@santoshrimal1 ओशो भन्थे बोलेका कुरा होइनन् बोल्दा रोकिएको क्षणलाई सुन।
यता हामी चित्रकारहरू आकारहरू बिचको खाली स्थानमा केही खोजी बस्छौं।
यहाँ कवि भन्छन् 'शब्द र शब्दबीचको दूरी नै कविताको गहिराइ हो।'
सायद अव्यक्त प्रतिको आकर्षणले हामी फरकफरक तर एकै दिशा तर्फ झुम्मिएका छौँ ।
दुई–तिहाइ ल्याएर मख्ख भएको नयाँ पार्टी त 'छिटो देश विकास गर्ने' नाममा यस्तो आतंकको मतियार बनेको छ कि, जनताले यसलाई 'खिल झिक्दाको दुखाइ' सम्झेर चुप लाग्नुपर्ने ठानेका छन्। @narayanwagle
नेपाली राजनिती अझ अस्थिर हुदै गएको छ। प्रौढ राजनैतिकवृत यथास्थितिको पक्षपाति छ र आफ्नो वर्चश्व कायम गर्न हरसंभव साम दण्ड भेद प्रयोग गर्दै छ। परिर्वतन स्विकार गरौ। चुनाव अपरिहार्य।
मलाई लाग्छ, निर्वाचन आयोगमा दर्ता भएका र दर्ता हुने अन्तिम प्रक्रियामा रहेका दलहरू हाम्रो समाजका प्रतिबिम्ब हुन्। हामी जस्तो छौँ, राजनीतिक भाष्य जस्तो छ, हामीले मानेका अगुवा जस्ता छन्, दल त्यस्तै बन्ने हुन्। जब हाम्रो बहस नै टिपटापे, भुइँफुट्टा, पपुलिस्ट र व्यक्तिकेन्द्रित छ, आखिर आउने दल पनि त्यस्तै हुने हुन्। आलु रोपेर स्याउ कहाँ फल्छ?