आज बिहिबार, भगवान श्री विष्णुजीको आशिर्वादले सबैको आजको दिन शुभ रहोस् 🙏🙏
देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।
अभिजीत दिपकेले भने, 'हामीले चाहेको भए, हामी ब्यारिकेडहरू पार गर्न सक्थ्यौं । आज लाखौं विद्यार्थीहरू भेला भए । तर हामी विद्यार्थीहरूको जीवनको बारेमा चिन्तित थियौं ।'
एसियाली विकास बैंक (एडीबीले)ले नेपालको आर्थिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि आगामी ३ वर्षभित्र साढे ३ खर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेनसँगको भेटलगत्तै एडीबी अध्यक्ष मासातो कान्दाले सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका हुन् ।
जरिवाना नतिरेपछि पर्साको पकाहामैनपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा एमाले नेता विजयकुमार चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको फैसलाबमोजिम १० हजार जरिवाना नतिरेपछि चौरसियालाई पक्राउ गरिएको हो । 😲
सरकारले जुनसुकै व्यक्तिलाई नेपाली सेनाले तालिम दिनसक्ने व्यवस्था समेटिएको राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन शाहले संसदमा दर्ता गराएको विधेयकले १३ देखि २१ वर्षका विद्यार्थीलाई दुई चरणको तालिम दिने व्यवस्था गरेको छ।
#दुई_लाख_जरिवाना : सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको ऋषि जल नामक पानीको बोतलभित्र छेपारो भेटिएको थियो ।
उपभोक्ता संरक्षण ऐनअनुसार इलाका प्रशासन कार्यालय लहानले केवी एण्ड सन्स नेपाल कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । 😲
कुनै बेला संसद्मा दुईतिहाइ बहुमत रहेका एमाले र नेकपा मिल्दा पनि यसपटक संसद्को अंकगणितमा खासै फरक पर्ने देखिँदैन । किनभने, सत्तासीन रास्वपासँग झन्डै दुईतिहाइ बहुमत छ ।