्छु,फा फु,ड्याङडुङको डिमाण्ड बुझेर त्यहि अनुसार मार्केटिङ भएन।
जनताले RSP लाई ५ वर्ष ढुक्कले देश चलाउने म्यान्डेट दिएको देखियो। कम्तिमा गर्न त खोजेको हो, फलानाले गर्न दिएनन् भन्ने कुरा सुन्नुपर्नेछैन।
'पपुलिष्टले बिगारेका देश बग्रेल्ती छन्, बनाएको देश एउटै छैन' भन्ने भाष्य गलत निस्कियोस्। नेपाल त्यो पहिलो देश बनोस।
शुभकामना।
#NepalElection