पोखराबाट फर्कदा पुर्वराजाको (वा शेखर कोइरालाको शब्दभावमा राजा) स्वागतमा एयरपोर्ट आएका जनताको तुलनामा , हिजो फगत एक चौथाई मान्छे तिनकुनेमा जम्मा भएका थिए । त्यस पछी जे भयो जगजाहेर छ ।
अरुले होइन , आदरणीय पुर्वराजाले स्यम बुझ्नु पर्छ , नेपालमा कदाचित राजसंस्था फर्काउने नै हो भने पनि , यस्तो ‘कमाण्डर’ ले किमार्थ सक्दैन जो आफ्नो गाडी प्रहरीमाथी हुइकाएर निषेधित धेरा तोडछ र तथानाम फोहर गालीगलौच गर्दै मैदानबाट भाग्छ ।
आदरणीय पुर्वराजाको व्यक्तित्वको शिष्टता , बिनम्रता र धैर्यको रत्तिभर अंश नभएको मानिस कसरी राजसंस्था फर्काउने आन्दोलनको ‘कमाण्डर’ हुन सक्छ? होला , प्रसाईजीले उठाएका केही बिषय जायज पनि होलान तर उनको हदको जिम्मेवारी बोकेको भनिएको मान्छेको तरिका उचित देखिएन ।
कमाण्डर पनि कस्तो ? चार जना पुलिसले खोज्ने बित्तिकै फरार हुने मान्छे पनि कमाण्डर हुन्छ ? खोई त रवीन्द्र मिश्र त लुक्नु भएन , धवल शम्शेर त लुक्नु भएन ।
साथै , हिजो तिनकुनेमा निजी घरको छाना माथी चढेर , प्रहरीले अकारण अश्रुग्यास प्रहार गरेर , प्रदर्शनकारीलाई उत्तेजित बनाएको कुरा समाचारमा आएको छ । यो अत्यन्त गम्भीर बिषय हो । यो कुराको निष्पक्ष न्यायिक जांच हुन जरुरी छ ।
साथै निजी सम्पत्ती लुटपाट गर्ने , आगजनी गर्ने र मिडिया संस्थानहरुमा हिंसक आक्रमण गर्ने , गराउनेहरुमाथी राज्यले , समाजले एक स्पष्ट र स्थिर द्रश्टिकोण बनाउनै पर्छ ।
आन्दोलनका क्रममा तीनकुनेमा गोली लाग्दा कीर्तिपुरका ३१ वर्षीय सविन महर्जनको मृत्यु भएको छ। तीनकुनेमा आगजनीमा परेको घरमा एभिन्युज टिभीका क्यामेरापर्सन सुरेश रजकले ज्यान गुमाए ।
पक्षबिपक्षका टिप्पणीकारहरुका लागी , उनीहरु दुबै जना केही समय उत्तेजना र चर्चाका बिषय हुनेछन। मेरो मन र प्रार्थना चाही यस बखत उनका परिवारजनका साथ छ ।
केही समय पछी , अरुका लागी उनीहरु फगत मृतक संख्या हुनेछन तर परिवारका लागी आजन्म मनको घाउ बनेर बांच्ने छन ।
रुपचन्द्र बिष्टलाई सम्झदै छु , जस्ले दसकौ अघि मलाई भनेका थिए - ‘ आफ्नो जिउमा हल्का घाउ , हल्का खत पनि नलागोस , अरुका छोराछोरी शहिद भएको समाचार दिनहु सुन्न पाउ , भन्ने रहर गर्ने मान्छेहरुको ठाउ हो यो । बुझिस ! ‘
लोकतन्त्रको सुन्दरता भनेकै विचारहरुको विविधता हो । तर विविध विचारहरुको द्वन्द कसरी हल गर्ने ? कुन माध्यमबाट गर्ने ? यो कुराको निर्णय गर्न हामीले , बिशेषत दुबै पक्षको नेत्रित्वमा रहेका बिवेकीहरुले शान्त भावले , उदार र वस्तुगत बिश्लेषण र कठोर निर्णय गर्नुपर्छ । र , यसरी आएको निर्णयलाई लागु गराउन हिचकिचाउनु हुन्न ।
मेरा नियमित दर्शकलाई सम्झना हुन सक्छ , एक बर्ष अघि नै हामीले ' के राजा फर्कन्छन ? ‘ भन्ने पोडकास्ट गरेका थियौ । त्यस बखत , त्यसलाई दुबैतिरका केही ‘बोदिक जानिफिकार’ ले हांसेर उडाएका पनि थिए । केही छैन । जीवन यस्तै हो । जीवनले कहिले उचाल्छ , कहिले थचार्छ । दुबै अवस्थामा समभाव राख्न सक्नुमा जीवनको सार्थकता छ ।
म त्यो पोडकास्टको भाग-२ केही दिनमा ल्याउने छु ।
व्यक्तिगत रुपले भन्ने हो भने , मलाई हिजो राती देखी ज्वरो आएको छ । बिहान सिटामोल खाएर यति लेखे । मलाई केही कुराहरु लेखेरभन्दा भिडियो पोडकास्टबाट अभिव्यक्त हुन सजिलो लाग्छ । सन्चो भए पछी पोडकास्ट गरौला ।
अहिलेलाई संजालमा यति लेखे । संजाले वातावारण तातेको छ , तर अनुभवले मलाई जटिल परिस्थितिमा धेरै नतात्न सिकाएको छ । फगत तातेर दुनियामा केही हुन्न भन्ने मेरो अनुभव छ । कमेन्ट गर्दा सभ्यता र शिष्टताका सिमा रेखा नाघ्नु हुने छैन ।
शेष ज्वरो ओर्ले पछी पोडकास्टमा । सबैकाप्रति शुभेच्छा ।
@rudrarajpandey@ShahBalen I lost you when you said education is business !
Not everything is a business , education should be basic needs and it should be accessible to everyone. You don't have those eyes to see and understand it.
So you better stop complaining about it. SWITCH YOUR EDUCATION BUSINESS
Phew, I'm so relieved you're safe. Are all the passengers okay?
I always tend to avoid traveling in Haice because they often overspeed even on bumpy roads. There are some good buses nowadays in main cities you should try that.
Guys DO NOT get on this Micro Hiace with this number plate that travels from KTM-PKR/PKR-KTM. The driver drove like a maniac & high chances that he smoked weed while we stopped somewhere on the way. The van hit at least 6-7 poles on highway turning and the brake failed.
Guys DO NOT get on this Micro Hiace with this number plate that travels from KTM-PKR/PKR-KTM. The driver drove like a maniac & high chances that he smoked weed while we stopped somewhere on the way. The van hit at least 6-7 poles on highway turning and the brake failed.
@Abinash5301 I worked on the last office while setting up ..it's surely a very handy technology and of course saves more money and you won't have messed up telephone line on your building.
Highly recommend..we can talk if you want to hear about my experience while setting it up.
Must watch Podcast:
सही सवाल सोध्नु बुद्धिमानी हो । सही जवाफ दिन सक्नु ज्ञान हो । कुन बखत, कुन सवाल सोध्ने भन्ने बोध हुनु प्रज्ञा हो ।
Wisdom is knowing when to ask the right questions.
@Vijaykumarko