गाली खाने हो? राहत र उद्दार नपाएकाहरुको पक्षमा बोल्नुस्।
अपशब्द अश्लील सुन्ने हो? सरकारको काममा प्रश्न उठाउनुस्।
परिवारका लागि फुल प्याकेज सत्तोसराप चाहियो ? टनेलमा फसेकाहरुको उद्दार होस् भन्नुस्।
अहिले नेपाल साइबर आतंककारीहरुको कब्जामा छ। कृपया इमानदारहरुले जोगिएर बस्नुहोला ।
भुक्दै गरेको कुकुरमाथि विश्वास गर्न सकिन्छ,तर मुस्कुराइरहेको पुरुष र रुदैँ गरेको स्त्रीमाथि कहिल्यै अन्धो विश्वास गर्नु हुँदैन।
जीवनले सिकाएको एउटा गहिरो पाठ— विश्वास अन्धो हुनु हुँदैन,नत्र मुस्कानभित्रको धोका र आँसुभित्रको चाल बुझ्न गाह्रो पर्छ।#शुभप्रभात☕️☕️🕉 नमः शिवाय 🙏🙏
कार्यसम्पादनमा सबैभन्दा कमजोर महानगर– काठमाडौँ (राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकन)
अनि मानिसहरुलाई लागेको छ– ‘काठमाडौँका मेयरले चमत्कार गरे, अब प्रधानमन्त्री बनाउनुपर्छ’।
यो ‘चमत्कार’ देख्ने आँखाले कुन–कुन आँकडा हेरेका होलान्? हेर्नलाई ती आँकडा कता छन् होला?
युवा भन्दैमा दिमाखमा बिर्को लगाउनै पर्छ भन्ने हुँदैन
#हामि युवाले सार्वभौम देशको दस्तावेज भएको सिंहदरवार जलाउनेको मतियार बनिदिनु पर्ने?
#हामि युवा अरूलाई गाली गरेर नेता बनेका सहकारी ठग रलुटेरहरूको मतियार बनिदिनु पर्ने ?
नागरिक सचेत बनौं,देश जलाउन विदेशीका प्यादा बनेका लुसिफरचिनौ
जनआकांक्षाका परिणाम दिने राजनीतिप्रति आशा मर्दै गएपछि, नेपाली समाजले राजनीतिलाई ‘रमाइलो’ का रूपमा लिन थालेको जस्तो देखिन्छ। क्षणिक रमाइलोको लहरमा भोलिको चिन्ता हराउँछ। समयले के निर्णय गर्ला, त्यो छुट्टै प्रश्न हो।🤔
न शिक्षा, न समाज सेवा, न उद्यमशीलता, न कार्यकारी अनुभव, सिर्फ़ सामाजिक संजालका चटके र यूट्यूबे पत्रकारको भिड़ बन्ने भो नेपालको संसद। यी औसरवादीलाई उद्योग धन्दा गर्ने र दिन भर पसीना काटनेको मर्म के थाह ? यिनीहरूको भिड़ले संसद क्याप्चर गर्यो भने नेपालको सिक्किमीकरण हून सक्छ।
अनौठो चुनाव हुने भो । विचार सिद्धान्तको कुरै छैन, भावी योजनाको चर्चा छैन, मिसन भिजन कुन चरीको नाम हो थाहा छैन । सिर्फ आलोचना, गाली, आरोप, प्रत्यारोप मात्र हुँदैछ चुनावमा ।
अझ अनौठो के भने— यो चुनावका वास्तविक मतदाता भनेका लाइक, कमेन्ट, फलोअर र शेयर हुन् ।
जस्तो भए पनि एउटा 'हिरो' राजनीतिक बजारमा आउनेबित्तिकै आँखा चिम्लेर उसको जुत्ताको फित्ता समात्दै राजनीतिक लाभ लिन तम्सिने कलाकार, पत्रकार, पुलिस, कर्मचारी तथा अन्य पेशागत व्यक्तिहरू अवसरवादका नमुना हुन। यीनीहरूले नेपाली राजनीतिलाई पुराना पत्रु नेताले भन्दा चाँडो बदनाम गर्नेछन्।
विगतको भद्दा दलियकरणले समाजको लय भत्कायो। लय भत्किएको नेपाली समाज अब सामाजिक सञ्जालका एल्गोरिदमले निर्देशित छ। विचार र आदर्शलाई ‘बकबास’ बनाइएपछि राजनीतिमा ‘पपुलिजम’ बढ्दो छ। सबैजसो समूह र पात्रमा देखिएको आवेग र प्रतिक्रियाले मात्र समाज र राजनीतिलाई पुनः लयमा फर्काउन सम्भव छैन।🤔
बिना ब्यागेज आएका भनिएकाे मन्त्रिमण्डलमा त यस्ता नकच्चरा मन्त्रीहरू झेल्नपर्छ भने चुनावबाट आउने (चुनाव भन्ने बित्तिकै ब्यागेजको चाङ हो) को ताल कस्तो हुनु !!
प्रधानमन्त्रीले क्याबिनेटमै राजीनामा दिनुस् भनेकाे हाे भने त्यहीँ, तत्कालै राजीनामा दिनुपर्ने हाे। त्यसपछि पनि पदमा टाँसिरहने हाे भने त "नयाँकाे नैतिकता" भनेकै रामराम त हाेला!
IGP खापुङ किन पनि सही छन् भने गोली प्रदर्शन गर्न अनुमति दिइएको माइतीघरमा चलेको होइन। गोली निषेधित क्षेत्र तोड्दा चलेको हो। गल्ति निषेधित क्षेत्र तोड्न ल्याएर स्कुल ड्रेसका जेन्जीलाई मर्न/मार्न उक्साउनेको उत्तिकै हो। आयोगले निर्दोष विद्यार्थी मराउन उक्साउनेलाई पनि अनुसन्धान गरोस्!
हजार सिंहदरवार एक सातामै बनाउँछौं भन्ने शंकास्पद र अनाधिकारिक पात्रहरुको भुलभुलैयामा नलागौं !!
आज हरेक नेपालीले एउटा संकल्प गर्नुपर्छ कि,
सार्वजनिक, निजी सम्पत्ति आगजनी र लुटपाट गर्न मेरो छोरा वा छोरी नै गएछन् र सुरक्षाकर्मीको गोलीबाट मारिएछन् भने पनि म उसलाई शहीद मान्दिन ।
उहिले माओवादीले आगो लाउँथे सार्वजनिक सम्पत्तिमा र भन्थे पुराना कुरा ध्वंस गरेर नयाँ निर्माण गर्ने हो। अहिले जेन्जीका खोल ओढेका जेन्जीका दाइ अंकल त्यस्तै भनिरहेछन्। यिनले प्रहरी घेरा तोड्न जाँदा मारिएका २२ जनाको कुरा घरीघरी गरेर बाँकी मृत्यु स्वभाविक झैं गर्छन्। जसरी माओवादी गर्थे
जेन्जी आन्दोलनको अर्को बाइप्रडक्ट : पाँच तारे होटल हायात बन्द।
माओवादी आन्दोलनका कारण गाउँबाट धनाड्य पलायन भएपछि अहिले गाउँमा ग्ल्यामर छैन।
अब जेन्जी आन्दोलनका कारण सहरका धनाड्य र धन पलायन हुने भय बढेको छ!
some info..some openion
पुराना पार्टीले देशमा कुशासनमात्र दिए भनेर गरिएको आन्दोलनलाई संस्थागत गर्दै सुशासनको नेतृत्व गर्ने हो भने जेन-जी आन्दोलनका अगुवाहरूले एउटै दल खोलेर फागुन २१ को चुनावमा पुराना नेतालाई जनमतबाटै अश्वीकृत गर्ने सुनौलो मौका छ ।
https://t.co/dfWelMDi9g
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत थियो । तर यति ठूलो बबन्डर हुन्छ भन्ने कुरा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिने दिनसम्म पनि थाह थिएन ।
सार्वजनिक सँस्थाहरूलाई पङ्गु बनाउँदा कुन हदको दुर्गति भोग्नु पर्दोरहेछ भन्ने उदाहरण हो यो ।
सुमनाजीको स्टाइल ठिक लाग्यो !! आजसम्म सुमनाजीलाई जे जे भनियो, त्यो सबै फिर्ता लिइयो !! पार्टी गलत भयो भने गनगन गरेर भागबण्डा खोज्दै बस्ने होइन, सके परिवर्तन गर्ने हो, नसके छोड्ने हो !! गुड जब सुमनाजी ;))
'चित्त नबुझे अदालतमा मानहानीको उजुरी गरे भो त'टाइपको जवाफ फर्काउँदै दुईबोतल दारुदेखि दुईहजार मोरू लिई अनुमानकै भरमा अरूको मानमर्दन गरेर समाचार बनाउनेहरू पत्रकार भएकै आधारमा छुट पाउनु हुन्न भन्ने चैँ मलाई पनि लाग्छ।
"पत्रकार परिचयपत्र अरूको मानमर्दन गर्न पाउने अधिकारपत्र हैन!"🙏