आज “हामी युवा” नामको युवा समूह को निम्तोमा बिराटनगर आउदा देखियो, पानस को सट्टा एउटा बिरुवा रोपेर गरेको कार्यक्रम उद्घाटन। गज्जव लाग्यो ।
काठमांडूमा हुने कार्यक्रम/सेमिनार मा बल्ने हरेक दीप सँगै एउटा पनि बिरुवा रोप्ने हो भने शहर कति परिवर्तन हुदो हो ? कति हरियो हुदो ��ो ?
🌳 🌳
आज नेपाल फर्कदा ट्रान्जिट थियो गोन्जाउ मा। एकजना शुभचिन्तक ले भेटेर फोटो खिच्नु भो। अनि सोध्नु भो - @kharel777 तपाइकै टुइटर हैन र ?
म - हो नि किन र ?
उहॉ- त्यसमा त म्यूज़िक भन्दा बढि खेलकुद को अपडेट आउछ अनि कन्फ्युज भएर सोँधेको fake I’d हो कि भनेर..
म के भनु भनु भएँ
जिन्दगीले हरपल एक्लो बनाएको छ
जहाँ दुख्छ त्यहीनै धेरै चलाएको छ
हराउन मन छ मलाई त्यही ठाँउमा
जहाँ मेरो सारा खुसीहरु हराएको छ
बिस्वास गर्न छाडेको छु मैले मायाको
हसाँउने मान्छेले मन धेरै रुवाएको छ
दुखाउछ पीडा माथी पीडा थपिन्छ सधै
थाहा छैन आयु कतिसम्म अटाएको छ