पाखे भन्छन हाम्राे समाज
यथार्थ कुरा गर्दा पनि पाखे भन्छन
याहा चेतना छर्दा पनि पाखे भन्छन।।
रुढीवादी समाजकै चहल पहल
जन हितमा लर्दा पनि पाखे भन्छन।।
कसरी बनु म उनको कटपुतली
आफ्नै बाटो झर्दा पनि पाखे भन्छन।।
वर्ग मुक्ति मार्ग मेरो रुक्दैन कदम
यो बाटो भर पर्दा पनि पाखे भन्छन।।