नयाँ वर्ष २०२३ मा भनेको थिएँ— 'आउँदा दिनमा नेता ‘स्क्रिन’बाट फुत्त–फुत्त–फुत्त गर्दै निस्किनेछन्। पुरानो युगमा नेता सही वा गलत काम गर्थे, अनि मिडियामा आउँथे। अब आउने नेता पहिले मिडियामा आउनेछन्, त्यसपछि नेता बन्नेछन्। तर यी जति छिटो आउनेछन्, उति नै छिटो जान सक्छन्। आउँदा दिनमा मिडिया र राजनीतिमा प्रतिस्पर्धा ज्यादै चर्को हुनेछ। यी दुबै झन्–झन् उत्तेजक हुनेछन्। '
हेनरी किसिंजरले यो युगलाई Emotionalization of Images (आकृतिहरूको भावनात्मककरणको युग) भनेका थिए।
आज, २०२५ को अन्तिम दिन, यो भिडियो क्लिपमा भनेका कुरा छक्क पर्दै सम्झदै छु .. 🤔