हिजो मैले कान्तिपुरको "It's My Show" हेरे। उक्त कार्यक्रममा आमन्त्रित दुई नायिका र होस्टले विभिन्न व्यक्तिहरूको व्यक्तिगत जीवनबारे टिप्पणी गरे, फलानोको ब्वाइफ्रेन्ड, फलानोको गर्लफ्रेन्ड भन्दै खुलासा गरे। यस्तो अभिव्यक्तिले जसको बारेमा टिप्पणी भएको छ, ती व्यक्तिहरूको परिवार र निजी जीवनमा के असर पर्छ भन्ने संवेदनशीलता नराख्नु गलत कुरा हो। यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्छ। कार्यक्रमलाई रोमाञ्चक बनाउने नाममा कसैको व्यक्तिगत जीवनमा अप्ठ्यारो सिर्जना गर्नु हुँदैन। एकछिनको रमाइलो, एकछिनको ठट्टा र टेलिभिजनको टीआरपीको लागि कसैको व्यक्तिगत जीवनलाई विवादित बनाउनु अत्यन्तै निन्दनीय हो। टेलिभिजनको टीआरपी र शोको पब्लिसिटीका लागि राम्रो सामग्री बनाउनुहोस्, विवादित होइन। यो समाज कता जाँदैछ?
हिजो काठमाडौँ महानगर प्रहरीले खोसाखोस गरेर हरिया मकैको ठेला उठाएर लगेको दृश्य कसैले खिचेको रहेछ। आज कुनै सञ्चार माध्यमले ती ठेलावालासँग गरेको वार्ता प्रकाशित गरेछ। दुईटा छोराहरू पढाउन गाउँबाट काठमाडौँ आएका गरिव परिवार रहेछ उनीहरूको। भुइँचालोले घर भत्काएको रहेछ। +++
काठमाडौंमा असरल्ल थुप्रिएका फोहोरले महामारी निम्त्याउँदै छ । काँग्रेस र एमालेले समस्या समाधान गर्न मेयर बालेनलाई नसघाए आउँदो निर्वाचनमा अझै धेरै बालेनहरू निर्वाचित हुन्छन । मतदाता मूर्ख छैनन्, राजनीतिक दाँवपेच बुझ्छन ।
महिला हिंसाको बिरुद्ध बाेल्ने सबैभन्दा ठुलाे आवाज भनेकाे कानुन हाे । कानुन गतिलो नभएर बलात्कारिकाे श्रीमती भएकि महिला मै हु हजुर । म मुद्दा हाल्न सक्दिन किनकि कानुन छैन । तर म बाेल्न सक्छु म बलात्कारि डा. जय प्रकाश जयसवाल हाे भन्न सक्छु ।
त्रास फैलाउने काम नगर्नु रे? यो संकट हो महामारी हो, कठिन समयमा राज्यलाई उत्तरदायी बनाउन बेथितिका बारे बोल्नै पर्छ। खुलेको आकाश,नीलो ज्यारकाण्डा, नयाँ धरहराकाबारे बखान गर्न पूरा जीवन बाँकी छ तर १ थान अक्सिजन नपाएर थलिएको जीवनमा प्राण ल्याउन १ सेकेन्डपनि लामो समय हो ।
आमाको फोटो राख्नुभन्दा आमालाई खुसी पार्नु नि भनेर गफ लेखेको धेरैले देखें.... तिनिहरूसंग चाहिं आमासंग खिचेको एउटै राम्रो फोटो पनि रहेनछ कि के हो ? 🤔 ज्ञान बाडुन्जेल एउटा फोटो भएनि खिचेर आको भए हुनेनि बरू।
कस्ताे निरीह ? के काे लाचारी ?
आफ्ना बालबालिकालाई विद्यालय नपठाउ भन्न सक्ने तर विद्यालय बन्द गर भन्न नसक्ने । निजी विद्यालयहरू यति शक्तिशाली छन् कि सरकारलाई समेत घुँडा टेकाउन सक्छन् ।
#Nepal
नेपाल सरकारले भारतको नयाँ नक्सालाई अमान्य छ भनेर मात्र पुग्दैन । तत्काल सच्चाउन पहल गर्नु पर्दछ । यसकालागि सबै राजनीतिक दलहरुको सहयोग आवश्यक छ । भारतीय कार्य अत्यन्त खेदजनक छ । राष्ट्रको सार्वभौमसत्ता सानो वा ठूलो भन्ने हुदैन । समानताको सिद्धान्तमा आधारित हुन्छ ।
Thank you #NASIGMONTREAL for giving me this opportunity to become a speaker at the Event & hope I've voiced the issues & motivated people to engage.
Like I said It's always abt what u bring to the table.
Shutout to @internetsociety@ISOCapac@ISOC_NextGen for empowering us.
बलात्कार जस्तो जघन्य अपराधमाथि ठट्टा गर्ने (खास गरि, अवस्था सामान्य नभएको भनिएको आरोपी प्रति संवेदनहिन) @rabinsayami1 को यो कार्टुन, र यो कार्टुन छाप्ने @nagarik_news भर्त्सनाका लायक छन्!
If you can't respect, do not disrespect.
You don't joke about rape, सम्पादक @gunaraj ज्यु!
Nepal Telecom को आधिकारिक ट्विटर ह्यान्डल @ndcl_nt ले मलाई ट्विटरमा ब्लक गरेको बारेमा कारण जानकारी पाउन निवेदन लेखेर सुचना माग गरेको छु, आशा छ सकारात्मक जवाफ पाउने छु !