@birat_anupam अरू कुरामा बोलिएन, तर 'NGO को दोकान' भनेको ठीक लागेन । २/४ ब्यक्ति र संस्थाको नियत खराव हुँदैमा समग्र क्षेत्रलाई नै सामुहिक आरोपित गर्ने चिन्तन कमसेकम तपाईंबाट चाहिँ अपेक्षा थिएन ।
@MadhuRamanACH प्रदेश आयोगमा सदस्य मात्र हो र, 'बिषयविज्ञ' का नाममा त्यहि आयोगको निर्णयानुसार नियुक्त हुनेगरेकाहरू देख्ता रूनु कि हाँस्नु भएर पुर्पुरो समाउँदै थचक्क बस्न मन लाग्छ - हरे! कस्ता दिन ल्याउन आन्दोलन गरिएछ उबेला भन्ने लाग्छ ।
हिजो मर्न जा भन्नेहरु नेता भए!
मर्नजानेहरु शहिद भए!
आज नेताहरुका नातिनिका भव्य बिहेभोज हुँदैछन्!
शहिदहरुका नातिनीहरु त्यही बिहे भोजमा भाँडा माँझ्दैछन्!
#फेसबुकमाभेटेको
कत्तिसम्म अराजक र गैरजिम्मेवार भयो त राज्य !
किसानका अरबौंका गाइ लम्किस्किन महामारीले मरे, करोडौंका बंगुर फ्लुले मर्यो, आँप लगायत अन्य फलफूलका खेति सखाप हुँदैछ
राज्यमा ३०-४० बर्ष अघिनै कृषि अनुसन्धान र बिकास केन्द्रहरु छन् तर ति न कुनै समयमै रोकथाम, उपचार र अनुसन्धानमा लाग्यो😓
दुनियाँमा कसैले नजानेको पाखण्ड जान्दछन् हाम्रा सिद्धान्तजिवीहरू।
संस्कारकर्म पुरै स्वीकार गर्न लाज लागेपछि र पुरै वहिस्कार गर्ने आँट नपुगेपछि देखिने यस्तो अवस्था पाखण्ड नै हो । सक्छौ विद्रोह गर, सक्दैनो स्वीकार गर । नत्र कम्वल ओढेर घिउ नखाउ ।
(भुसालबा प्रति हार्दिक श्रद्धाञ्जली)
हाम्रो सामूहिक विवेकलाई धिक्कार छ ! अदालतभित्र नाबालिग छोरीहरू हार्दा ‘आहा, खुसीको खबर !’ भन्दै सेलिब्रेट गर्ने यो औडाहामय समयलाई धिक्कार छ !
https://t.co/XSeuqYj4jd
@gbudhathoki तपाईंले यस्तो सहारा लिएर भएपनि उठ्न मन छ भन्ने भावको ट्वीट गर्नुभाथ्यो, पोहोरतिरै कहिले हो भन्नेचाहिँ बिर्सें ।
आज उठेको देख्ता बहुत खुसी लागेको छ ।