छोटा कपडा नलगाऊ छोरी भन्नुहुन्छ बाबा !
हाम्रो नानु हिऊँ जस्ती गोरी भन्नुहुन्छ बाबा !
कैयौं निर्मलाले न्याय पाईनन् गरिब भएर नै !
भ्रष्ट प्रशासन नेता घुसखोरी भन्नुहुन्छ बाबा !
आफ्नो सुरक्षा आफैले गर्नु बुद्धिमानी हो !
पहिरन नै नारीको कमजोरी भन्नुहुन्छ बाबा !
मेरो लागि मरिहत्ते गर्ने कति छन कति !
फूल समाई पछाडि पर्ने कति छन कति !
मैले आजसम्म कसैलाई तँ भनेको छैन !
अझै पनि डाहाले मर्ने कति छन कति !
असल पति बन्ने व्यक्ति कोही आउदैनन् !
एक धर्को सिन्दुर भर्ने कति छन कति !