सन्दर्भ रास्वपाको प्रथम महाधिवेशन : सत्ता पक्षले हामी बुझ्छौ, अविवेकी छैनौ भन्ने भाव दियो,प्रतिपक्षी नेताहरुले आ -आफ्ना पीडा सहित खवरदारी गर्न चुक्दैनौ भने | मेरो कांग्रेस प्रती मोह त छैन, तर आजको कार्यक्रम समाचार माध्यमवाट सुन्दा यथार्थता नजिक गगन थापानै रहेको लाग्यो |
ठग,लुच्चा,बदमाश जुनसुकै पार्टीको आवरणमा आएपनि तीनीहरुलाई मोलाहिजा नगरी कार्वाही गर्नुपर्दछ,हामी थोरैसंख्यामा भएपनि कुनै बेला मुखररूपले यहीकुरा संसदमा भनिरहन्थ्यौँ |अहिलेको सरकारले त्यसोगरोस् | नयाँभनेर मात्र हुदैन,विधिको शासन स्थापनागर्नमा डगमगाउछ,डगमगाउदैन भन्ने कुरा मुख्य हो
निर्वाचनको परिणामवाट जनताको परिवर्तनप्रतिको दृढइच्छा अभिव्यक्तभएको छ |यो स्थितिमा नयाँ भन्नेहरु अहंकार नदेखाई परिपक्वहिसाबले चलून् र पुरानाभनिनेहरू आत्मसमिक्षा सहित पुन: साधनामा लागून् | हाम्रोहकमा नयाँ बैचारिकी स्थापना गर्नु महत्वको कुरा थियो |वाताबरण झन्अनूकुल हुदै गएको देख्छौ
राजा या पूर्ब राजा र चुनाव - यी परस्पर विरोधी कुरा थिए र भइरहने छन् , त्यसैले यथास्थितिमा हुने चुनावको अर्थ छैन भनेर पूर्ब राजाले भन्दा आश्चर्य मान्नु पर्दैन | खासमा चुनाव कसैले रोकेर रोकिन्न |