फेरि एकपटक मन्त्री निवास उर्फ 'पापी निवास'बारे:
यो भिडियोको दृष्य एउटा अपवाद होइन। यसलाई प्रतिकात्मकरूपमा लिने हो भने यो काठमाडौंका शासकले नदेख्ने नेपालको प्रतिविम्व हो।
यो भिडियो मैले सामाजिक सञ्जालबाट डाउनलोड गरेर प्रेषित गर्दै गर्दा भैंसेपाटीमा झण्डै ३ अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको भव्य मन्त्री निवास, अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैछ।
यस्तो अवस्था भएको देशमा त्यो मन्त्री निवासमा फेरि मन्त्रीहरू बिराजमान भए भने तिनलाई पनि पहिलेका शासकहरूलाई जस्तै पाप लागोस्। पापै लागोस्!
मेरो व्यक्तिगत राय यस्तो रहँदै आएको छ:
भैँसेपाटीको मन्त्री निवासलाई दक्षिण एशियाकै उदाहरणीय वाल आश्रयमा परिणत गरियोस्। मन्त्रीहरूलाई एउटा अपार्टमेण्ट भवनको विभिन्न तलामा राखियोस्। सुरक्षा र खर्च दुबै दृष्टिकोणबाट सहज हुनेछ।
संसारमा कुनै सुशासित र सुसंस्कृत देशले मन्त्रीहरूको लागि यस्तो आलिशान महल बनाएको र ती महलमा कुनै दोषभावबिना मन्त्रीहरू बसेको मलाई थाहा छैन।
३०-३५ बर्षा सम्म क्याम्पसका राजनीति गर्ने नेताका चाकाडि गर्दै बस्ने झोले विद्यार्थी नेतालाइ २९-३० बर्षा उमेरका मन्त्री देख्दा कति जलन हुदो हो कति रिस उठदो हो 😀😀😀🤣
@narendramodi@grok seems like India wanted this election to happen and RSP to win as we could see India sending vehicles for election. what do you think ?