सोविताजी जत्तिको काविल मान्छेलाई प्रम नै बनाउन पर्छ ! बोल्न नि जान्या छ, नाच्न नि जान्या छ, ढाँट्न नि जान्या छ ! यो भन्दा बढी काविलियत के चाहिएको छ र नेफोलीलाई ??
अनी एउटी महिलाको रगतै पिउँछु भन्ने, कुटेर अस्पताल नै भर्ना हुनुपर्ने बनाउने ‘खगेन्द्रे’ जेल गयो त ? फटाहाहरुको राज्यमा कुन दिन मन्त्रि बन्न चाईं बेर छैन 😡
घन्टेहरुले राजनीति कसरी गर्छन्ः रसुवा नुवाकोटमा बाढी आयो, नुवाकोटमा बेलिब्रिज बने ! बुढीगण्डकीमा बाढी आयो गोरखामा बेलिब्रिज बन्यो ! तर रसुवामा बनेन ! कारणः रसुवामा संघीय सांसद कांग्रेसका रहेछन् ! तिनीलाई बदनाम बनाउन रसुवाको पुनर्निर्माणमा संघीय सरकार कानमा तेल हालेर बसेको छ ! आफूले जितेको नुवाकोट, गोरखा सबैतिर बेलिब्रिज हाल्ने तर अन्तराष्ट्रिय नाका रहेको, खर्बौंको लगानी रहेको हाइड्रो-हव रसुवागढी पुग्ने बाटो बनाउन कुनै पहल नगर्ने ! फटाहाहरुलाई कहिले चिन्ने होलान् नेफोली जनताले !! आफूले सुरु देखि नै भनेको हो तर जति भने पनि नलाग्ने रहेछ मन्दबुद्धिहरुलाई !!
ग्रेटर नेपालको नक्सा टाँस्दा पनि वाह, नेपालले भारतको जमिन मिचेको छ भन्दा पनि वाह, भारतसँगको वार्तामा सीमाको विषय हटाउँदा पनि वाह ! दुनियाँसँग बहस/छलफल गर्नु तर बालेन्द्र शाहका दास र सिंहदरबार जलाउने घण्टी गिरोहका अपराधीसँग कहिल्यै बहस नगर्नु । यिनीहरूलाई कुहिएर पतन हुन दिनुपर्छ !
प्रमाण खल्तिमै राखेर फर्किएछन् सम्माननीय प्रधानमन्त्रि ज्यू ! ठगीको प्रमाण मेटाउन ३ पटक सम्म अदालत नै जलाउनु परे पनि ग’न दाई प्रमाण प्रमाण भनेर जिस्क्याउन नछोडेको ‘लाज पचेको सठ जत्था’ ले प्रमाण प्रमाण भनेर जिस्क्याउन पर्ने त यता पो रहेछ त !
मैले स्थापना भए देखि बारबार लेखेको एउटै कुरा आज पुनः दोहोर्याउँछुः घन्टेहरुले नेपाली राजनीतिलाई बिकृतिको अर्को नेक्स्ट लेवलमा पुर्याउँछन् ! चीनबाट सार्वजनिक भएको एउटा भिडियोले त्यसलाई पुनर्पुष्टि गरेको छ !!
इतिहास हेर्नुस्ः ४६ पछि नेपाली राजनीतिले आकार लिंदै थियो ! अख्तियार, लोकसेवा जस्ता संस्थाहरु बलिया बन्दै थिए ! ५२ मा माओवादी जन्माइए ! परिणाम सबैलाई थाहै छ !
७२ पछि हामीसँग विकास र समृद्धि बाहेक अरु मुद्धै थिएन ! दलहरु सुध्रिदै थिए ! ७९ मा घन्टे जन्माइए ! अब हामीसँग विकास र समृद्धि बाहेक अन्य मुद्दा मात्रै छ ! हामी अझै धेरै तल झर्न बांकी छ !!
चीन भ्रमणमा रहेका रास्वपाका माननीयहरूको अनौपचारिक गफगाफ : 😊
पुरूष सांसद : सायद गगन थापातिर लक्षित गर्दै...कोही छैन भन्ने बुझाइ छ उसको । हाम्रा लागि उसको बुझाइ ठीक छ। शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै।
महिला सांसद : अदालतले पनि फैसला गरेर शेरबहादुर,,,,,,,,
डेढ वर्षको खरानी सरकारको उपलब्धी 👇
खेलकुदः अलिअलि बाँकी थियो (हारे पनि प्रतियोगितामा सहभागी हुन पाउँथ्यो), ध्वस्त
न्यायालयः थोरै भए पनि प्रणालीले काम गर्थ्यो, ध्वस्त
प्रहरीः कोमामा थियो, ध्वस्त
सेनाः जनतामा भरोषा थियो, ध्वस्त
संसदः कोमामा थियो, ध्वस्त
सामाजिक सद्भावः अलिअलि थियो, ध्वस्त
मर्यादाः अलिअलि थियो, ध्वस्त
देशः कोमामा छ (कहिले ध्वस्त हुन्न भन्न सकिन्न)
कहाँ खाने र कहाँ हग्ने भन्नेसमेत सोमत नभएपछि मान्छे महावीर पुन बन्छ ।
महावीर दाइ, तपाईंलाई दिएको प्रेम र आदर खारेज गर्दै तपाईंप्रति सार्वजनिक दिगमिग प्रकट गर्न चाहन्छु र टर्केली भनाई दोहोर्याउन चाहन्छु -
जोकर दरवार पस्दैमा उ राजा बन्दैन बरु दरवार नै सर्कसमा परिणत हुन्छ !
ट्यापे भएर हिन्दाहिन्दै विदेश जाने भुत चढछ,अनि नर्सिङ पढने केटि खोज्यो २ कट्ठा जग्गा बेच्यो डिपेन्डेन्टमा विदेश गयो।उता गएसी भाणा हान्दाहन्दै सङ्सारमा मैले जति कसैले जानेको छैन,जस्तो लाग्छ अनि ट्विटर छिर्छन र भाणा हान्दा साबुन उछिट्टेर नाकको डाडिमा पर्दा नि यता गाली गर्न मन लाग्च