कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !
कुनै बेला विश्व शान्ति, एकता र सहिष्णुताको प्रतिकको रुपमा रहेको हाम्रो प्यारो मातृभूमि अहिले कस्तो अवस्थाबाट गुज्रिरहेको छ भनेर सबै नेपालीले एकपल्ट सोच्नै पर्ने बेला आइसकेको छ ।
राष्ट्रपतिको तेस्रो कार्यकालका लागि नेपाली कांग्रेस लगायत आठ दलका तर्फबाट उम्मेदवारमा रामचन्द्र पौडेल र एमाले लगायत दलका तर्फबाट सुवासचन्द्र नेम्वाङ उमेदवार बनाउने निर्णय ।