र, बाटोमै सुत्केरी हुनु पर्ने यो अस्पतालमा सो दिन १४वटा निःशुल्क बेड खाली नै रहेछन्। अँ, राजविराजको अस्पताल त के गंगालालधरिले पनि संघले पैसो नदिए सप्पै फिरी त एउटोलाई पनि गर्दैन। यानेकी बालेन सरकारको फिरी स्वास्थ्य सेवा एउटा भ्रमसिवाय केही रहेनछ। जस्ट अ स्क्याम हो?😡
दल, कार्यकर्ता र सुभेच्छुकले अपनत्व नलिएका कारण जसरी मातृकाको फोटो नेपाली कांग्रेसका ब्यानरहरूमा देखिन्नन्, त्यसरी नै देउवाको पनि भविष्यमा देखिन हुन्न। यो एकताको बटमलाइन होस्! देउवाको दलाल-प्रवृतिले प्रदुषित भएको कांग्रेस सुध्रिनै पर्छ, सुध्रियोस्!😡
१. राजनीति भनेको 'एनी हाउ, सत्ता लेऊ' हो भने गुरु हुन्, सिकाउन सक्छन्।
२. कानून पढे झुट बोल्न पारङ्गत हुइँछ। नपत्याए कानूनमन्त्रीले तिमेरलाई सराप्छिन्।
३. विदुषीलाई हिन्दुकुश कता छ, थाहा रहेनछ।
४. राष्ट्रिय पंचायतमा राजा झुल्किए, हिंडे।
५. अनाहकका शहीदको माग कसैले पुरा गर्दैन।
🙏
पहिलाजस्तो जमाना थिएन, देश पनि तन्नम हैन, सहयोग आइरहेकै थियो, देशमै ठुल्ठुला फ्रिजरहरू उपलब्ध थिए, इन्डस्ट्रियल चिलर रुमहरू पनि २४घण्टामा बन्न सक्थ्यो। सनाखत नभएका सैयौँ मृतकहरूलाई खाल्डो खनेर नपुरिदिएको भए हुने। यो नकाम नगरेर पार्थीव शरीरलाई केही दिन सुरक्षित राख्न सम्भव थियो।😓
हामीसँग राहत त के एकैसमय ३हजार शव सुरक्षित राख्ने क्षमतासमेत छैन। तिमी ३५घण्टामा गर्न सकिने यति काम पनि नगरी ३५वर्षका नाममा अरूलाई सरापेर विपद्मा बाँचेकालगायत मृतकको इज्जत गर्न नसक्ने लाछी टिकटके हौ, थाहै छ। तर कमसेकम पार्थीव शरीरलाई चैँ इज्जत देऊ ल! आदतअनुसार तमासा नबनाऊ है!🙏
Deeply concerned by the devastating flash floods in Nepal, where hundreds of people, including Indian pilgrims have gone missing.
My heartfelt condolences to the bereaved families of those who have lost their lives. My thoughts are with the families anxiously waiting for news of their loved ones.
I urge the Government of India to make every possible effort, in close coordination with the Nepalese authorities, to locate the missing Indian citizens and ensure their safe return.
I stand in solidarity with the people of Nepal and everyone affected by this tragic disaster.
@3sssgautam शेर बहादुर र आरजूलाई चिनेकै छैनौ। अदालतबाट जिते भने हर्कलाई उपसभापति बनाउँदै दल मर्ज गराएरै भए पनि १५औँ महाधिवेशन जीवनपर्यन्त गर्दैनन्। सूपले भेगीय हिसाबले महान ठान्छन्, तर लास्टै तिकडमबाज हुन्। 'बस् पैसो र पावर चाहियो, बाँकी जाओस् भाड में'-यिनको मुल मन्त्र।
रिसाइकल नहुने र नकुहिने फोहोरमात्र फाल्न २०वर्षका लागि बनाएको बंचरेडाँडा ल्याण्डफिल साइट नेप्सेम्याकलाई सिधै डम्पिङ साइट बनाउन दिई ४वर्षमै भरिनुका मुख्य दोषी फोहोर वर्गिकरण गरेर आफैँ वा ठेक्कामा फोहोर नफाल्ने मेयरहरू र दाम ख्वाएर मोज गरिरहेका नेप्सेम्याकहरू हुन्। नो इफ् नो बट्!😡
जितपुर सिमरा–१ की ३ वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र निर्मम हत्याले अत्यन्तै दुःखी र स्तब्ध बनाएको छ। सानी गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
गरिमा हराएको दिनदेखि नै राज्यको काँध खोजिरहेको परिवार आज पनि न्याय पाइन्छ भन्ने आशामा सरकारलाई गुहारिरहेको छ, पर्खिरहेको छ। के सरकारले यो परिवारको पीडा बुझेको छ? राज्यप्रति उनीहरूले राखेको आशा र भरोसाको गम्भीरता महसुस गरेको छ?
घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कडा सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्छ। साथै, यस्ता घटना फेरि दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन तत्काल कदम चालिनुपर्छ।
गरिमाको घटनाले हामीलाई बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै गर्न बाँकी छ भनेर फेरि सम्झाएको छ। हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म हाम्रो जिम्मेवारी पूरा भएको मान्न सकिँदैन।
पूर्वाधार मन्त्रालयले बनाएर संसदबाट पारित हुने प्रक्रियामा रहेको 'सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३' का दफा २३-२६ एकदमै क्रुर, लुट र लहडी छन्। बाटो पुगेका हरेक घर-जग्गाधनीले एकपटक सो जग्गाको राज्यले तोकेको मूल्यको अधिकतम २५%सम्म विकास कर तिर्नु पर्ने रे।😡
लगे हात ६ नं बुँदामा कांग्रेसले बेचेका उद्योग पुःन चलाउने वाचा पनि गर्देको भए अझ पपुलिस्ट हुइन्थ्यो। नभए सात नंबरमा त देउरालीमा भेटिने विष्णुका अवतारै थिए। आठ नंबरमा त उही उँटजस्तो दल बनिबनाउ छँदै छ, एकता गर्नै सकिन्थ्यो। आई वन्डर, ह्वाइ वन्ली फाइभ पइन्ट सरजी?😂😜
राष्ट्रिय भेलाको उद्धेश्य: "मभन्दा अगाडि विरासतबिनाको ठिटालाई म सभापति मान्नै सक्दिनँ"।
राष्ट्रिय सम्मेलनको निचोड: "हामीभन्दा अगाडि विरासतबिनाको त्यो ठिटालाई हामी सभापति मान्नै सक्दैनौँ"। हु इज् ही?
ताली बजाऊ त केटा हो!😂😜😂😜
कुहेको गन्धमा हिलामा गाडिएर गरेको मिहिनेतको प्रतिफल नै नआउने भएपछि पूर्वका किसानले बिर्सिएको पाटाखेतिमा आधारित जुट मिल पनि बौरिने भएछ। सरका सनकमा पञ्चायतले नै 'सनक' भनेर बन्द गरेका नेपाल चिउरी घ्यु उद्योग वा धान-चामल निर्यात कंपनी पनि फेरि खोल्दिऊँ ल! वाह वाह भन्ने जमात छँदैछ।😡
नेपाल प्रहरीलाई फोन ट्यापिङको अधिकार दिए त्यो सरकार जनआस्थाको हजुरबाउ हुनेछ; प्रतिसोध, बार्गेनिङ, टर्चर, ब्ल्याकमेलिङ र सनकका भरमा प्रश्न गर्ने नागरिकको मिडिया ट्रायल गरेर जीन्दगी सक्दिने अस्त्र बन्नेछ। यो हुनु हुन्न। हाम्रो पुलिस सरकारसँग नतमस्तक छ, सबैलाई थाहाै छ।😡