एउटा कम धार्मिक व्यक्तिको जनै पूर्णिमाको सन्देश
(लामो भएकाले धेरैले पढ्दैनन् भन्ने जान्दा जान्दै पनि)
.
आज जनै पूर्णिमा। हामी मध्ये कसैका लागि यो नयाँ जनै धारण गर्ने दिन हो, कसैका लागि रक्षाबन्धन मात्र वा राखी बाँध्ने दिन मात्र। क्वाँटी खाने दिन त हो नै। वैदिक परम्परामा यो ऋषितर्पणी र उपाकर्म (सम्यक् सङ्कल्प – हिजोआजको ‘New year’s resolution’ जस्तै जस्तै, तर दार्शनिकरूपमा अलि गहिरो) को दिन पनि हो।
मलाई लाग्छ, यस दिनको सबैभन्दा महत्त्वपूर्ण पक्ष जनै फेर्नु होइन, आफूलाई र आफ्नो वर्ण र आश्रमप्रतिको प्रतिबद्धताको स्वमूल्याङ्कन गर्नु हो (यसका लागि पहिले त वर्ण र आश्रमप्रति नै एक हदको विश्वास र निष्ठा चाहिने हो। अर्थात्, मैले परम्परागत मूल्यहरूको अतिक्रमण गरेको छैन र कदाचित् त्यस्तो भएको छ भने पनि म आफूलाई शुद्ध बनाएर अघि बढ्छु भनेर सङ्कल्प गर्नु हो।)
ऋषितर्पणीले हामीलाई एउटा गहिरो कुरा सम्झाउँछ (सम्झाउनु पर्ने हो) - हामीले जानेका कुरा, अर्थात् ज्ञान न हाम्रो निजी आर्जन हो, न हाम्रो निजी सम्पत्ति। हाम्रो चेतनाको निर्माण हामीभन्दा अघिका असङ्ख्य ऋषि, गुरु, चिन्तक, किसान, श्रमिक, माता–पिता र पुस्तौँको अनुभवबाट भएको हो। त्यसैले ऋषिहरूलाई तर्पण गर्नु भनेको केवल कर्मकाण्�� गर्नु होइन, ज्ञानका सञ्चयित (Cumulative) स्रोतप्रति कृतज्ञ हुनु र आफूले पाएको ज्ञानलाई अझ मानवीय बनाउने प्रतिबद्धता गर्नु पनि हो।
जनै वा यज्ञोपवीतलाई कर्म, कर्तव्य र अनुशासनको प्रतीक मान्न नसक्ने हो यसलाई ‘आज घाँटीमा र भोलिदेखि काँटीमा’ झुण्ड्याइदिए हुन्छ।
विचार गरौँ, के मैले व्यवहारमा सत्य, करुणा, न्याय, समानता र आत्मअनुशासनको जनै धारण गरेको छु? के म सनातन धर्मले निर्देश गरेका धर्माचरणम�� बसेको छु?
ज्यानलाई जनैले बाँध्ने तर मन र व्यवहारलाई अनुशासनमा बाँध्न नसक्ने हो भने ब्रतबन्ध गर्नुको अर्थ के? जनै लगाउनु वा फेर्नुको अर्थ के? यज्ञोपवीत झुन्ड्याएर मनमा घमण्ड, व्यवहारमा विभेद र बोलीमा तिरस्कार बोकेर हिँड्नुको अर्थ के?
हिन्दु हुनु श्रेष्ठताको प्रमाण होइन। तागाधारी हुनु त झन् अहङ्कार गर्ने लाइसेन्स होइन। यदि जनैले ज्ञान र कर्तव्यको स्मरण गराउँछ भने ��्यसको पहिलो परीक्षा यही हो - यसले हामीलाई अरूभन्दा ठूलो बनायो कि अझ बढी जिम्मेवार र विनम्र?
म आफूलाई धेरै धार्मिक मान्दिनँ। तर परम्पराभित्रको यस्तो दर्शनलाई सम्मान गर्छु, जसले मानिसलाई प्रश्न गर्न, सिक्न, कृतज्ञ हुन र आफ्नो आचरण सुधार्न प्रेरित गर्छ।
त्यसैले आजको दिन मेरो लागि धागोको होइन, विचारको नवीकरणको दिन हो (तर पनि जनै ‘फेर्छु’, ससाना ‘बाल बाजे’ खोजेर तिनले अशुद्ध उच्चारण सहित पढेको ‘दानइन्द्रो महाबल’ सुनेर मुसुमुसु हाँस्दै हातमा रक्षाबन्धन पनि बाँध्छु।)
ऋषिहरूलाई सम्झौँ - तर उनीहरूको प्रश्न गर्ने साहस पनि सम्झौँ।
परम्परालाई सम्मान गरौँ - तर परम्पराका नाममा बनेका विभेदका कारण मानवतामाथि लागेका कलङ्कहरूप्रति क्षमाशील पनि बनौँ।
जनै लगाउनेलाई सम्मान गरौँ - तर जनै नलगाउनेलाई हीन नठानौँ।
हिन्दू हौँ, बनौँ तर हिन्दूत्व को नारा आयात नगरौँ।
हाम्रो धर्म हाम्रो मूल्य हो भने त्यो रङ र धागाहरूमा होइन, हाम्रो व्यवहारमा देखिनुपर्छ। र तागाधारी हुनु यदि कुनै जिम्मेवारी हो भने त्यसको पहिलो चिन्ह अहङ्कार होइन - विनम्रता हुनुपर्छ।
यस जनै पूर्णिमामा सबैका लागि एउटै शुभकामना - हाम्रो शरीरमा बाँधिएको धागोभन्दा बलियो होस् हाम्रो विवेक, र हाम्रो पहिचानभन्दा ठूलो होस् हाम्रो मानवता।
We come empty-handed, then spend our whole life chasing everything.
Money. Success. Respect. And in the end, we leave it all behind.
Work hard. Dream big. But don't forget to live.
मलाइ एउटा टिक्टक भिडियो यता पोस्ट्यौन मन लाग्यो कस्तो चित्त बुझ्दो लागेको तर बिच मा दाजु ले मुख छाड्या छन , तर त्यो मुख छाड्या नि मलाइ जिबन मा पहिलो पटक ठिक लाग्यो
ओ हेलो गृहमन्त्रालय @moha_nepal (ट्वीटर नचलाएको धेरै भएछ। सीसी @hello_sarkar), ओ हेलो पुलिस हेडक्वाटर @NepalPoliceHQ त्यो नाबालिक हत्याराको वयान तत्काल सोसल मिडियाहरूबाट 'डाउन' गराउनुस् त।
यस्तो पनि राज्य हुन्छ? 🤬🤬🤬🤬३ वर्षकी नाबालिक बालिकाको बलत्कार गरेर हत्या गर्ने हत्याराको वयान किन सार्व��निक गरेको ?😡😡😡
राजीव गांधी की हत्या के समय राहुल गांधी अमेरिका की हार्वर्ड यूनिवर्सिटी बोस्टन में पढ़ाई कर रहे थे.. भारत लौटते समय फ्लाइट में अमिताभ बच्चन उनके साथ मौजूद थे.. दिल्ली एअरपोर्ट पर राहुल गांधी को रिसीव करने प्रियंका गांधी पहुंची थीं.!
राहुल गांधी के 10 जनपथ पर पहुंचते ही सबसे पहले उन्हें जया बच्चन ने गले लगाया और ढांढ़स बधायां.!
बच्चन परिवार और गांधी परिवार के रिश्त��ं की गहराई आप इस बात से समझ सकते हैं कि...राजीव गांधी की शादी से पहले इंदिरा गांधी ने सोनिया गांधी को 50 दिनों तक बच्चन परिवार के घर ही रखा था..!
सोनियां गांधी पर दुखों का पहाड़ टूटा था लेकिन वो नहीं टूटी...भारतीय संस्कृति के अनुसार खुद को ढाला और तमाम मुश्कियों के बाद कांग्रेस पार्टी को फिर से खड़ा किया..!
The airline lost my bag for 72 hours.
They handed me a $50 “courtesy” voucher at the baggage desk and smiled like they’d done me a favor.
I kept the voucher. Then I opened my laptop and used a 1999 international treaty they never mention at check-in.
Total recovered: $1,650.
Here are the three legal weapons most passengers never know they have.
आजको तीतो अनुभव,
टक्सार समेत सहआयोजक रहेको एउटा कार्यक्रम थियो, होटल हिमालयमा।
अर्को हलमा वाटर एडको कि ���ुनिसेफको कार्यक्रम रहेछ।
अपाङ्गता अमैत्री भए पनि म शौचालयमा छिरेपछि एउटा जैरेले म व्हीलचेयरमा देख्नासाथ हेय भावले मतिर हेर्दै आफ्नो साथीलाई भनेजस्तो गरि तीन/चार पटकसम्म शौचालय सफा गर् है शौचालय भन्यो।
थुक्क तेरो सोच, म तँभन्दा बढी स��र्वजनिक कार्यक्रममा सहभागी हुन्छु।
यदि कुनै रुपमा त्यसले सामाजिक सञ्जाल चलाउँदैछ भने पढोस् भनेर म मेरा सबै फेसबुक र ट्वीटर अकाउन्टमा यो पोस्ट हाल्दैछु।
हेलो @shisir जी,
पशुपतिनाथ क्षेत्रमा अलपत्र अवस्थामा रहेका फ्रान्सेली नागरिकको केही नेपाली युवाहरूले राहदानी, पैसा र झोला लगायतका सबै सामान लुटपाट गरेपछि उहाँ अलपत्र परेको भन्ने सुन्नमा आयो। कृपया तुरुन्त पहल लिनुहोला @PM_nepal_@MofaNepal@shisir
हिमाल आरोहणको सबैभन्दा महत्वपूर्ण क्षण भनेको मानसिक रूपमा पूर्ण तयार भएर आफ्नो घर र देशबाट साहस र हिम्मतका साथ यात्रा सुरु गर्ने पहिलो पाइला नै हो।
छैटौं पटक सगरमाथा आरोहणका लागि सतोरी एड्भेन्चर प्रालि Satori Adventures Pvt. Ltd. मार्फत केही दिनमै सगरमाथा आधारशिविर तर्फ प्रस्थान गर्दैछु। सधैंझैं तपाईंहरूको साथ, माया र आशीर्वादको अपेक्षा गर्दछु। धन्यवाद। 🙏❤️🏔️ #everestexpedition #everest2026 #satoriadventures #66northiceland #kailash
5 years old - Dad knows everything!
7 years old - Dad knows.
10 years old - Maybe dad doesn’t know?!
12 years old - Dad doesn’t know.
14 years old - Dads gone crazy!
16 years old - Can’t take dad seriously.
18 years old - What does dad know?!
22 years old - Dads talking rubbish!
24 years old - I know more than dad!
26 years old - Dad seems to know some things after all.
30 years old - Think I should ask dad about this?!
40 years old - It’s amazing how dad went through all this!
45 years old - Dads been right all along.
50 years old - If dad was here, I could have learned a lot from him.
Your father is the only man who's proud to see you doing better than him.
हामीलाई थाहा छ हरेक व्यक्ति चाहेर वा नचाहेर पनि सर्ब गुणले भरिभूर्ण हुदैन | तर मुख्य कुरा नियतको हो | यहाँ पुराना दल र तिनका नेता कार्यकर्ताहरुले अति मात्र होइन अत्याचार नै गरेका थिए | अहिले त्यसको नतिजा आउदै पनि छ | यो पाठ नया पुराना सबैले सिकून |