मूल छुटे,कुल बिर्सन्छ,
कुल बिर्से,धर्म मासिन्छ,
धर्म मासिए,संस्कृति हराउँछ,
संस्कृति हराए,पहिचान सकिन्छ ,,,
जब पहिचान सकिन्छ,तब अस्तित्व मेटिन्छ । अनि अस्तित्व नै मेटिएपछि मान्छे भएर पनि मान्छेको के अर्थ हुन्छ ?
--मगर सचेतक कल्पना मगर
भनाई मिठो लाग्योहै साथीहरू❣️❣️
जयहोस् 🌺
न भय'न नियन्त्रण
बस आगो
जलाऊ सब जलाऊ
धुवाँ बनेर मलाई
आकशले महशुश गरोस्,
अब मेरो
न विगत, न भबिष्य
केवल आगो
अनि
भत्काऊ सबै भत्काऊ
ती पर्खालहरु
र मेरो नाम मेटाईदेऊ
जहाँ
टुक्रिएको इटाहरुले पनि
टुक्रिएको मलाई महशुश गरोस् ......
कल्पनामा
कोरिएका मेरा शब्दहरु
शब्दमा -
पोखिएका आकृतिहरु
थाहा थिएन,
त्यो कल्पना
एकदिन पूरै सत्य बन्छ।
सोचेको थिएन
त्यो आकृती
मेरो अगाडि उभिन्छ,
उस्तै नजर, उस्तै मुस्कान,
ती बलिष्ठ पाखुराहरू,
आज यस्तो लागिरहयो
साच्चै
कल्पना
शून्य होइन,
जीवनको पूर्वसंकेत पो रहेछ ।♥
एक दिन म झ्यालमा बस्ने छु,
बाहिरको संसार हेर्ने छु,
र केवल मुस्कुराउने छु।
र भन्ने छु
“यो निक्कै कठिन थियो,
तर मैले गरें।”
त्यो मुस्कानमा थकान पनि मेटिनेछ,
र संघर्षले दिएको शक्ति उजागर हुनेछ।
♥
यो प्रेमको दार्शनिकता हो
जहाँ स्वीकारोक्ति, बलिदान र समर्पणले
नयाँ संसार सिर्जना गर्छ।
त्यसैले त मुटुका नियमहरू गुप्त छन्,
तर जसले बुझ्छ, उसले संसारको सबैभन्दा सुन्दर कथा पत्ता लगाउँछ।♥
खै कहाँ बाट आउँछन्
यी बतासका बयलीहरुमा
यादका स्पर्शहरु,
जव झ्याल खोल्छु,
शिशामा ठोक्किएर
बसेका हावाका झोक्काहरु
हतारिदै मलाई छुन्छन् र
मेरो मनमा
भावनाहरुका बिज रोपिदिन्छन् ,
म एकनास त्यो हिडिरहेको शहर हेर्छु,
अनि याद गर्छु
त्यो दिन त्यो शहरमा हिडिरहेका हामीहरु ।♥
तिमी नभएर पनि
भए जस्तै लाग्छ,
हावामा तिम्रा
सास लहरिए जस्तै लाग्छ,
मौनताले पनि संवाद गर्छ,
तिमी
नबोलेर पनि सुनिए जस्तै लाग्छ
फूलमा सुगन्ध आए जस्तै
तिमी नदेखिए पनि
उज्यालो छरिए जस्तै लाग्छ,
मनको आकाशमा तारा बन्छौ,
तिमी नभएर पनि भए जस्तै लाग्छ। ♥
#सिर्जु
ए मन !
तँ भित्र तेरै सहरमा गएर
त्यहीँ कतै बसेरा बनाइ बस्ने
उसको चरित्र चित्रण गरुँ कि लाग्दैछ
के भन्छस् त मन ?
तेरो विचार के छ ?
तँ भित्रको सहरमा मलाई घुमाउछस् त ?
के ति सहरका गल्लीमा मैसँग भौतारिन्छस् ?
उसका गतिविधिहरु नियाल्न
मलाई सहयोग गर्छस् त ?
भन् त मन !
म आम् ? ☘️
फूल होइन रंग
बोल्छन्
पत्रहरुसँग ...
समुन्द्रको अन्तस्तलका
नीला, सेता
अनि गुलाबी
शंख बोल्छन्
वल्लरीहरु सँग...
फूल अखण्ड मौन छ
रंग अति चञ्चल छ
अखण्ड मौन,
अति चञ्चल,
एउटै वृत्तमा
प्रतिष्ठित
धैर्य अनि उन्माद हुन् ...☘️