प्रतिनिधिसभामा करि�� दुईतिहाइ सिट र ४८ प्रतिशत लोकप्रिय मत हासिल गरी रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारको मधुमास र सम्भावित राजनीतिक परिदृश्यबारे मेरो विश्लेषण!
https://t.co/Ex2iVur45G
**Thank you Hempstead, New York**
It is my great privilege to be honored by the Town of Hempstead, New York during the Asian American Heritage Month Celebration.
I am deeply humbled to be one of the eight honorees representing eight Asian countries (China, India, Nepal, Pakistan, Bangladesh, Korea, Turkey, and the Philippines), who were each recognized for their outstanding contributions to their respective country’s respective fields.
It is indeed a great privilege to represent Nepal, and this has further inspired me to enhance Nepal-US bilateral relations for democratic, liberal and prosperous Nepal.
भदौ २३-२४ को बहुचर्चित जेन-जी विद्रोह र फागुन २१ को निर्वाचनबाट नेपाली राजनीतिमा आएको ‘टेक्टोनिक सिफ्ट’ को बारेमा मेरो दृष्टिकोण!
https://t.co/MIoN2BGqsq
सडकदेखि संसदसम्म, सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म वैकल्पिक राजनीति, वैकल्पिक पार्टी, वैकल्पिक नेतृत्व र वैकल्पिक प्रणालीबारे व्यापक छलफल, बहस र विवाद हुँदै आएको पृष्ठभूमिमा यस्तो बहस र विकल्पको अर्थ, औचित्य र अन्तर्यको बारेमा मेरो विश्लेषण!
https://t.co/Hq2i54p0du
यो केवल मेरो मात्रै मेहनत र प्रयासको प्रतिफल होइन, हजुरबुवा, हजुरआमाको आशीर्वाद, हजुर र मामुको मार्गदर्शन, प्रेरणादायी सुझाव र हाम्रो शिक्षाप्रति हजुरहरूको प्रतिबद्धता र प्यारो भाइ @AstitwaWagle को आत्मीय सहयोगको संयुक्त प्रतिफल हो
त्यसैले म हजुरहरू सबैप्रति आभारी छु🙏
Master's Degree गर्न बेलायतको London School of Economics (LSE) जाने बेलामा हामीसँग तिमीले गरेको प्रतिबद्धता अनुसार विदेशमा उच्च शिक्षा र अनुभव हासिल गरी स्वदेश फर्किएर समुन्नत नेपाल निर्माण अभियानमा कर्तव्यनिष्ठ भई काम गर्नेछौ भन्नेमा हामी सम्पूर्ण परिवार पूर्ण विश्वस्त छौं।
हजुरबुवा,हजुरआमासहित हाम्रो सम्पूर्ण परिवारको हार्दिक बधाई,आशीर्वाद एवं थप प्राज्ञिक तथा शैक्षिक सफलताको शुभकामना!
‘अल्पविकसित तथा विकासशील मुलुकमा हरित अर्थतन्त्र र वृद्धिको मोडेल कस्तो हुनुपर्छ?’भन्ने विषयमा तिमीले गर्ने अनुसन्धानबाट नेपाल पनि लाभान्वित हुने विश्वास लिएका छौं।
**हार्दिक बधाई एवं शुभकामना**
अक्सफोर्ड जस्तो ख्याति प्राप्त विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएर छोरी @WagleAstha ले पीएचडी गर्ने अवसर पाएको सुखद् खबर शेयर गर्न पाउँदा अत्यन्त खुशी लागेको छ!
रेणु र म अक्सफोर्डमा नै भएको समयमा विश्वविद्यालयबाट इमेल आएपछि थप हर्षित भएका छौं!
विगत केही वर्षदेखि सरकार र मूलधारका राजनीतिक दल तथा शीर्ष नेतृत्व पंक्तिप्रति केही गम्भीर प्रश्नहरू उठ्दै आएका छन् र सरकार, दल र नेतृत्व अलोकप्रिय पनि हुँदै गएका छन्, किन?
आजको कान्तिपुरमा मेरो विश्लेषण! @Umesh_Chauhan
https://t.co/dx5Kx4k1Wp
सूचना प्रविधिको विकासको कारणले स्थापित भएका फेसबुक,एक्स,टिकटक,युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्ममार्फत फैलाइएका मिथ्या सूचना र प्रायोजित भाष्यबाट समाज दिग्भ्रमित भई प्रोपोगाण्डा साम्राज्य स्थापित भइरहेको घडीमा बीपी विरासतको विमर्श! https://t.co/DiNor2ZbEd
**तथ्य र तथ्यांक**
चीनको राजकीय भ्रमणको क्रममा सन् १९६० मार्च १८ मा त��्कालीन प्रधानमन्त्री बीपी कोइराला र चेयरम्यान माओबीच भएको ऐतिहासिक शिखर बैठकबाट सगरमाथा सीमा विवाद समाधान भएको थियो!
बीपीको भ्रमणको क्रममा नै बेइजिङमा मार्च २१ मा सीमा सम्झौतामा हस्ताक्षर गरिएको थियो!
**तथ्य र तथ्यांक**
अमेरिकाका राष्ट्रपति (१९७७-१९८१) जिमी कार्टरले घाँटीको क्यान्सरका कारण स्वास्थ्य चिन्ताजनक भएपछि जेलमा रहेका बीपी कोइरालालाई रिहाई गरी स्वास्थ्य उपचारका लागि अमेरिका पठाउन तत्कालीन राजा वीरेन्द���रलाई १९७८ फेब्रुअरी १ मा लेखेको पत्र!
https://t.co/JYPiHK68wN
**तथ्य र तथ्यांक**
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा २०१६ असारमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि जनतालाई उच्च अध्ययनको ढोका खुलेको थियो!
यिनै बीपीलाई जेल हालेर २००७ को जनक्रान्तिबाट स्थापित प्रजातन्त्र राजा महेन्द्रले २०१७ पुष १ गते अपहरण गरेका थिए!
दुर्गा प्रसाईलाई नेता मानेर गरिएको यो आगजनी र त���डफोडको समर्थन गर्न सकिन्न र गरिएन पनि। तर यसलाई समर्थन गर्ने 'सचेत नागरिक'लाई हेरिँदैछ। र, रविन्द्र मिश्रले आफू शक्तिमा आउन यस्तो ��राजकता र लुटपाटको पक्षपोषण गरेर अरूलाई मर्न उक्साउँदै गरेको दृष्य सबैभन्दा कूरूप लाग्यो। धत्!😡
पूर्वराजा ज्ञानेन्द्र र राजावादीहरूले शक्ति प्रदर्शन गरेपछि सिर्जना भएको आकस्मिक राजनीतिक तरंग र राजावादी, दक्षिणपन्थी, गणतन्त्रविरोधी तथा गणतन्त्र, लोकतन्त्रवादी, उदारवादीबीच लोकतन्त्र भर्सेस राजतन्त्���को बहस चलिरहेको घडीमा मेरो विश्लेषण! @Umesh_Chauhan https://t.co/MQYPPJdClX
राजनीतिक पार्टीका वाद र विचारधाराको सान्दर्भिकता,पार्टी निर्माण तथा पुनर्निर्माणको आवश्यकता,मूलधारका पार्टी पुनर्निर्माण तथा रूपान्तरणको बहस चलिरहेको घडीमा विचारधारा पुनर्विचार र पुनःसंरचना किन ? भन्ने सैद्धान्तिक प्रश्नबारे मेरो दृष्टिकोण!
@Umesh_Chauhan https://t.co/FhoamWrnEr
जब समाज भ्रमित हुन्छ र जनता निराश हुन्छन्, तब भ्रम पनि सत्य जस्तो र सत्य पनि भ्रम जस्तो लाग्छ, यस्तो विडम्बनापूर्ण राजनीतिक तथा सामाजिक मनोविज्ञानलाई निहिलिजम (शून्यवाद, निराशावाद) भनिन्छ, अहिले नेपाली समाज त्यस्तै राजनीतिक निहिलिजमको चरणबाट गुज्रिरहेको छ https://t.co/lbbNNaWpvS
"अहिले नेपाललाई हिटलर र ट्रम्प होइन, रुजबेल्ट आवश्यक छ । त्यसैले जनताले पनि हिटलर र ट्रम्पहरूलाई होइन, रुजबेल्टहरूलाई समर्थन गर्नुपर्छ ।" @GejaWagle
https://t.co/lWcRHxRiiL