मुक्तक
…………✍️
अचेल मलाई रातले छुन्छ बिहानीलाई शीतले छुन्छ
मान्छेहरू धेरै भावुक भएर नै सुख दुःखमा पनि रुन्छ
ईमान-जमान त पुरानो मान्छेको, पुरानै कुरा भयो अब
मान्छे ईमानदारको नाम लिएर अनेक थरीको जालो बुन्छ !
मुक्तक
~~~~~
सधैं त्यो मन मस्तिष्कभित्र साँचीरहोस्
नबोले पनि सधैं कल्पनामा नाचीरहोस
मन नपरे पनि शत्रु नठान्नू कहीले पनि
सम्बन्ध यस्तो होस् युग युग बाँचीरहोस!
मुक्तक ✍️
~~~~~~
पसिनाले भिजेको जति एउटा जगत रहोस्
घाउ नभए पनि तर गहिरो एउटा खत रहोस्
कहिले नसुनाउनु दाजुभाईका कुरा अरु सामु
बोलचालै नभएपनी तर भेट्दा एक मत रहोस्!