बा कै पाटिको एउटा सुन पसलेलाइ लिएर बा सँगै गएर यसो 'यो सुन हो कि पित्तल हो जाचिदिनु परो ' भनेर एकैमिनेटमा पत्ता लगाउन मिल्ने कुरोलाइ किन यत्रो रडाको हौ !
भ्याक्सिनले काम गर्दैन भन्ने कुरा पुरै गलत रैछ न�� ! त्यै भ्याक्सिन लगाए बापत बनाएको कार्डले त कत्रो काम गरिराछ यहा , बैंकको गार्डलाइ देखाएर सिधै भित्र पस्न पाइन्छ । बाँकी त यसले काम गर्ने उहि हो , कार्ड सिरानमुनी राखेर ज्वोरो नाप्दै हुनुहुन्छ कि , खल्तीमा राखेर स्याँक स्याँक ?
चोरहरुको सम्मेलनमा
एउटा चोरले अर्को चोरलाइ
गाउँमा चोर भन्छन भन्यो
गोरु चोरले अर्कोलाइ बाच्छो चोर भन्दियो
चोर बिरालोले दुध मालिकलाइ सोध्यो, 'हामी चोर हो त ? ' चोरलाइ चोर्न सिकाउनेहरुले भनिदिए , हो हो हो
बिरालोले भन्यो 'हैन हैन हैन
त्यसपछि चोर सम्मेलनमा बन्दसत्र चल्या छ ।
जाबो १ हप्तालाइ पुग्ने दाल , चामल /नुन, तेल पनि जोहो गर्न नसक्नेले किन बाच्नु त ! त्यै नि खानै नपाए क्वारेन्टिन उसिनेर खानु , 'आइसोलेसन' फ्राइ गरेर खानु ,अब त्यति गर्न पनि अल्छी लाग्ने भए सरकारले तयारी '��कडाउन' दिएकै छ खाए भै'गो '।'लकडाउन अचुक औषधी हो घरै बसौ घरमै मरौ!
अवस्था कस्तो छ -' आज मलाइ अलि टाउको दुख्या छ ' भन्यो भने "एएए ...हाम्रो हजुरबा पनि यै रोगले बित्नु भाथ्यो " भन्ने मात्रै भेटिन्छन । यहा रोगले कम सरकारी र समाजको आतंकले बढी मान्छे मरिरहेका छन्। यो घाटक�� र हस्पिटलको बिलको फोटो नराख्ने हो भने पनि आधा संक्रमित ठिक हुन्छन्।