भूकम्पमा काठमाडौंको मरु स्थित काष्ठमण्डप भत्किंदा लक्ष्मणको दाँया खुट्टा भाँचियो । उपचार पछि हिँड्न सक्ने भएको छ । तर भूकम्पले सबै भन्दा धेरै उनको मन भाँचियो । प्राण भन्दा प्यारी आफ्ना जीवन संगीनी गुमाउँदा भाँचेको मन अझै जोडिएको छैन ।
#sunamerokatha
https://t.co/A8tEpEtZ31
“बन्दी बनेकाहरुले हो भने पनि पिटाई खानुपुथ्र्यो, हैन भने पनि पिटाई खानुपथ्र्यो ।” गोविन्दलाई अझै सम्झना छ । यी घटनाहरु गोविन्द र गाउँमा अनाहकमा सेनापुलिसबाट यातना भोग्नु परेका वृद्धसम्मलाई याद छ ।
#sunamerokatha#nepalarchives#oralhistorynepal
https://t.co/x61dmvT2IO
“मैले के गल्ती गरेको छु ? आमा मलाई किन लग्न लागेको ?” सेनाले लग्दा मेरो छोराले प्रश्न गरिरहेको थियो ।
यो कथा उनै पीडित आमाको हो जो बेपत्ता पारिएको छोरा फर्कने आशमा बाटो हेर्दै बसेकी छिन् ।
#memorymatters#sunamerokatha#justiceNOW
https://t.co/dbgaUAigem
सानै उमेरकी पुष्पाको गाउँमा पनि एकदिन सेना पस्यो । सेनाबाट बच्न जंगल जान सबैले सुझाएका थिए । तर जंगल तिर भागे माओवादीको धरापमा पर्न सक्ने डरका कारण उनी घरतिरै जाँदै गर्दा बाटैमा सेनाले समात्यो । त्यो दिन पुष्पाको जीवनको कालो दिन बन्यो ।
#memorymatters
https://t.co/QXZgwIRljB
भैरवनाथ गण भित्र भेटेका साथीहरु बाहिर देखिनँ : उज्जवल आचार्य
यो कथा उज्जवल आचार्यको हो जो जनयुद्धका क्रममा “मानव वधशाला”का रुपमा कुख्यात भैरवनाथ गणबाट बाँचेर निस्कन सफल भए ।
#oralhistorynepal#nepalarchives#memorymatters#sunamerokatha
https://t.co/56BdyoqzxT
कथा सुन्न पनि साहस चाहिन्छ । यो कार्य एउटा दरिलो मन भएको टिम नभएको भए सम्भव हुने थिएन । भेट्नुस् हाम्रो सुन मेरो कथाको टिमलाई !
https://t.co/keqsN9ZkPE