अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को पूर्वअध्यक्ष तथा एक खेलाडीको नाताले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) द्वारा एन्फालाई निलम्बन गरिएको समाचार सुन्दा मलाई अत्यन्तै दुःख र चिन्ता लागेको छ। यस निर्णयबाट नेपालमा फुटबल खेलको विकास र खेलाडीहरूको भविष्यमा गम्भीर नकारात्मक प्रभाव पर्ने निश्चित छ। तसर्थ, उक्त निलम्बन फुकुवाका लागि नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, एन्फा र सम्बन्धित पदाधिकारीहरूले तत्काल प्रभावकारी पहल गरुन् भनी हार्दिक आग्रह गर्दछु।
हामीले २०६३ मै भनेका थियौं-संघीय धर्मनिरपेक्ष गणतन्त्र देशले धान्न सक्दैन। भदौ २३/२४ को आन्दोलनको जगमा स्थापित नयाँ शक्तिले समेत असफल प्रमाणित संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई नयाँ जीवन दिन खोज्नु दु:खद छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र यसको विचारप्रति हाम्रो प्रतिबद्धता सदैव अविचलित छ।केन्द्रीय महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ।तसर्थ,पार्टी छोडेकालाई फर्कन र निष्क्रिय/निराश रहेका साथीहरूलाई उच्च मनोबलका साथ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्दछौँ।
२० वर्षको अभ्यासबाट असफल प्रमाणित भई 'आइसियु' मा पुगिसकेको सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रलाई नयाँ जीवन दिने रवि,बालेनको प्रयासले देशलाई फेरि दुर्गतिकै बाटोमा लैजाने भयो।थप पाँच वर्ष खेर जाने देखियो।किनभने,चालक मात्र फेरेर गलत बाटोबाट यात्रा गर्ने हो भने गन्तव्यमा पुग्न सकिँदैन।धतुरो रोपेर आँप फलेको मलाई थाहा छैन।
सिद्धान्तनिष्ठ साथीहरूलाई मेरो अपिल- फुटेर होइन,जुटेर मात्र बलियो राष्ट्रवादी शक्ति बन्छ।कसैलाई चित्त बुझोस् नबुझोस्,केही कमी-कमजोरी भए तापनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोक्ने मूल र आधिकारिक शक्ति अहिलेको अवस्थामा राप्रपा नै हो।यसैलाई बलियो बनाउनुपर्छ र बनाउन सकिन्छ।यो सत्यलाई महसुस गर्दै धैर्यताका साथ अघि बढौँ
संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले "नेपालले पनि भारतको सीमा मिचेको छ" भनी दिनुभएको अभिव्यक्तिले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाइदिएको छ। केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा हो।तर नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन। नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ। यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छ; तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ। तर, मेरो बिचारमा प्रधानमन्त्रीको यो भनाई अतिरञ्जित र गलत छ। स्वयं भारतले समेत आजसम्म नेपालले सिमा मिचेको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति दिनु सर्वथा उपयुक्त हुनसक्दैन।
नेपाल कुनै पनि छिमेकीको सीमा अतिक्रमण गर्दैन र अरूले हाम्रो भूमि अतिक्रमण गरेको पनि सहन सक्दैन। देश सानो-ठूलो हुन सक्छ, तर राष्ट्रको सार्वभौमिकता र अखण्डतामाथि कुनै सम्झौता हुन सक्दैन। भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्रमा नेपालको अविभाज्य भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता भैरहेका बेला, प्रधानमन्त्रीले "नेपालले पनि भारतको सीमा मिचेको छ" भनी दिनुभएको वक्तव्य पूर्णतः गैरजिम्मेवारपूर्ण छ। म यसलाई तत्काल सच्याउन आग्रह गर्दछु। देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्री बालेनबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दुःखद छ। @ShahBalen
स्वयं भारतले समेत आजसम्म नेपालले सिमा मिचेको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति दिनु सर्वथा उपयुक्त हुन सक्दैनः कमल थापा, पुर्व परराष्ट्रमन्त्री
https://t.co/WASlqMKYLh
राजदूत पद व्यावसायिक संस्था वा बैंकिङ क्षेत्रको प्रमुख कार्यकारी अधिकृत (CEO) जस्तो होइन। त्यसैले, यो पदको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्ने सोच उपयुक्त मान्न सकिँदैन। यसका लागि योग्य र सक्षम व्यक्तिहरूको ‘रोस्टर’ तयार गरी विना पूर्वाग्रह नियुक्ति गरिनु पर्दछ। विशेष गरी भारत, चीन र अमेरिका जस्ता रणनीतिक महत्त्वका मुलुकहरूमा खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने कार्य त्रुटीपूर्ण हुनेछ।
आज एक पत्रकारले सोधे– "तपाईँ चुनावमा हार्नुहुन्छ, खेलकुदमा सधैँ जित्नुहुन्छ, किन होला?"
मैंने भनेँ– "चुनावमा अरूको भोटमा भर पर्नुपर्छ, खेलकुदमा भने आफ्नै योग्यता, क्षमता र मिहिनेतमा भर पर्छ।"
ठीकै भनेँ कि कसो?
देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत २०८२ पौष १६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकीकरण भएको हो। तर, एकीकरण भएको पाँच महिना बित्न लाग्दा समेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ सङ्गठनहरूको एकीकरण पनि अझै अलपत्र छ। यहाँसम्म कि निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्र समेत पठाउन सकिएको छैन। यसले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको छ। बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने कार्य अधुरै छ।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन् टड्कारो बन्दै गएको छ। यो वास्तविकतालाई दृष्टिगत गर्दै, दुई पार्टी एकता गर्दा तय गरिएको अवधारणापत्र अनुसार अविलम्ब सबै तहमा समायोजन कार्य सम्पन्न गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व समक्ष हार्दिक ध्यानाकर्षण गराउँदछु। @RajendraLingden
गएकाे चुनाव घण्टीमा भाेट माग्ने गणतन्त्रवादी जथ्थाले आज आदरणीय नेता @KTnepal माथि आक्रमण गर्ने प्रयास गरेछ।
याद राख फुच्चेहरु हाे, अति गर्यौं भने कमल थापाले तिम्रा घाँटी समाउने मात्रै हाेईन के के हुन्छ, कमल थापा अरु जस्ताे डराएर भाग्छ भन्ने साेच्याै भने त्याे तिम्राे भुल हुन्छ।
चाहे अध्यादेश ल्याउने कुरा होस् वा अन्य कुनै काम, त्यसका निम्ति सरकार स्वयं जवाफदेही रहन्छ। राम्रा-नराम्रा कामको जस-अपजस सरकारले नै व्यहोर्नु पर्दछ। संसद्मा पूर्ण बहुमत प्राप्त सरकारको सिफारिसलाई रोक्न 'सेरेमोनियल' भूमिकामा रहेका राष्ट्रपतिलाई गुहार्नु सर्वथा अनुपयुक्त हुन्छ