@supriyaniraula The dreamcatcher is a protective talisman that is used to protect people from nightmares and bad dreams. ... The charm was usually used for young children and hung above their cradles or beds.💕
सारा बाचा फुक्लिएछन्
आँसु माथि उक्लिएछन्
जुन मुटुमा माया बस्थ्यो
धोकाहरु पो अग्लिएछन् ।
तैपनि समालिँदै
म नैराश्य ताछन चाहन्थें ।
माया कसम !
म कसैको चाहनामा
बाँच्न चाहन्थें ।
म गहिरोसित अनुभव गर्दैछु
टाढिनु नै नजिकिनु हो
मैन पग्लिरहनु नै
आगो बगिरहनु हो
पर्खिनु र नआउनु बिचको दुःख
यति स्वादिलो छ
लाग्छ, त्यो नै मेरो
जीवन्त जिउनु हो ।
#BasantChaudhary