There are simply just too many incidental things that are happening that can be selectively used by the VAR to dismiss goals they don't want standing or grant penalty kicks they find opportune to invent - things that would have simply been ignored by standard referee practices.
THEY CANCELLED EGYPT’S GOAL AND GAVE MESSI A FREE KICK INSTEAD. THIS WHOLE TOURNAMENT IS RIGGED. NO FURTHER PROOF NEEDED. SHAMEFUL. FOOTBALL HAS LOST ITS SOUL.
What the dismissal of Egypt's second goal has again shown is that the main purpose of the VAR system has been to selectively promote the traditionally stronger or whiter teams.
गोरखापत्रमा वि.सं. २०३१ माघ २३ गते प्रकाशित एउटा दुर्लभ समाचार र तस्बिरले नेपालको पहिलो विद्युतीय सार्वजनिक यातायात प्रणाली निर्माण भइरहेको ऐतिहासिक क्षणलाई देखाउँछ। चीन सरकारको करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा काठमाडौँ-भक्तपुर ट्रली बस सेवाका लागि ओभरहेड विद्युत् तार जडानको काम अन्तिम चरणमा पुगेको थियो। तस्बिरमा प्राविधिकहरू विशेष टावर भेगनको सहायताले सडक किनारका पोलहरूमा विद्युत् लाइन जडान गरिरहेका देखिन्छन्।
राजा वीरेन्द्रको शुभराज्याभिषेक अगावै सेवा सञ्चालन गर्ने लक्ष्यका साथ चीनबाट २२ वटा Shanghai SK541 मोडेलका ट्रली बस ल्याइँदै थिए। ती बसहरूलाई कलकत्ताबाट काठमाडौँ ल्याउनु पनि चुनौतीपूर्ण थियो। त्रिभुवन राजपथका साँघुरा मोडहरूका कारण पहिलो खेपका बसहरूलाई सिद्धार्थ राजमार्ग हुँदै पोखरा र त्यसपछि पृथ्वी राजमार्ग प्रयोग गरेर काठमाडौँ ल्याइएको थियो।
अन्ततः २०३२ साल पुस बाट काठमाडौँ–भक्तपुर ट्रली बस सेवा सञ्चालनमा आयो। त्रिपुरेश्वरदेखि भक्तपुरसम्मको १३ किलोमिटर मार्गमा सञ्चालन भएको यो नेपालकै पहिलो र एकमात्र ट्रली बस प्रणाली थियो। सन् १९७५ देखि १९९० सम्म यसको स्वर्णकाल रह्यो, जहाँ दैनिक करिब १० हजार यात्रुले सेवा प्रयोग गर्थे।
आज विश्वभर इलेक्ट्रिक सवारीसाधनको चर्चा भइरहेका बेला नेपालले झण्डै पाँच दशकअघि नै धुवाँरहित र वातावरणमैत्री सार्वजनिक यातायात सञ्चालन गरिसकेको थियो। तर राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी, आर्थिक घाटा र वैकल्पिक सवारी साधनहरूको विस्तारका कारण यो सेवा क्रमशः कमजोर बन्दै गयो र अन्ततः २००९ मा स्थायी रूपमा बन्द गरियो।
यदि ट्रली बस प्रणालीलाई समयानुकूल आधुनिकीकरण र विस्तार गरिएको भए, आज काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको स्वरूप सम्भवतः फरक हुन सक्थ्यो। यो परियोजना नेपालको सार्वजनिक यातायात विकासक्रमको एक महत्त्वपूर्ण र स्मरणीय अध्यायका रूपमा आज पनि अध्ययनयोग्य छ।
📷 तस्बिर: गोरखापत्र
A tragedy unfolds silently: Chaturman Tamang and Hasta Bahadur Rai, who grew up in Bhutanese refugee camps of Jhapa, tried to go back home in 2008 but were caught and jailed by the Thimphu Government. They spent 18 years in Chamgang Central Prison as political prisoners, were released and dumped at the India border, warned not to come back. They tried to get back to the refugee camp in Nepal, but Indian and Nepali authorties would not let them through because they had no papers. Without choice, they are now headed back to Bhutan and tragic uncertainty.
https://t.co/EeuCBm3tgj
अस्ति मंगलबार FNCCI को एक वरिष्ठ पदाधिकारी शिव प्रसाद घिमिरेको सभापतित्वमा र टिकाराम यात्रीले संचालन गरेको ‘परिवर्तित जनादेशको परिप्रेक्ष्यमा अर्थतन्त्रको दिशा निर्देश’ विषयको एक अन्तरक्रिया कार्यक्रममा दर्जनौँ उद्योपति व्यापारीहरुले करिब ४ घन्टा बोलेको भनाईहरुको निचोडलाई एक वाक्यमा भन्ने हो भने त्यो हो- ‘निजीक्षेत्र उँभो लाग्न नसकेको प्रमुख कारण नेपालको कानून हो’।
उक्त कार्यक्रममा अर्थशास्त्री विश्वास गौचनको तथ्यांक सहितको प्रस्तुतिकरण निकै शिक्षाप्रद (informative) थियो। नयाँ सरकार र नयाँ संसदले उक्त प्रस्तुतिकरणको प्रतिलिपि लिएर अध्ययन गर्नु राम्रो हुन्छ। Presentation को केही highlights:-
२२ वर्ष पहिले सन् २००४ सम्म आयात २५% र निर्यात १० % थियो, सन् २०२२ मा आइपुग्दा क्रमश: ३८.६ % र ४ % हुन गयो। अन्य समान हैसियत भएका मुलुकहरुमा यो औसत ३२ % र २२ % छन्।
रोजगारी विदेशमा, लगानी जग्गामा र उपभोग आयातबाट भएपछि अर्थतन्त्र उँभो लाग्ने कसरी?
प्रतिव्यक्ति आय नेपालको $१४७०, भारतको २६५०, बंगलादेश २८२०, श्री लंका ३८६०, चीन १३६६०
श्री लंकामा Per Capita Income (PCI) सन् २००४ देखि २०१२ को ८ वर्षमा $१२६० बाट ३४४६ पुर्याउन सफल भएको थियो। नीति र कानूनमा व्यापक परिवर्तन गरेर अघि बढेमा नेपालले पनि त्यसरी नै सफलता हासिल गर्न सक्छ।
गत तीन दशक सम्म नेपालले अति अनुत्पादक आर्थिक अभ्यास अपनाइयो, अव अहिलेको भन्दा बिग्रने अवस्थै छैन। सन् २०२२/२३ मा सरकार बल्ल झसंग भएको हो। गत साढे तीन वर्षमा अर्थतन्त्रमा माग यत्तिको न्यून नेपालको इतिहासमा कहिल्यै भएको थिएन। यो Great Demand Collapse ले economics slow down अहिले सम्म कायम नै छ।
Private sector को investment त collapse नै भएको सरह छ। मुलुकको इतिहासमा यत्तिको नराम्रो कहिल्यै भएको थिएन।
नेपाल जस्तो गरिब देशमा Excessive socialism राम्रो होइन। Public goods create गर्नु पर्नेमा, economic growth drive गर्नु पर्नेमा राज्यले धेरैजसो resources लाई welfarism मा लगाइदियो। धनी राष्ट्रले मात्र यस्तो गर्न सुहाउँछ।
प्रतिव्यक्ति आय (PCI) मा नेपालको इज्जत बचाएको अफगानिस्थानले मात्र हो। तर asset मा हेरियो भने संसार कै धनीहरु मध्ये नेपाल पर्छ।
हामीकहाँ cost of production यति बढी छ कि भारत, चीन, बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्तैन। Minimum wage दक्षिण एशियामा सवभन्दा बढी नेपालमा छ। जग्गाको मुल्य संसारको सवभन्दा महँगो मध्येमा नेपाल पर्छ।
वस्तु उत्पादन गरेर हामीले विश्व बजारमा प्रतिस्पर्धा गर्न अति कठिन छ।
नीतिहरु Pennywise Pound Foolish मा गइराखेको छ, सानो तिनो काममा ध्यान गइराखेको छ। रोग भन्दा नीति खराब भइरहेको छ।
मुलुक secular stagnation (persistent structural deficiency with low growth and low investment demand) मा गइसकेको छ। सरकार र निजी क्षेत्र दुबैको कारणले यो स्थितिमा आइपुगेको हो।
GDP को प्रतिशतको हिसावले सरकार र निजी क्षेत्रको संयुक्त कर्जा (१३५%) विकासोन्मुख मुलुकहरु मध्ये सवभन्दा बढी नेपालमा छ। यस मामिलामा नेपाल युरोपेली मुलुकहरु जस्तै भइसक्यो, तर नेपाली नागरिकको आम्दानी संसारमै सवभन्दा कम छ।
मुलुक Ticking Bomb मा बसिरहेको जस्तै छ। अव सरकार mis-guided policies, misplaced priorities/policies र looming economic crisis बाट बाहिर आउँनै पर्छ। Creative destruction को बाटोमा जानै पर्छ। सरकार र निजी क्षेत्रले नयाँ तरिकाबाट सोच्नै पर्छ। Business as usual को बाटोमा जान हुँदैहुँदैन।
राजा वीरेन्द्रका ज्वाईँ गोरखशम्शेर राणा कुनै निजी बैङ्कका मध्यम स्तरका कर्मचारी थिए। आफ्नी सुन्दर सुशिक्षित राजकुमारी छोरी श्रुतिसँग विवाह गर्नुअघि वा पछि पनि ज्वाईँ गोरखलाई राज्यको कुनै ठूलो पदमा नियुक्ति दिन किन मन नगरेका होलान् ती 'सामन्ती राजा' ले?
गोरखशसशेर आफ्नै बुताले अघि बढ्दै हालै CEO भएका रैछन्।
विदेशीहरूको प्रवेश बिन्दु एयरपोर्ट हो। एयरपोर्ट कस्तो छ भन्ने कुराले देश कस्तो छ भन्ने पहिलो इम्प्रेसन दिन्छ।
औपचारिक पोशाकमा अध्यागमनका कर्मचारी, नगन्हाउने शौचालय, र लाइनमा बसेर मिटरमा जाने ट्याक्सी जस्ता सहजै सुधार गर्न सकिने कुरा पनि छन् है!
काठमाडौं एयरपोर्टको भौतिक संरचनाको त नकुरा गरम्, अहिलेलाई!
प्रगति हुँदैनभएको होइन।
भएको प्रगतिमा टेकेर प्रगतिको रफ्तार बढाउन आवश्यक भएको हो।
संसदीय स्थिरता र निश्चितता चाहिएको हो।
देशले भरपर्दो प्रभावकारी एकता खोजेको हो
-- पार्टीमा, पार्टीहरू बीचमा, राष्ट्रमा र सबै तहमा।
शुभ होस्!
'राधेश्याम प्रकरण!' र 'रामविनोद यादव'
पत्रकार अरुण सिंहानियाको हत्यामा अदालतबाट दोषी ठहर भई ३ वर्ष जेल सजाय काटेर निस्केका रामविनोद यादव यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर २ मा भारी मतका साथ विजयी भएका छन्।
मिडियामा आएको यो खबरले मलाई आजभन्दा ८ वर्षअघि २०७५ सालमा विवेकशील साझा पार्टीको एउटा बहुचर्चित घटना स्मरण गरायो, जसलाई विवेकशील पक्षका साथीहरूले 'राधेश्याम प्रकरण' नामकरण गरेका थिए। त्यो घटना नै विवेकशील र साझाको विभाजनको बीजारोपण गर्ने मुख्य कारकमध्ये एक बनेको थियो।
विगतका कुरा कोट्याएर वर्तमानमा अलमलिनु त्यति उत्तम कुरा होइन, तर यो चाहिँ एउटा यस्तो सन्दर्भ हो जसलाई बिर्सनु हुँदैन। बिर्सिन पनि दिइनु हुँदैन।
नयाँ संविधान बनाउन लागेको निरस ८ वर्षको समय, चरम राजनीतिक अस्थिरता, देशको आर्थिक दुरावस्था, बेरोजगारी, कुशासनले वाक्क दिक्क भएका मतदाताले २०७४ मंसिरको निर्वाचनमा केपी ओली र प्रचण्ड एकै ठाउँमा एउटै पार्टीमा बसेर स्थायित्वको नारा दिएर दुई तिहाइ मत माग्दा धेरै हदसम्म पत्याए। र सुविधाजनक बहुमत दिए।
त्यही चुनावमा विकल्पका रूपमा चुनावी मैदानमा होमिएको विवेकशील साझा पार्टीलाई झण्डै राष्ट्रिय पार्टी बन्ने गरी मत आयो। बागमती प्रदेश सभामा विवेकशील साझाबाट समानुपातिकतर्फबाट ३ जना साथीहरू पुगे।
त्यसको दुई महिनापछि राष्ट्रिय सभा निर्वाचनमा विवेकशील साझा पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरूलाई नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनाइएका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई मत दिने निर्णय गर्यो। पार्टीहरूबाट अघि सारिएका उम्मेदवारहरूमध्ये राष्ट्रिय सभाको ओज, सभाको सदस्यको भूमिका/जिम्मेवारीका हिसाबले वरिष्ठ अधिवक्ता अधिकारी नै उपलब्धमध्ये सबैभन्दा गतिला पात्र थिए भन्ने पार्टीको विश्वास रह्यो।
पार्टीले निर्णय गरेको भोलिपल्टबाटै विवेकशील पक्षका केही साथीहरू (उक्त निर्णयमा सहभागी भएकाहरू समेत) ले फरक मत राख्न थाले। र त्यो असहमतिको धुवाँधार विरोध तल्लो तहसम्म यसरी पुग्यो कि मिडियामा पनि निकै हल्लीखल्ली भयो। यसले केही महिनाअघिमात्रै साझा पार्टी र विवेकशील नेपाली मिलेर बनेको वैकल्पिक दल विवेकशील साझा पार्टीभित्र स्पष्ट विभाजनरेखा कोर्न सुरु गर्यो।
किन राधेश्याम अधिकारीको त्यत्रो विरोध भयो त? कारण थियो– संवैधानिक कानुनका जानकार अधिकारीले विधिशास्त्रीय मान्यताको पक्ष लिँदै भ्रष्टाचार मुद्दामा अन्तिम अदालतबाट दोषी ठहर भएको कुनै पनि व्यक्तिलाई ३ वर्षपछि निर्वाचन लड्नबाट वञ्चित गर्न नहुने र उसलाई आफ्नो सांसद/जनप्रतिनिधि बनाउने वा नबनाउने निर्णय जनताले नै गर्ने पक्षमा विगतमा कुनै समय उभिएका थिए।
भ्रष्टाचार विरोधी सुशासन पक्षधर विवेकशील साझा पार्टी अधिकारीको उक्त मान्यतासँग पूर्ण सहमत नभए पनि, अधिकारीले राष्ट्रिय सभामा विवेकशील साझाको मूल्यलाई समेत प्रवर्द्धन गर्ने गरी कांग्रेस नेतृत्वसँग सहमति भएअनुसार मत दिन तयार भएको थियो।
तर त्यो निर्णयले उब्जाएको विवेकशील र साझा पक्षबीचको विवाद अरू विषयसमेत थपिँदै झाँगिँदै गयो। एक वर्षपछि २०७५ साल पुष २७ गते राष्ट्रिय एकता दिवसको दिन विवेकशील पक्षका साथीहरूले उज्ज्वल थापाको नेतृत्वमा पार्टी विभाजन गर्ने निर्णय गरे।
कानुनविद् राधेश्याम अधिकारीले भ्रष्टाचारीलाई 'जोगाउन खोजेका' हुनाले उनलाई भोट दिनु आफैं भ्रष्टाचारको पक्षपोषण र प्रवर्द्धन गर्नु हो भन्ने मन्यता राख्ने विवेकशील अभियान हुँदै अघि बढेका धेरै साथीहरू आज राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्व तहमा हुनुहुन्छ। विवेकशील साझा पार्टी नै रास्वपामा एकता/विलय भयो। त्यताबाट गएका कयौं साथीहरू सांसद हुनुहुन्छ। तीमध्ये अधिकांश मेरा पूर्वसहकर्मी साथीहरूलाई मैले फोन/मेसेजबाट बधाई पनि दिएको छु।
तर, म यो प्रश्न चाहिँ यही सार्वजनिक फोरमबाट उहाँहरूलाई राखिरहेको छु: कानुनी पेशाकर्मी राधेश्याम अधिकारीले विधिशास्त्रीय मान्यता अन्तर्गत गरेको व्याख्याकै आधारमा उहाँ स्वयंलाई भ्रष्टाचारीको संरक्षक करार गर्ने तपाईंहरूले पत्रकार अरुण सिंहानियाको हत्यामा जेल सजाय भोगेर चुनाव जितेर आएका माननीय रामविनोद यादवसँग संसदमा र पार्टीमा कसरी र कस्तो सहकार्य गर्नुहुन्छ?
कि तपाईंहरू 'विवेकशील मूल्य' जोगाउन आफ्नै पूर्व नजिर अनुसार फेरी राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि विभाजनको बाटो अँगाल्नुहुन्छ?