माओवादी बिद्रोहका कुलगुरु भएकाले प्रचन्ड विरुद्ध अदालत जानु अनौठो भएन तर ‘हत्या’ तिनलेमात्रै गरेका थिए? किलो शेरा टु देखि सेना पुलिसले गरेको हत्या, बलत्कार र बेपत्तालाई चैँ न्याय कसले दिन्छ? मुद्दा त तिनलाई पनि त लाउनुपर्ला नि!
यदि पार्टिगत राजनीतिक द्वेष यस्तो कटुताको प्रमुख कारण हो भने, धम्कि एक आपसमा नै साटफेरे गरेको बेस। प्रताडित जनता र थिलथिलिएको मुलुकलाई घुर्कि अलि बढता भयो कि काम्रेड मित्र बिप्लव?? देश आफै पड्केर ध्वस्त हुने अवस्थामा पुग्दै छैन र?
अध्यारो रात पछी जहिले बिहानी आउँछ?
विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ?
देश के हो ? जमीन कि मान्छे ?
अन्नको मालिक किशान कि भान्से ?
यो वायु, आकाश , यो मिति
यो राज्य ,जवाब , यो निती ,
यो प्रभावले कस्को कहाँनी सुनाउँछ ?
अध्यारो रात पछी कहिले बिहानी आउँछ ? ?
लगभग ३०० खेलाडि, १४ टोली, १८२ खेल र हजारौँ शुभेच्छुकहरु रहेको नेपालको सबैभन्दा प्रतिष्ठित शहीद स्मारक A Divison लिग आजबाट हुँदैछ। समाज परिवर्तनमा सबै क्षेत्रको उत्तिकै भुमिका जरुरी छ ।आ-आफ्नो क्षेत्रबाट सहभागि भएर खेलाडि तथा टोलीहरुलाई हौसला प्रदान गर्न हुन हार्दिक अनुरोध गर्दछु।
सर्वोच्चको आदेशले सन्दीप नेपाली टिममा सहभागी भएपछि नेपालको लज्जास्द हार। जितका लागि २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रन बनाउँदा अल आउट भयो। युएई ६८ रनले विजयी भयो। सन्दीप जानुअघि आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसअघि युएईमा भएका सबै खेल नेपालले जितेको थियो।
थाकेको छु,अतालिएको पनि छु,काम बन्दैन, निराशाले घरगरेको छ।
रोगी रुङड शरीर बोकेर भौतारीनु भित्र आनन्द खोज्नु पर्ने नियति छ।
रोगी निकम्मा भएपनि यो शरीरको माया लाग्छ, बाचौ अझै केही समय भन्ने लाग्छ.. खै यो कस्तो मृगतृष्णा हो..? सायद सपनाहरूको माया पो हो कि??