ग्लोबल टेन्डर मार्फत जर्मन कम्पनीले पासपोर्टको ठेक्का पाउँदा त्यहाँ भ्रष्टाचार भएको छ। तर बिना प्रतिस्पर्धा फ्रान्सेली कम्पनीलाई राष्ट्रिय परिचयपत्रको ठेक्का दिँदा - चुपचाप घन्टी छाप!
अब उच्चतहका लबरपाँडेहरू लन्ठाधिराजको बचाउ गर्दै अन्तर्वार्ता दिनेछन - 'त्यसो गर्नै नपाईने हो र ?
सञ्चारशील कक्षाकोठाः रुपान्तरणकारी पठनपाठनको आधारशिला नामक पुस्तक लोकार्पण एवं मन्थन कार्यक्रमको पूरा भिडियो लिंक यहाँ छ ।
भिडियोमा लेखक डा रघु मैनालीको संक्षिप्त मन्तब्य अनि शिक्षाशास्त्रीहरू र स्कूलका शिक्षकहरूको छुट्टाछुट्टै प्यानल छलफल सबै समाविष्ट छ ।
https://t.co/3Up3tDZpHB
EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती https://t.co/DNS9rGmu5b
अर्थ विधेयक आउनै बाँकी छ । राधिका दिदीले त अर्थ विधेयकमाथि उठेका प्रश्नको उत्तर पनि अर्थमन्त्रीले दिइसके भन्ने लाइनमा लेख लेखिछन् । के भन्नु ! लेखक र सम्पादकप्रति गर्व चाहिँ गर्नु पर्छ जे भा पनि।
जनताले दुई तिहाइ नजिकको विश्वास दिएर बनाएको यो जनताको सरकारलाई केवल सात सीटको बलमा अवरोध गर्ने प्रयास गर्नु न लोकतन्त्र सम्मत छ, न जनताप्रति इमानदार।
https://t.co/cGYWmoqAYE
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै सदनबाट निस्कनु
१. क्रमभंगता
२. संयोग
३ वेवास्था
४. अपमान
मध्ये के होला ? अथवा अरु केही ? तपाईंलाई के लाग्यो ?
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
Sapana Pradhan Malla’s family named her as a lament for the son they didn’t get. Today she is the most powerful judge in the country.
Terrific profile of the का.मु. chief justice of Nepal, by @DulalDp
https://t.co/oASHvQ2kwt
आची गर्नु भयाे, सुगन्ध चार कोष फैलियो। संगीतमय ध्वनिका साथ सुसु गर्नु भयो.... यीलगायतका विषय पनि समाचारका हेडलाइन बन्न पर्ने हो । अहिलेसम्म पढ्न पा'छैन। अब बन्ला कि!
#Breaking र पर्दाफास उसबेला गरिएको थियोे। हिसाबकिताब अब सुरू भा रछ।
बालेनले भनेका बालश्रम शोषण गर्ने सांसद को हुन्? || #NepalClicks#नेपालक्लिक्स https://t.co/sCwoCiSHCl
@SGnepal मिथ्या प्रचार र भ्रमको एउटा विद्रूप उदाहरण । न अनलाइन खबरसँग विगत लामो समयदेखि मेरो कुनै कुरा भएको छ, न उसले यस्तो केही प्रकाशन नै गरेको छ । बस्, कसैको लोगो प्रयोग गर् यो र मन लागेको लेखिदियो, अनि भ्रम छर् यो ।
लगे रहो मुन्ना भाइ !