प्रेममा पग्लिन्छु म,
तर तिम्रा आँखामा आँसु देखिनँ,
सपना सजाएँ मैले,
तर तिमीले बुझेनौ कति टुटेँ म।
किन हो यो बिस्मय,
किन हो यो वेदना,
प्रेमको यात्रामा किन भेटिन्छ,
दु:खको छाया?
समयका पानाहरूमा,
तिम्रो साथ खोज्दै,
म भुल्दै गएँ आफैलाई,
तिमीलाई खुशी पार्दै।
हर पल
तिमीलाई अक्षरमा
बाँध्न खोज्छु,
मेरा अनुभूतिहरूका रंगमा
तिमीलाई चित्रित
गर्न खोज्छु
प्रिय
तिमी मेरो
विचारहरूमा बग्ने
नदी जस्तै छौ
जहाँ सम्झना
बर्षात भएर बग्छन्
मेरा शब्दको
हरफमा
म तिम्रो नाम लेखिरहनेछु।
तिमी जून जस्तै
सधैं चम्किरहु म
तिमीलाई हेरेर कविता कोरिरहने छु ...✨🔮
फरवार्ड लुकिङ’ र ‘लुकिङ फरवार्ड’ मा अन्तर हुन्छ । ‘फरवार्ड लुकिङ’ ले इमानदार, भिजन भएको, नेतृत्व दिन सक्ने भन्ने बुझिन्छ भने ‘लुकिङ फरवार्ड’ ले पद पाउन मौका ताकेर बसेको स्वार्थी व्यक्ति ।हाम्रा सबै पहिलो पुस्ताका नेताहरु लुकिङ फरवार्ड हुन् ।यिनिहरुबाट देश बिकाश हुदैन,पक्का हो।
पल्टाउदैमा किताबका पाना,
कथाहरु सकिन्छन र कहाँ।
हरेक शब्दको हरेक चाभी छन्।
अज्ञान हटाइ ज्ञान मुस्कुराउछन् त्यहाँ ।
याद त अतितका हुन पानी हजुर
समुन्द्रमा नमिसिए मिस्सिन्छन कहाँ !!😉
दुनियालाई देखाउनलाई मात्र राम्रो काम नगर्नु
देखोस नदेखोस काम गरिरहनु
जसरी फुल घरको कौसीमा मात्र फुल्दैन
कोहि नपुग्ने बनको एकान्तमा पनि
फुल फुली बास्ना छरिरहन्छ।
बाहिर परिस्थिति अनुसार
कहिले रुनु पर्ला
कहिले हास्नु पर्ला
कहिले नाटक गर्नु पर्ला
कहिले खुसी हुनु पर्ला
कहिले दुखी हुनुपर्ला
कहिले हाँसो र रोदन
बिचको मनुवा बन्नु पर्ला
तर आफू भित्र
यी सबै संवेगलाई
नियन्त्रणमा राखी
आफ्नो लक्ष्यमा स्थिर रहनु
सफल मान्छेको गुण हो।