यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्��े बनौँ पहिला ,
अरु त, जनताले बनाई हल्छननी ।
अदालतले टुकुचा ढल हाेइन - खाेला नै हाे भनेर प्रमाणित गर्यो: उच्च अदातल पाटनकाे फैसलाकाे पूर्णपाठले टुकुचा खाेलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएकाे छ। साे फैसलाले टुकुचा खाेला अर्थात् इच्छुमति नदिकाे प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूकाे ध्यानाकर्षण समेत गरेकाे छ। अब टुकुचा खाेलाकाे क्षेत्राधिकार भित्रकाे व्यक्ति विशेषकाे नाममा त्रुटीवश कायम हुन गएकाे जग्गाको कानुन बमाेजिम लगत कट्टा गर्ने र त्यस्ताे जग्गा महानगरवासीकाे सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयाेजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढ्ने ��ाठमाडौं मेयर बालेन शाहले भनेका छन्।