...✍️✍️
हिमाल मेरो ,, मधेस मेरो !!
स्वर्ण सौर्न्दर्य परिवेश मेरो !!
मृग, छावा, मयुर नाँच्छन् ,
जीव सुन्दरता बिशेष मेरो !!
कला र कौशलको खानी ,
हेर्दै लोभ लाग्दो भेष मेरो !!
गौरवशाली वीर गाथाहरु ,
इतिहासमा छन् शेष मेरो !!
जहाँ जन्मिए गौतम बुद्ध ,
धर्ती कै स्वर्ग🇳🇵देश मेरो !!
अहिलेसम्म प्रचण्ड सत्ता पक्षमा छन र देउवा सरकार आलोचनबाट बच्या छ अब अलिकति गठबन्धन तलमाथि गर्ने खाले देउवाबाट कुरा त आयोस् सम्पादकहरुले देउवा सरकारको छाला काटेर छोड्नेछन । भरिया सम्पादक भएको देशमा कसरी समाचार तयार गरिन्छ नाङ्गै सबैले देखि सके ।
आज संसदमा केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्तिमा रिस, दम्भ, अहंकार, डाहा… झल्के पनि उपस्थिति लोकतान्त्रिक थियो । सरकारमा हुँदा पनि यसरी नै संसदबाट नभागेको भए सायद अहिले पनि केपी शर्मा ओली वालुवाटार मै हुनुहुन्थ्यो होला ।
सूचना ! सूचना !! सूचना !!!
पानीपोखरी देखि टिचिङ्ग हस्पिटलको बिचमा रबरस्ट्याम्प हराएको खबर छ । फेला पार्नुहुने महानुभावहरूले नजिकैको चाहिने ठाउँमा बुझाइदिनुहोला ।
धन्यवाद 🙏
शेवदेको भन्दा केपी ओली कै कार्यशैली गजबको र द्रुतगतिमा दगुर्ने रहेछ । कुनैपनि अध्यादेश सिफारिस गर्ने बित्तिकै राष्ट्रपतिबाट प्रमाणित हुने र राजपत्रमा प्रकाशित हुन्थ्यो । 🤣🤣