कविलेझैँ खेलाए मलाई मानाैँ अक्षर हुँ म ।
नचुँडिँदासम्म तन्काए मानाैँ रबर हुँ म ।
स्वार्थ पूरा भएपछि बाटाेकाे अवराेध ठानी,
लत्याए यसरी मानाैँ ठेस लाग्ने पत्थर हुँ म ।
भन्न त जे पनि भनी दिन्छन् झुट्टाले ।
ठिक्क पारी दिन्छन् कुराका फूलबुट्टाले ।
अरू कसैकाे भर परेर हुँदैन यहाँ,
ठाउँमा पुग्न त हिड्नुपर्छ आफ्नै खुट्टाले ।
"हे भगवान्, यो जन्ममा जे जे अपुग भयो,
अर्को जन्ममा सबै पूरा गरिदिनु है।
टुटेका सपनाहरूलाई नयाँ रङ्गले सजाउनु,
र हरेक चोटमा तिमीले मलम लगाइदिनु है।
यो जीवनको बाटो कठिन, उकाली जस्तो भयो,
म कहाँ कहाँ रोकिएँ, कहाँ कहाँ चिप्लिएँ,
अर्को जन्ममा यी भुलहरूको भारी हलुका गरिदिनु,
आज मलाई म भएर बाँच्न मन लागेको छ
वेतालै भएनि रमाएर नाच्न मन लागेको छ
ढलाउने, लडाउने, रुवाउने धेरै छन् यहाँ
उनीहरु कै अघि मुर्छा परि हाँस्न मन लागेको छ!
#saigrace
म शब्द खेलाउँछु
ऊ नलेख भन्छ
म बोली बिसाउँछु
ऊ नबोल भन्छ
र पनि मलाई
अभिभावक भन्न कर लाग्छ
हो आमा !
मलाई सरकारसँग
डर लाग्छ
ऊ लोकतन्त्र अलाप्छ
म मूलमन्त्र सम्झाउँछु
ऊ गणतन्त्र अलाप्छ
म उसकै गीत गाउँछु
म अधिकार माग्न
सडकमा पुग्छु
ऊ घरका छतबाट
अश्रुग्याँसका सेल बर्साउँछ
म गल्लीमा…
मन रोइदेला मेरो सम्झना आइदेला
मुटु जल्दा मुहारमा अन्धकार छाइदेला
तिम्रा ती आँखाहरूले बाँधे मलाई सधैं
सपनीको सागरमा माया ले डुबाइदेला
बितेका ती पलहरू फर्केर आउँदैनन्
तर तिम्रो बास्नाले मन सधैं रंगाइदेला
तिमी टाढा भएर पनि मनको कुनामा छौ
बिछोडको घाउमा मलम तिमी बनिदेला
पीडाहरु यतिधेरै थपिँदै गए, जसको अन्दाज छैन
कष्टकर छ समय, यसलाई सरम छैन, लाज छैन ।
त्यसकारण मैले फेरि अरबजाने सोच बनाएको हुँ
तिर्खा लाग्दा पानी छैन, भोक लाग्दा अनाज छैन ।
जब उस्ले मलाई धोका दिएर अर्को कुनै महिलासँग घुम्न गएको उतै बाहिर बसेको मैले थाहा पाए त्यपछी मेरो जिवनमा अन्धकार छायो म माथी बज्रपात पर्यो मैले उस्लाई अत्याधिक नै माया गरेको थिए त्यो उस्को धोकाले मलाई बाण हाने बराबर छट्पटी भयो
म एक्लो भए मेरो कोहि भएन कोहि थिएन पनि निरीह फील भयो।
गुलाबको फुल दिने मान्छे त फरवरी महिना सम्म मात्रै संगै हिड्न सक्छन।तर जीवन भरी साथ दिनको लागि त बजार देखि हरियो धनियाँ ल्याएर दिनसक्ने पुरुष चाहिन्छ।
प्रेम दीबसको सबैमा शुभकामना🌺🌺🌺