@Subedichanchal लीलबहादुर भारतीय साहित्यकार नै हुन् । उनको घर भारतको आसाम गुवाहाटी हो । नेपाली भाषामा उनलेे लेखेको कथा उपन्यासलाई नेपाली विश्वविद्यालयहरुले कोर्समा नै राखेर पढाएका छन् । भारतको मानिस भारतमा सम्मानित हुनु कुनै नौलो कुरा होइन है ।
डाक्टर (डा.) कामरेड (का.) वेदुराम भुषालको पिएचडी पनि खोलखोलै गयो । 'जबजको दार्शनिक पक्ष' मा विद्यावारिधी गरेका भुषाल यही जबज नमान्ने राजनीतिक दस्तावेज पास गर्दै गरेको पार्टीको महासचिव बन्दैछन् । उनी हिजो भ्रममा थिए कि अहिले भ्रममा परे डा. का. भुषाल आफैँ जानुन् ।
झाँक्री दिदीको मुखमा मन्त्री बन्ने ललसाको टेप बलियो गरी टाँसिएको छ । पराजुली काकाको ५ लाइने कविता लेख्ने हातहरुमा आफ्नै दारीको हतकडी बाँधिएको छ । कुन्साङ काकाको विद्रोही बोलीहरु छिमेकी बोतलको बन्धक बनिसकेको छ । अब सामाजिक सञ्जालमा गृह मन्त्रालयको विज्ञप्ति मात्रै बोल्न थालेको छ ।
नेपाली राजनीतिमा विशेषतः कम्युनिस्टहरुले एकीकृत शब्दको महिमा नै संकटमा पार्ने भए । जब जब पार्टी टुक्रिनछ अनि त्यसको चोइटोले आफुलाई एकीकृत नामाकरण गर्दछ । यसको पछिल्लो उदाहरण यहाँहरुलाई जगजाहेर नै छ ।
धेरै नेताहरू पार्टी दर्ता गर्ने बेलासम्म हराउन थालेपछि माधव नेपाललाई झाँक्री दिदीले हातै समाएर निर्वाचन आयोग लगिन् रे त । किताब खुला राखिएको हुनाले पाना च्यातिएर सकिने डर हुन थाल्यो भन्ने बजार हल्ला पनि छ ।
असावधानीवश एउटा तस्वीर सार्वजनिक भएछ । यो माननीयको भन्दा पनि एमाले भित्रको नेपाल पक्षको प्रतिनिधि तस्वीर जस्तो लाग्यो मलाई । अवैध अंगालो र अवैध अध्यादेश एकैपटक सार्वजनिक भएको छ । एउटा सम्बन्ध छलेर अनि अर्को संसद छलेर । दुवैको उपयोगिता केही दिनमा सकिने अनुमान लगाउन मुस्किल छैन ।
कोरोना भाइरस चीनले संसारभर फैलाएको आरोप लगाएर रोगमाथि राजनीति गर्न खोज्नेहरुका लागि । २०१९ को मार्चमा स्पेनमा तथा सेप्टेम्बर अक्टोबसम्म इटालीको विभिन्न ठाउँहरुमा पनि भाइरस फैलिन थालेको प्रमाण फेला परेको छ । त्यसबेलाका केही स्याम्पल अहिले पुनः परिक्षण गर्दा यो तथ्य फेला परेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री ज्युले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर सँगै पूर्व राष्ट्रपतिको फोटो पनि टाँस्नुभएछ । सायद फोटोमा पनि बहुमत देखाउन होला । बहुमतै देखाउनका लागि त विपी कै फोटो झुण्डाए भइहाल्छ नि मुख्यमन्त्री ज्यु !
पियारीको अपार प्यारमा बनेको सरकारले धनमायालाई माया नगरेपछि गण्डकी प्रदेश सरकार एक पटक पुनः धरमराएको छ । पियारले जित्छ कि मायाले समयले बताउला । जे होस् गण्डकीमा नारी शक्ति निर्णायक छ ।
आफ्नो दलको सरकार गिराउन अथक मेहनत गरे बापत स्वर्ण पदक मिल्ने भएछ किङ्ग मेकर ज्युलाई । गैडाहरु मिले पनि जुधे पनि केटाकेटीलाई सकस । यिनका पछि लाग्ने साईबर सेना, आईटी सेना, वानर सेना, युथ फोर्स, अखिल फोर्स, पिभी लगायतको झुन्डहरु बेरोजगार त हुने होइनन् ? नाटक अलि बढी नै भएन र ?
नयाँ पत्रिकाको नयाँ रुप ।
यस्तो सकारात्मक हेडलाईन देख्न पाउनुको कारण के होला ?
१) नयाँ पत्रिकाबाट सम्पादक उमेश चौहानको बहिर्गमन
२) सरकारबाट प्रधानमन्त्री केपी ओलीको बहिर्गमन
३) पाठकहरुको खबरदारी
४) अन्य केही भए .....