"आलोचनाले फरक पर्दैन," भन्नेलाई जति आलोचनाले कसैलाई घोच्दैन !
"पुराना कुरा भुल्नुपर्छ," भन्नेहरु नै हरदम सम्झनाका पोका फिँजाउँछन् !
"प्रशंसाले फुर्किन्न," भन्नेहरु नै प्रशंसाका भोका हुन्छन् ।
मान्छेलाई आफू जे हो त्यो लुकाउनु छ,
जे होइन त्यो बताउनु छ !
नेताहरुले जनताको लागि कहिले केही गर्दैनन् भन्ने जान्दा जान्दै पनि यी जनता यो कोरोना महामारीमा आफ्नो ज्यान दाउमा लगाएर किन जान्छन् भिडभाडमा जुलुस निकाल्न! जो आएपनि हात्ती आयो फुस्सा हो आफ्नो र परिवारको ज्यान बचाऔं है!! 🙏🙏
तिमी भन्छौ झुक्नेहरु छोटा हुन्छन
तर गाग्री भन्दा साना लोहोटा हुन्छन
आमाले आधा काटेर लगाईन चोलो
भनिन बाँकी छोराछोरीका भोटा हुन्छन
मनमै राख्याछु भन्छौ जसलाई पनि
मान्छेहरुका मन कती ओटा हुन्छन
यस कारण दुब्ला हुन्छन गरीबहरु
झुपडीमा छिर्दैनन् जो मोटा हुन्छन !!
@amritna ❤️❤️
कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ ।