@Vijaykumarko सायद बहस नेताहरूको भिड होइन, डिबेट कसरी हुनुपर्छ भन्ने संस्कृतिको प्रश्न प्राथमिक हो। पहिले मिडियाले नै प्रश्नको गहिराइ, तर्कको अनुशासन र तथ्यको शुद्धतामा ‘first-principle’ मापदण्ड बसालोस्।
चेतनाले विषयलाई सही फ्रेम दिएपछि मात्र बहस अर्थपूर्ण बन्न सक्ला। 🙏
जुन देशको मिडिया नै राजनीतिमा नग्न पक्षपातको पहिचान बनेको छ, त्यहाँको टेलिभिजनमा केको ‘राजनीतिक डिबेट ?’ कोही करेन्ट चाउचाउको गाडीमा छन्, कोही वाइ–वाइ चाउचाउको गाडीमा। जे छ, गज्जब छ। जोडी मिलेकै छ।
डिबेट गर्ने नै हो भने—पहिला मिडियाको भुमिकाबारे डिबेट हुनुपर्छ।
डिबेट नै गर्ने हो भने मिडियाका मान्छेले प्रश्न सोध्ने होइन,
हाइवेमा गाडी चलाउने कुनै सामान्य ड्राइभरले प्रश्न सोध्नुपर्छ—
चुनाव उठेका शीर्ष नेताहरूलाई र ‘मिडिया ग्रुप (ग्याङ ?)’ लाई एउटै मञ्चमा राखेर।
नत्र भने—
प्वाल परेको भाँडोमा पानी थाप्नु व्यर्थ हो।
@girirochak दुई पैसाको मात्रै नैतिकता भए हिजो यहि घाँस हालेर भेडाबाख्राहरुलाई पागल वनाउँनेहरु मध्ये हजुर पनि एक भएकाले हिजो बोलेको गलत रहेछ भन्ने हिम्मत गर्नुस ! 🙄
सर्वोच्चलाई गाह्रो छ।
न हिजोको संसदबाट निर्वाचित सरकारले विघटन गरेको संसद बचाएको नजिर फेर्नु।न आज संसदले नचिनेको,संविधानले नजानेको मान्छेले संसद विघटन गरेको सदर गर्नु ।
संविधान कायम रहेसम्म सुशीला कार्की संविधानले नचिन्ने प्रधानमन्त्री हो।
तर,आन्दोलन यथार्थ हो।
बडो मुश्किल।
"पानीमा डुब्ने बित्तिकै कसैको ज्यान जाँदैन, ज्यान तब जान्छ जब तैरिन आउँदैन,
परिस्थितिहरुपनि कहिल्यै समस्या बन्दैनन्, समस्या तब बन्छन् जब हामीलाई परिस्थितिहरुसंग जुध्न आउँदैन!!
जेन्जी पनि सुध्रीनु पर्छ है !
१. बिहान नौ-दश बजे सम्म सुतिरहने नउठाउने हो भने ११ -१२ बजे सम्म पनि सुत्न सक्ने।
२. उठिसके पछि समय मिलेसम्म मोबाइलमा झुम्ने
३. हारियो साग सब्जी पटक्कै मिठो नहुने सकभर नखाने तर ब्रोइलर कुखुराको मासु र अण्डा खोजि रहने।
४. आफ्नो कोठाको फोहर सोफा अथवा कार्पेट मुनि राखेर सफा देखाउने
५ . विदेशी वा स्वदेशी कण्टेन्ट क्रियटर का टिक टक वा फेसबुक पेजमा कसको कति फ्लोर्स छन् सबै थाह पाउने
६ . घरको खाजा खान नमान्ने तर अनलाइन वाट पिज्जा वा म म मगाएर खान रुचाउने
७ . संसारका धनि मानिस एलन मस्क वा अम्बानीको व्यापार र सम्पतिको बारेमा जानकारी हुने तर आफ्नो बाबुले कहाँबाट ल्याएर स्कूलको फि तिर्छ थाह नहुने
8 . घरतर्फका नाता भित्रका मानिस प्रायः नचिन्ने चिने पनि आत्मीयता खासै नहुने
९ . उन्सठ्ठी भनेको कति हो थाह नहुने fifty nine भने पछि बुझ्ने
१० . रातको १ बजे सम्म नसुत्ने मोवाइलमै रमाउने
११ . कक्रोच देखे पछि वाघ आए जसरी कराउने, कोठामा मुसो देखेपछि तीनदिन सम्म एक्लै त्यो कोठामै नछिर्ने
१२ . बोल्दा खेरी वीचवीचमा त्यो नि . . Like है . . जस्तो थेगोमा आधा नेपाली र आधा अंग्रेजी शब्द गर्ने
“जब शक्ति भित्र अहंकार जन्मन्छ,
त्यो शक्ति आशीर्वाद होइन, विनाशको कारण बन्छ।
द्वापर युगमा दुर्योधनले देखायो,
कलीयुगमा आज पनि त्यही दोहोरिन्छ।
शक्ति सजगता र विनम्रतामा सुशोभित हुँदा मात्र अमर हुन्छ,
अहंकारमा डुब्दा भने युग–युगको विनाश निम्त्याउँछ।”