जीवनको विरोधाभासमा शान्ति खोजिरहेको एक मनुष्य। शब्द पारखी। साहित्य, राजनीति, अध्यात्म र नेपाली क्रिकेट। कृषि विद्यार्थी।वसुधैव कुटुम्बकम। सर्वे भवन्तु सुखिन: ।।
नलेखुँ हरायो भन्छन्
लेखुँ बहुलायो भन्छन्
त्यसैले त गुमनाम हुनु
र बदनाम हुनभन्दा धेरै पर
आफ्नो छुट्टै संसार बनाएको छु
शब्दको संसार
शरद संसार
#शब्द#words
नेपालमा अन्डरग्र्याजुएट तहको पहिलो सेमेस्टरदेखि नै विद्यार्थीहरूले Review Paper लेख्न थाल्नु उत्साहजनक पक्ष हो, र उत्कृष्ट जर्नलहरूमा प्रकाशनका उदाहरणहरू पनि प्रशंसनीय छन्। तथापि, यससँगै questionable जर्नलहरूमा असन्तुलित रूपमा बढी प्रकाशन हुनु गम्भीर चिन्ताको विषय बन्दै गएको छ।
झन् चिन्ताजनक कुरा के छ भने, कतिपय अवस्थामा विद्यार्थीहरूले पर्याप्त सुपरभिजनबिना, आफ्नै सुपरभाइजरलाई जानकारी नदिई प्रकाशन गर्ने वा authorship सम्बन्धी आधारभूत नैतिकता समेत बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ।
यसले व्यक्तिगत करियरमा मात्र होइन, नेपालबाट उत्पादित स्नातकहरूको समग्र शैक्षिक विश्वसनीयतामा दीर्घकालीन प्रश्न खडा गर्न सक्छ, विशेषगरी अन्तर्राष्ट्रिय स्तरमा।
अतः विश्वविद्यालयहरूले प्रारम्भिक तहदेखि नै “Research Ethics & Scientific Writing” लाई अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्नु अत्यावश्यक देखिन्छ।
गुणस्तरीय अनुसन्धान संस्कृतिको आधार यहीँबाट निर्माण हुन्छ।
@SurjaKarki@bishalkchalise बालुवाटारलाई पुस्तकालय बनाउनुपर्छ कि पर्दैन भन्ने छुट्टै बहस भयो । तर पुस्तकालयमा मान्छे जाँदैनन् भन्ने कुरामा सहमत हुन सकिएन । त्यो पठन संस्कृति नभएर हो । सार्वजनिक पुस्तकालयको संख्या बढाउनुपर्छ । यस्ता पुस्तकालयलाई अध्ययन केन्द्र र पुस्तक विमर्सका केन्द्र बनाउन सकिन्छ ।
सांसद छान्ने कुरा नेपाल आइडलमा भोट हाले जस्तो होइन। नाचगान, लुगालत्ता, हाउभाउ, भावभङ्गी, भाषणभीषण, गालीगलौज हेरेर हैन; विचार र व्यवहार, ज्ञान र विवेक हेरेर।
कानुन/सरकार बनाउन समूहमा काम गर्ने, विचार स्पष्टसँग आदानप्रदान गर्ने, प्रश्न लिने-दिने खुला संस्कार भएको मान्छे चाहिएला कि?
गगन थापा कयौँ कमजोरी भएका साधारण मानिस नै हुन् तर आजको राजनीतिमा उनको सामु उभिएका धेरै पात्रहरूको तुलनामा भिजन, अभिव्यक्ति र बौद्धिक स्पष्टतामा उनी अरूभन्दा निकै उचाइमा देखिन्छन्। यो उचाइ दैवीकरणको होइन, विचारको स्पष्टता, तार्किक विचार र नेतृत्वको आत्मविश्वासको परिणाम हो।