भगवानले भन्यो
मैले सबथोक बनाएं
मैले भने जस्तै गर्नु
तिमी मरेपछि
जाने स्वर्ग पनि बनाएकोछु
तर भगवान गएपछि
उसले सोच्यो
मरेपछि जान भन्दा
जीउदै स्वर्ग जाने
भऱ्यांग बनाऔं
भगवान पनि खुशी होलान
उसले बनाउन थाल्यो
तर आधा बनेपछि
भगवानले भत्काइदिए
भगवानले ढांटेको हो
कि मान्छेले नबुझेको?