Feel like my own inner voice. 200% agreed 👏
कतिले त भन्न खोजेको कुरा नै बुझेनन् | अब यी युवालाई के भनेर कसको मान्छे भनेर आरोप लगाउने ?
यो पिडा र आवाज देशको बहुसंख्यक युवाको हो | नयाँ तथा पुराना सबै नेताले बुझ्न जरुरी छ | #respect
This is wrong | Rastriya Swatantra Party
जसले दिनरात आफ्नो जीवनको समेत प्रवाह नगरी, खाना-पिना समेत नभनी आफ्नो विज्ञता र क्षमतासहित निरन्तर काम गरिरहेका थिए, उनीहरूलाई केही मिडिया, केही रास्वपाकै नेता–कार्यकर्ता तथा विशेष गरी सधैँ नकारात्मक कुरा मात्र गर्ने पुराना दलका पेशेवर आलोचकहरूको कुरामा आएर पार्टीले फिर्ता बोलाउनु सरासर गलत हो।
यो त उनीहरूको निस्वार्थ सेवाप्रति पार्टीले धन्यवाद दिनुपर्ने र गर्व गर्नुपर्नेमा उल्टै अपमान गरिएको छ।
हामीलाई हेलिकप्टरबाट माथिबाट हेरेर गोहीका आँसु झार्ने वा एसी भएको कोठामा घुम्ने कुर्सीमा बसेर आदेश मात्र दिने नेता चाहिएको होइन।आवस्यक परेको समयमा आफ्नो विज्ञता जनतासंगै रहेर व्यवहारमा उतार्न सक्ने चाहिएको हो |
साथै यस्तो परिस्थितिमा हामीलाई सही र गलत छुट्टाउन सक्ने नेतृत्व पनि चाहिएको हो | राजधानीमा बसेर सामाजिक सञ्जाल मात्र हेरेर निर्णय गर्ने नेतृत्व होइन।
यो रास्वपा पार्टी नेतृत्वले इन्जिनियर श्रीराम न्यौपाने र सागर ढकाललाई धन्यवाद दिओस् वा नदिओस्, सही र गलत छुट्टाउन सक्ने जनताले उनीहरूको निस्वार्थ योगदान दिने प्रयास अवश्य बुझेका छन् र सम्मान गरेका छन्। @watersagar@hamrorabi@party_swatantra
हाम्रो देश नेपालमा जे गरे पनि सुख छैन। त्यही भएर धेरै क्षमतावान् र असल नियत भएका व्यक्तिहरू सामाजिक कार्यभन्दा टाढा आफ्नै व्यक्तिगत जीवनमा सीमित रहन चाहन्छन्।
किनकि अहिलेको प्रसंगमा फिल्डमा गएर काम गरे मन्त्रीले नीति बनाउने हो, निर्देशन दिने हो, आफैँ फिल्डमा जाने होइन भन्छन्। तर कोठाभित्र बसेर निर्देशन दिँदा फेरि जनताको प्रतिनिधि भएपछि जनतासँगै हुनुपर्छ, अँध्यारो कोठाभित्र बसेर निर्देशन दिएर हुँदैन भन्न थाल्छन्।
यस्तो अवस्थामा कमजोरी भएको छ भने पनि सुधारका लागि सकारात्मक सुझाव दिने हो, न कि कुनै बेलाको व्यक्तिगत रिस पोख्न वा सेखी झार्न हरेक विषयमा नकारात्मक भएर विरोध गरिरहने। त्यस्तै, १–२ डलर कमाइहालिन्छ कि भन्ने लोभमा भए नभएका फेक भिडियो र समाचारहरू सेयर गर्ने होइन। बरु यस्तो कठिन समयमा कुनै दलको कार्यकर्ता नभई विशुद्ध नेपाली नागरिक भएर आफ्नो ज्यानको बाजी लगाउँदै सक्दो काम गरिरहेकाहरूलाई प्रोत्साहन र हौसला दिनुपर्ने होइन र?
आलोचना आवश्यक छ, तर आलोचना सुधारका लागि हुनुपर्छ न कि निरुत्साहित पार्न, खिसी गर्न वा आफ्नो व्यक्तिगत रिस पोख्नका लागि।
यो भिडियो हेरेर चित्त नबुझ्न सक्ला तर तितो सत्य यहि नै हो | यहाँ कुनै दुई मत छैन ,अपराधीलाई कुनै हालतमा छोड्नु हुदैन हदसम्मको कानुनी कारबाही गर्नुपर्दछ | तर यस्तो घटना घटाउन वा पूर्ण रुपमा रोक्न कडा कानुन भएर मात्र पनि हुदैन | उदाहरणको लागि हाम्रो छिमेकी भारत , त्यहाँ मृत्यु दण्डको सजाय छ तर किन यस्तो खालको अपराध झन् बढी छ त् ? त्यसैले प्रश्न केवल कानुन कति कडा छ भन्ने होइन, समाजको चेतना र सोच कति परिवर्तन भएको छ भन्ने पनि हो। हाम्रा छोरी, दिदीबहिनी र बालबालिकामाथि भविष्यमा यस्ता घटना हुन नदिन हरेक टोल, हरेक विद्यालय र हरेक समुदायमा कानुनी, सामाजिक र नैतिक शिक्षामार्फत व्यापक जनचेतना फैलाउन जरुरी छ। बालकदेखि वृद्धसम्म सबैलाई यस्ता अपराधको गम्भीरता, परिणाम र रोकथामका उपायबारे निरन्तर सचेत गराउनुपर्छ। यसका लागि प्रभावकारी र दीर्घकालीन जनचेतनामूलक कार्यक्रम आवश्यक छन्। होइन भने घटना हुने एक दुई दिन सामाजिक सञ्जालमा आक्रोश पोख्ने, केही दिन प्लेकार्ड बोकेर सडकमा उत्रिने अनि बिस्तारै सबै कुरा सेलाउने क्रम मात्र दोहोरिरहनेछ।
हामीलाई क्षणिक आक्रोश होइन, दिगो सामाजिक परिवर्तन चाहिएको छ। अपराध भएपछि कारबाहीसँगै अपराध हुनै नदिने संस्कार र चेतना निर्माण गर्नुपर्छ।
नेतृत्व मात्र होइन, जनता चाहिँ कहिले सुध्रिने?
यदि हाम्रा नेता र जनताको अहिलेसम्मको सोच र व्यवहारअनुसार राज्य चल्ने हो भने, विश्वकै ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनसमेत एक वर्षमै टाट पल्टिन थाल्छन् होला।
राज्यको आम्दानीभन्दा खर्च धेरै छ। त्यसमाथि यतिका वर्षमा खर्बौँ रुपैयाँ भ्रष्टाचार भएको छ। ऋण पनि लिन हुँदैन, राम्रै उद्देश्यका लागि भए पनि कर लिन हुँदैन। हैन, अनि देशचाहिँ कसरी बन्छ? देश जहाँको त्यहीँ नभएर के हुन्छ त?
कुनै पनि देश एकपटक आर्थिक रूपमा माथि उठ्न एउटा पुस्ताले आर्थिक र मानसिक दुवै रूपमा केही त्याग गर्न तयार हुनुपर्छ। यदि हामी त्यो त्याग गर्न तयार छैनौँ भने, अरू देश विकसित भए, हामी किन भएनौँ? भनेर प्रश्न गर्ने नैतिक अधिकारसमेत हामीसँग रहँदैन।
विदेशमा महिनाभरि हरेक व्यक्तिले दुःख गरेर कमाएको तलबबाट सिधै २० देखि ६० प्रतिशतसम्म कर र सामाजिक सुरक्षा लगायत अन्य रूपमा का टिने गर्छ। त्यसको बदलामा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका विभिन्न सुविधा प्राप्त हुन्छन्।
के हामी नेपाली जनता पनि त्यही तबरले योगदान गर्न तयार छौँ त? पक्कै पनि छैनौँ।आफूले तिरिरहेको रकममा ३ प्रतिशत अर्थात् १०० रुपैयाँ तिर्नुपर्ने ठाउँमा थप ३ रुपैयाँ जोडेर १०३ रुपैयाँ तिर्नुपर्दा समेत रुवाबासी हुन्छ। जबकि, त्यही रकम गरिब तथा पिछडिएका क्षेत्रको लागि भनेर राखिएको पवित्र उद्देश्य थियो।
एउटा तराजुका दुवैतिर बराबर सन्तुलनमा रहिरहन एकातर्फ मात्र भार थपेर सम्भव हुँदैन होला नि।🧐
त्यसैले कर उठायो,ऋण लियो भनेर मात्र विरोध गर्नु कुनै अर्थ हुँदैन। प्रश्न उठाउनुपर्ने विषय के हो भने त्यो कर वा ऋण कुन उद्देश्यका लागि प्रयोग हुँदैछ? त्यसबाट देश र जनतालाई दीर्घकालीन रूपमा के लाभ हुन्छ? र जनताबाट उठाइएको रकमको उचित प्रतिफल जनतासम्म फर्किएको छ कि छैन?
गलत उद्देश्य, भ्रष्टाचार र दुरुपयोगको विरोध अवश्य गरौँ। तर विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन गर्ने होइन। राज्यले सही काम गर्दा समर्थन गर्ने र गलत काम गर्दा तथ्यका आधारमा प्रश्न उठाउने संस्कार पनि हामीले विकास गर्न जरुरी छ।
देश बनाउने जिम्मेवारी नेतृत्वको मात्र होइन, जनताको पनि हो।
#Nepal 🇳🇵
हाम्रो देश छिमेकी धेरै मुलुकभन्दा कम्तीमा एउटा कुरामा सधैँ अगाडि रहँदै आएको छ| त्यो हो धार्मिक सहिष्णुता र अनेकौँ विविधताबीचको एकता।
हामी विकासमा धेरै पछाडि परेका हुन सक्छौँ, तर संसारका धेरै देशसँग नभएको यो अमूल्य र दुर्लभ सम्पत्ति भने कुनै पनि हालतमा गुमाउनु हुँदैन।
धार्मिक, भाषिक वा जातीय जुनसुकै समुदायको अतिवाद पनि अन्ततः कसैको हितमा हुँदैन। यसले क्षणिक रूपमा कसैको आक्रोश शान्त पारेजस्तो देखिए पनि, दीर्घकालमा यसको मूल्य सबैले चुकाउनुपर्छ। अन्ततः हार कसै एक पक्षको होइन, सम्पूर्ण समाजको हुन्छ।
आज एउटा सानो अहंकार र उत्तेजनाले ठूलो घटना निम्त्याइरहेको छ। यस्ता घटनामा संलग्न दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गरियोस्। तर त्यसको नाममा समुदाय समुदायबीचको सद्भाव, विश्वास र एकतालाई भड्काउने अभिव्यक्ति र गतिविधि भने सबैले त्यागौँ।
हामीलाई विभाजन होइन, सहिष्णुता चाहिन्छ। घृणा होइन, आपसी सम्मान चाहिन्छ। किनकि नेपालको वास्तविक शक्ति हाम्रो विविधता र त्यसबीचको एकतामै छ।
#Nepal 🇳🇵
They were always counting Ronaldo’s touches and mocking every shot he took. But today, they can’t even count the total shots of the entire team or talk about the team’s touches inside the box.
Supporting your favorite player doesn’t mean you have to hate another. Respect every player and the legacy they’ve built, because karma has a way of coming back.
Anyway, I have always respected Messi. What an incredible player. He is a once in a generation footballer.
Football is a team game,one player alone can never guarantee victory.
An era has come to an end. Ronaldo Messi era is ended 🥺
#Football #worldcup
Even though I’m a Ronaldo fan, I have to admit that this is the best version of Messi we’ve ever seen in a World Cup. He’s playing better than he did in the 2022 World Cup.
In 2022, I don’t think he was Argentina’s best overall performer. This time however he has been the team’s best player in terms of overall performance and influence.
Going into the final, Spain has the tactical edge but Argentina has the advantage in terms of unity, hunger, and emotion.
Let’s hope the better performing team wins the World Cup and becomes world champion without any favoritism. We’re ready to witness what promises to be one of the most entertaining and exciting World Cup finals.
#WorldCup2026 #Respect #Football
निस्वार्थ देशको लागि लड !
लड्न सक्दैनौ भने बोल !
बोल्न सक्दैनौ भने लेख !
लेख्न सक्दैनौ भने साथ देऊ!
साथ दिन सक्दैनौ भने काम गर्नेहरूको मनोबल बढाऊ!
यदि त्यो पनि गर्न सक्दैनौ भने जो काम गरिरहेका छन्, उनीहरूको मनोबल नतोड !
किनकि उनीहरू तिमीहरुको भागको लडाइँ समेत लडिरहेका हुन्छन् |
#KamGarnaDeu #Nepal
एक आम नागरिकले एक हजार जरिवाना तिर्न नसकेर आत्मदाह गर्नु पर्ने अवस्था आउनु भनेको हाम्रो देशको आर्थिक अवस्था कस्तो छ भनेर छर्लंग हुन्छ | यस्तो कमजोर स्थिति हुनुमा कोही एक व्यक्तिलाई मात्र दोषारोपण गरेर न्याय मिल्छ त ? अहिलेसम्म जनताको यति कमजोर आर्थिक अवस्था हुनुमा कसको दोष ? त्यस्तै अहिलेसम्म एउटा सामान्य नियम पालना नगर्नु वा नगराउनु वा बुझाउन नसक्नु कसको दोष ? नहुनु पर्ने घटना भयो अब त्यसलाई सधैँ झैँ अनावस्यक राजनीतिकरण गर्ने र फेरी अर्को घटना घट्न नदिन समाधान तिर नलाग्नु कसको दोष ? दोष त हरेक व्यक्ति हरेक शासक देखि हाम्रो समाजले नै लिनुपर्ने होइन र ?
हामी हाम्रो देश बनेको त हेर्न चाहन्छौं तर आफुले होइन अरु कोही आएर बनाइदियोस् | हामी चाहन्छौँ हाम्रो देशमा सुशासन त होस् तर नियम कानुन आफु बाहेक अरु सबैले पालना गरि दिओस | हामी सभ्य,सुसस्कृत र इमान्दार समाज खोज्छौँ तर त्यो आफु बाहेक अरु भैदिउन | यसो भएपछी हाम्रो समाज सुशासन र समृद्धिका लागि अहिले नै तयार छ भनेर कसरी मान्ने ?
Pic : सन्दर्भ नो पार्किंग एरियामा हालको घटना पछिको ताजा अवस्था
मुद्दा एउटै तर फरक व्यवहार 🧐
किन सधैँ एउटै कसुरमा पनि सामान्य नागरिक भन्दा नेताले बिल्कुल फरक privilege पाउछ ? जनताको सरकारले सबैलाई समान व्यवहार गर्न पर्ने देखियो | 😫
@ShahBalen@Sudanhaminepal
Wrong is wrong
रास्वापा पाटीमा पनि ५० प्रतिशत भन्दा बढी नेता कार्यकर्ताहरुको मानसिकता त्यहि पुराना दलहरु भन्दा केही फरक छैन | कुनै गुट छैन , हुनुहुदैन त भनियो तर अन्तिममा समुह बनाएर खुलेर नै मत मागियो र आह्वान समेत गरियो |
ल बधाई छ रास्वपा ! अर्को कांग्रेस,एमाले र माओबादीहरुको जस्तै गुट उपगुट बनाउने पथमा रहेकोमा | कुनै पदमा उठ्न मन लागे उठ्ने र फिर्ता लिन मन लागे लिने सम्म त ठिकै हो तर समुह बनाउनु र मत समेत माग्नु गलत भयो | जनताले अहिले धेरै आशा राखिएका नेता रबि लामिछाने @hamrorabi र बालेन शाह @ShahBalen ले बेलैमा यो बिउ उखेलेर फाल्नु पर्ने छ होइन भने बिगतमा अन्य दलहरु आफ्नै भित्र भएका इगो र मनमुटावले गर्दा देशले समेत क्षति भोगेको जस्तै नभोग्न पर्ला भन्न सकिन्न | अहिले नै ध्यान जाओस |
Ideology!!!
रास्वपा अहिलेसम्म व्यवहारले कहिले center left तिर लाग्न खोजिरहेको थियो त कहिले center right |
ल बधाई छ ,यसपालीबाट चाहिं centrist (middle) विचारधारा तिर लागेको छ | कुनै पनि विचारधारा आफैमा गलत हुदैन तर त्यो समाज ,परिवेश अनि आफ्नो नियतले भने फरक पार्ने गर्दछ | अब यहि विचारधाराहरुलाई व्यवहारमा पनि लागु गरोस् | पहिलाकाहरुले जस्तो गज्जब मिठो गफैको विचारधारामा मात्र सिमित नरहोस् | शुभकामना छ |
From fighting just to qualify for the World Cup to carrying the expectation of winning it. what a remarkable transformation. 🫡 One man changed the mentality of an entire nation. One man turned dreams into belief and belief into ambition. This is not just football history,this is the legacy of Cristiano Ronaldo 🔥a true inspiration for generations.
#CR7 #worldcup #football #inspiration
Old baggage भन्नाले मुखमा राम राम बगलीमा छुरा भनेको होला अर्थात् तपाईहरुको जस्तो मुखले चरम राष्ट्रबाद तर व्यवहारले देश बेच्ने सन्धी गर्दिन भनेको होला | त्यस्तै मुखले शब्दै पिच्छे भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने तर व्यवहारले भ्रष्टाचार बाहेक केही नगर्ने र भ्रष्टाचारीहरुलाई बाहेक अरुलाई नबोक्ने गर्दिन भनिएको होला |